मन्त्रीको उपस्थितिमा सुदुरपश्चिम प्रदेश दूधमय
काठमाडौं असोज ९, नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशले १०औं विश्व विद्यालय दूध दिवस “नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वास्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’’ भन्ने नाराका साथ माननीय मन्त्री बीरबहादुर थापाज्यू (भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय),को प्रमुख आतिथ्यतामा, डा.हेमराज अवस्थी प्रमुख भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, केन्द्रीय उपाध्यक्ष कर्ण हमाल, स्कुल व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर.गैरा, प्रधान्नाध्यापक कर्मराज चौधरी, जनप्रतिनिधि, दुग्ध व्यवसायीहरु, पशुपालक कृषकहरु, अभिभावक सहित करिब ३०० जना बिद्यार्थीहरु उपस्थिति रहेको कार्यक्रममा सभाध्यक्ष भुपेन्द्र थापाले गरेका थिए । स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष राम कुँवरले गरेका थिए । कार्यक्रममा पञ्चकन्यालाई दूध सेवन गराई कार्यक्रम उद्घाटन गरिएको यस कार्यक्रम सञ्चालन प्रदेश सचिव हर्क बहादुर चन्दले गरेका थिए । कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई खिर खुवाई दुग्ध पदार्थ समावेश भएको उपहार प्रदान गरेका थिए ।
बागमती प्रदेश अन्तर्गत काठमाडौं, नक्साल स्थित होलडे इन होटलमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रज्यूको प्रमूख आतिथ्यतामा सरोकारवालाहरुको उपस्थितिमा १०औं विश्व विद्यालय दूध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’’ भन्ने नाराका साथ पत्रकार सम्मेलन गरि कार्यक्रममा मोही सेवन सहित दूधपान गराई दूध तथा दुग्ध पदार्थ वितरण गरि कार्यक्रम भव्यताका साथ मनाएका थिए ।
साथै सिन्धुलीमा जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका विद्यार्थीलाई दूध खुवाई १० औं विश्व स्कुल दूध दिवस मनाइएको छ । नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीको आयोजनामा विद्यार्थीलाई दूध पान गराई विश्व स्कुल दूध दिवस मनाएको हो ।
नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको सभापतित्व एवं कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई दूधबारे जानकारी दिँदै विश्व स्कुल दूध दिवस’ मनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले दूधलाई अमृतको संज्ञा दिँदै नियमित दूध तथा दुग्धजन्य पदार्थ मानव स्वास्थ्यका लागि महत्वपूर्ण भएको बताउनुभयो । दूधमा शरीरलाई आवश्यक पौष्टिक तत्व पाइने भएकाले बालबालिकालाई अनिवार्य दूध सेवन गराउनुपर्ने र यसको पहल विद्यालयबाट हुन सक्ने भएकाले स्कुलमा दूध दिवस मनाउन कार्यक्रमको प्रभावकारिता हुने समेत बताउनुभयो । विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थबारे जानकारी गराउँदा बालबालिकालाई फाइदा पुग्ने उनको भनाई छ ।
एसोसिएसनका सिन्धुली जिल्ला अध्यक्ष बलराम अधिकारीले हाम्रो देशको तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरूमा कम्तीमा बालबालिकाहरूको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पु¥याउनु पर्ने बताए । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दूध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रमहरू गर्ने गरेको बताए । यसले दुग्ध क्षेत्रको विकासका लागि ठूलो महत्वपूर्ण भूमिका खेलेको हुन्छ उनले बताए ।
आज मिति २०८१ असोज ९ गते बुधबारका दिन पहिलो चरणकोे उद्घाटन कार्यक्रममा नेपाल डेरी एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सहकार्यमा “दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौति“ विषयक १ दिने अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो भने दोस्रो चरणको समापन कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोगमा १०औं विश्व विद्यालय दूध दिवस “नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’’ भन्ने नाराका साथ “दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौति’’ कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रकका अतिथिहरु क्रमश डा.