कृषि प्रविधि

मेथी खेती प्रविधि

परिचय ः
मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपीमा पर्ने खाद्य बाली हो । मेथीको साग हरियो तरकारीको रुपमा प्रयोग हुने गर्दछ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, मैंगनीज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ ।
मेथी शरद् तथा शीतकालिन मसलाबाली हो । यसको वृद्धि र विकासका लागि चिसो, तुषारो रहित हावापानी चाहिन्छ । यसको बीउ सोझै खेतमा छरिने हुनाले लाईनमै छर्नु पर्दछ । तयारी जग्गामा २०–२५ से.मि. को फरकमा लाईन कोरेर बीउ र बालुवा मिसाईएको बीउ एकनासले छर्नु पर्दछ । त्यसपछि हल्का किसिमले बीउलाई पुरेर हजारीको सहायताले माटोलाई हल्का भिजाई दिनु पर्दछ । नेपालमाबढी खेती स्थानिय जातकै गरिन्छ तर पनि राजेन्द्र क्रान्ति, पुसा अर्लि बन्चिङ्ग, हिसार सोनाली, को.१, लाम सेलेक्शन १, आर एम टि–१, आर एम टि–१४३ जातहरु नेपालमा भित्रिएका छन् र कुनै सागको हिसाबले र कुनै बीउको प्रयोग गरी मसलाको रुपमा प्रयोग भइरहेको पाईन्छ ।

१. मेथी बालीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ?
मेथी शरद् तथा शीतकालिन मसलाबाली हो । यसको वृद्धि र विकासका लागि चिसो, तुषारो रहित हावापानी चाहिन्छ । यसको बीउ पाक्ने बेलामा भने केही सुख्खा र गरम मौसमको आवश्यकता पर्दछ ।

२. यसको लागि कति बीउको आवश्यकता पर्दछ ?
मेथी खेतीको लागि १२ के.जी. राम्रो बीउ भए १ हेक्टर जमीनलाई पुग्दछ ।

३. मेथीको बीउ कसरी रोपिन्छ ?
यसको बीउ सोझै खेतमा छरिने हुनाले लाईनमै छर्नु पर्दछ । तयारी जग्गामा २०–२५ से.मि. को फरकमा लाईन कोरेर बीउ र बालुवा मिसाईएको बीउ एकनासले छर्नु पर्दछ । त्यसपछि हल्का किसिमले बीउलाई पुरेर हजारीको सहायताले माटोलाई हल्का भिजाई दिनु पर्दछ ।

४. मेथी खेतीको लागि जमिनको तयारी कसरी गरिन्छ ?
यसको लागि दुई तीन पटक खनजोत गरी डल्ला फोरेर झारपात हटाई माटोलाई बुरबुराउँदो बनाउँदै जग्गालाई सम्याउनु पर्दछ । यसरी तयार गरिएको जमीनमा १–१.५ मिटर चौडाई भएको क्यारी बनाउनु पर्दछ ।

५. नेपालमा मेथी बालीका कुन–कुन जातहरु पाइन्छन् ?
नेपालमाबढी खेती स्थानिय जातकै गरिन्छ तर पनि राजेन्द्र क्रान्ति, पुसा अर्लि बन्चिङ्ग, हिसार सोनाली, को.१, लाम सेलेक्शन १, आर एम टि–१, आर एम टि–१४३ जातहरु नेपालमा भित्रिएका छन् र कुनै सागको हिसाबले र कुनै बीउको प्रयोग गरी मसलाको रुपमा प्रयोग भइरहेको पाईन्छ ।

६. मेथीखेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
मेथी खेतीको लागि माटोको कारणले गर्दा खेती गर्न रोकिनु पर्ने अवस्था रहँदैन जुनसुकै किसिमको माटोमा गर्न सकिन्छ तर बढी उत्पादनको लागि भने प्राङ्गारिक पदार्थ प्रचुर भएको पानी नजम्ने दोमट माटो उत्तम हुन्छ ।

७. मेथीको एक पटकको बालीबाट कतिसम्म उत्पादन लिन सकिन्छ ?
हरियो सागको रुपमा प्रयोग गर्नका लागि ४०००–५००० र दानारबीउको रुपमा ५००–७०० केजी प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।

८. मेथी बाली उम्रे पछि कति अवधिमा बाली लिन तयार हुन्छ ?
यसबाट दुई किसिमको उत्पादन लिन सकिन्छ । हरियो सागको रुपमा २०–२५ दिन देखि र दानारबीउको रुपमा ९०–१०० दिनमा उत्पादन लिन सकिन्छ ।

९. मेथी बालीमा कस्ता कस्ता कीराहरुको आक्रमण हुन्छ र तिनीहरुको कसरी व्यवस्थापन गर्नु पर्दछ ?
यस बालीमा कीराहरुले त्यत्ति धेरै नोक्सानी गरेको पाइन्न । यदाकदा देखिने पात खाने लाभ्रे अथवा कोसामा लाग्ने गवारो देखिएमा मालाथायन १ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्दा रोकथाम गर्न सकिन्छ ।

१०. मेथी बालीमा कस्ता कस्ता रोगहरु देखा पर्दछन् र तिनीहरुको व्यवस्थापन कसरी गरिन्छ ?
मेथी बालीमाजरा कुहिने, थोप्ले, सिन्दुरे तथा पाउडरी मिल्ड्यू जस्ता रोगहरु लाग्दछन् । यिनीहरुको रोकथामको लागि डाईथेन एम–४५ वा बेभिष्टिन वा सल्फर २ ग्राम प्रति लिटर पानीमा मिसाई २–३ पटक छरेमा उल्लेखित रोगहरुलाई नियन्त्रण गर्न सकिन्छ ।

११. मेथीलाई कुन कुन बेला सिंचाई दिन जरुरी हुन्छ ?
यसलाई पहिलो सिंचाई बीउ छर्ने बित्तिकै दिनु पर्दछ । दोश्रो सिंचाई चिस्यानलाई हेरी २–३ दिन पछि र त्यसपछि ७–१० दिनको अन्तरालमा सिँचाई गरी रहनु पर्छ ।

१२. मेथी खेतीमा गोडमेल कतिको जरुरी हुन्छ ?
लाईनमा लगाईएको मेथी बालीलाई कुटो वा खुर्पीले गोडमेल गरेर झारपातनिकाली सफा राख्नु पर्दछ । धेरै बाक्लो उम्रेको ठाउँमा छाँटीरबेडाई दिनु पर्दछ जसले गर्दा बाली स्वस्थ्य रहने र उत्पादनमा वृद्धि हुन्छ ।

१३. के मेथी खेतीको लागि टपड्रेस गर्न पनि जरुरी छ ?
बढी उत्पादन लिनको लागि बीउ छरेको ३० दिन पश्चात् २०के.जी. नाईट्रोजनप्रति हेक्टर छर्नु पर्दछ ।
१४. मेथीकोखेती गर्न कतिसम्म मलखादको प्रयोग गर्न उपयुक्त हुन्छ ?
यसको लागि जमिन तयारीको अवस्थामा २०–२५ मे.टन गोबर र कम्पोष्ट मल, ३० के.जी. नाईट्रोजन, २५ के.जी. फास्फोरस, ४० के.जी.पोटास प्रति हेक्टर राख्नु पर्दछ ।

१५. मेथीको बीउको उपचार कसरी गरिन्छ ?
यसको १२ के.जी. बीउलाई एजोस्पिरिलम १.५ के.जी. र ट्राईकोडर्मा भिरिडी ५० ग्रामले उपचार गर्नु पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close