राजेन्द्र प्रसाद यादव, राष्ट्रिय दुग्ध विकास वोर्ड कार्यकारी निर्देशक, पशुसेवा विभागका योजना प्रमुख डा.सुधीर कुमार सिंह, कृषि उद्यम केन्दका सभापति डि.बि बस्नेत, कृषि उद्यम केन्द्र (उद्योग वाणिज्य महासंघ) उपसभापति राजकुमार कार्की, उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं डेरी उद्योग संघका नि. अध्यक्ष अरनिको राजभण्डारी, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर कुँवर, ब.उपाध्यक्ष कृष्ण सापकोटा र महासचिव राम आचार्य, सुमित केडिय नेपाल डेरी एसोसिएसन पूर्व अध्यक्ष, डेरी साईन्स एसोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिं, उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरु लगायत डेरी उद्योगीहरु सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा प्रस्तुतिकरण डेरी उद्योग संघको तर्फबाट अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास वोर्डको तर्फबाट अजय पोखरेल र नेपाल डेरी एसोसिएसनको तर्फबाट विषय विज्ञ सुभाष ढकालले दिनुभएको थियो । प्रस्तुति माथि टिप्पणी शिवराम सिं, अम्बर कुँवर, लाल कुमार के.सी, नरेशलाल श्रेष्ठले गरेका थिए । समापन समारोहमा आफ्ना विचार राख्दै कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेतले यस्ता किसिमका कार्यक्रमले व्यवसाय भित्र लुकेर रहेका समस्याहरु बहिर आउने र सम्बन्धित निकायहरुलाई समस्या हल गर्न सहयोग पुग्ने बताए । बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले व्यवसायीहरुले आफ्ना समस्याहरु विरामीले डक्टरलाई बताए झैं सबै नलुकाई भन्दा मात्र समस्या हल गर्न सहज भई सम्बन्धित निकायहरुको साथ र सहयोग रहने छ । अन्यथा सहज हुनुको सट्टा असहज हुने कुरा सम्बन्धित निकायले बुझ्न आवश्यक रहेको बताए । कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले नेपाल डेरी एसोसिएसनले साताव्यापी कार्यक्रम गरि विश्व स्कुल दुध दिवस मनाई सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मूख्य कार्यक्रम गरि सरोकारवालाहरु बिच दुग्ध क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरि समाधानको उपायहरु बिच छलफल गरि निश्कर्ष निकाल्ने कार्य गरेकोमा एसोसिएसनले चलाएको मोही अभियान चलाएकोमा विशेष प्रशंसा गरे । सबैले आ–आफ्नो काम सहि तरिकाले गर्दा कहिल्यै कसैलाई पनि असहज नहुने कुरा बताउँदै मन्त्रालयमा आएका हरेक समस्याको समाधान गर्नु आफ्नो कर्तव्य भएको र मन्त्रालय त्यसै अनुसार चल्ने प्रतिवद्धता जनाए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसन वस्तुगत सदस्यमा चलायमान संस्था भएको र सँधै आफ्नो व्यवसायको हकहितमा लागि पर्ने संस्था भएकोले आगामी दिनहरुमा पनि यसरी नै आफ्नो कार्य जारी राख्ने कुरामा विश्वास रहेको बताए । निजी क्षेत्रको तर्फबाट एसोसिएसनलाई गर्नुपर्ने सबै किसिमका सहयोग महासंघका तर्फबाट निरन्तर रहिरहने बताए । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले उपस्थित सबै निकायलाई धन्यवाद दिँदै दूधको महत्व र आवश्यकता बारे चर्चा गरे । कार्यक्रमका सभापति एवं एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रम गर्नुको उद्देश्य प्रष्ट पार्दै दुग्ध क्षेत्रको समस्या पहिचान गरि त्यसको समाधानमा एसोसिएसन सँधै लाग्ने प्रतिवद्धता व्यक्त गर्दै सबै तह र तप्काको एसोसिएसनलाई सहयोग प्राप्त हुने कुरा बताए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई उपहार स्वरुप घ्यु प्रदान गरिएको थियो ।
दिव्य ज्ञान स्कुल डल्लुमा विश्व स्कुल दुध दिवस कार्यक्रम
काठमाडौं असोज ८, नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दूध दिवस मनाउने क्रममा छैठौं दिन ‘दिब्य ज्ञान स्कुल डल्लु’ काठमाडौंमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवको प्रमुख आतिथ्यता एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको विशेष उपस्थितिमा विद्यालयमा रहेका ५ सयभन्दा बढी विद्यार्थीहरुलाई दूध सम्बन्धी जानकारी गराउँदै दुग्ध पान गराइयो । यसरी विद्यालयम कार्यक्रम गर्दा दुग्ध क्षेत्रको विकासमा अत्यन्तै हित हुने कुरा एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले बताए । कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीप प्रसाद धमला, केन्द्रिय सदस्य शिव घिमिरे, रमेश सञ्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, सचिव श्याम घिमिरे सदस्य, विद्यालयका प्र.अ. एवं एन प्याब्सन केन्द्रिय उपाध्यक्ष डम्बर कार्की, केन्द्रिय कोषाध्यक्ष एवं अप्टिमिष्ट नेपालका गभर्नर प्रताप बहादुर थापा, युरेका स्कुलका प्र.अ.प्रवोध प्रभाकर रिजाल, एन प्याब्सन बागमती प्रदेशका अध्यक्ष नारायण कर्म कार्की, उपाध्यक्ष गणेश बहादुर श्रेष्ठ, काठमाडौ एन. प्याब्सनका उपाध्यक्ष माधव अधिकारी, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरपियरसका सचिव एवं पत्रकार सरोज ओझा, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु, पत्रकारहरु एवं डेरी व्यवसायी उद्योगीहरूको बाक्लो सहभागिता रहेको थियो । अतिथिको स्वागतका लागि एलिजा सापकोटा र कक्षा १०का बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए । कविता वाचन गरि रेहान मानेले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दूध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको पौस्टिक आहार हो, नेपालको दुधको अवस्था, वर्तमान अवस्थामा दुग्ध क्षेत्रको अवस्था, विश्व स्कुल दूध दिवसको बारे बताउँदै यसरी कार्यक्रम गर्न स्थान उपलब्ध गराएकोमा विद्यालय परिवारलाई विशेष धन्यवाद दिए । कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले दूध पूर्ण पौष्टिक आहार भएकोले
बालबालिकाहरुले नियमित बिहान बेलुका दूध पिउनु पर्ने, नियमित दूध सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने, दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा ‘गोठदेखि ओठसम्म’को तरिका सबैले बुझ्नु पर्ने कुरा प्रमुख अतिथि डा.राजेन्द्र यादवले बताए । यसरी विद्यालयमा गइ बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गर्दा अत्यन्तै राम्रो हुने र उपभोग बढ्ने कुरा उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी गराए । एसोसिएसनले यसरी लागेर साताव्यापि कार्यक्रम गरेकोमा एन प्याब्सनको तर्फबाट उपाध्यक्ष डम्बर कार्कीले धन्यवाद दिए दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याउन अनुरोध गरे ।
दूध तथा दुग्ध पदार्थ बढि उपभोग गर्ने देशहरु विकासका हरेक कुरामा अग्रपंक्तिमा रहेका हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर विश्वभर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म मनाउने गरेको तथ्याङ्क छ । यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दूध दिवस “नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’’ भन्ने नारा सहित भव्यताका साथ साताव्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनले सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम रहेको छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए ।
हाम्रो देशको तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पु¥याउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्व बारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ । विद्यार्थीहरु र बालबालिकालाई दैनिक रुपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने गर्छ । साथै विद्यालय र सरोकारवाला निकायले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दूधको जानकारी सहित आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दूध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र वक्ततृत्वकला प्रतियोगिता गरि बालबालिकामा दूध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ । यसले दुग्ध क्षेत्रको विकासका लागि ठूलो महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।