कुम्भेश्वर प्राविधिक शिक्षालयमा जनचेतनामूलक कार्यक्रम दुधपान कार्यक्रम
असोज–६, ललितपुर नगरपालिका–११, ललितपुर, कुम्भेश्वरमा अवस्थित कुम्भेश्वर आधारभुत विद्यालयमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवसको चौथो दिनमा विद्यालयमा रहेका १४० जना विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण कार्याक्रम सम्पन्न भएको छ । एसोसिएसनका महासचिव हेमचन्द्र खनालका अनुुसार । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीप प्रसाद धमला, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सञ्जेल, डेरी व्यवसायी गुरु प्रसाद काफ्ले र उद्योगीहरूको सहभागिता रहेको थिए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दुध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका विशेष गरि बालबालिकाहरुले दुध पिउनु पर्ने कुरा बताए । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको कुरा बताउँदै सबै विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने कुरा बताए । दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नु पर्ने कुरा एसोसिएसनका केन्द्रिय सदस्य रमेश सञ्जेलले बताए । यसरी विद्यालयमा आइ बालबालिकालाई दुध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरेकोमा विद्यालयका प्र.अ. करुणा खड्गीले एसोसिएसनलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयमा कार्यक्रमको आयोजना गर्नु पर्ने बताए ।
दुध तथा दुग्ध पदार्थ बढी उपभोग गर्ने देशहरु विकासका हरेक कुरामा अग्र पंक्तिमा रहेका हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर विश्वभर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म मनाउने गरेको तथ्याङ्क छ । यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन“ भन्ने नारा सहित भव्यताका साथ साता व्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनले साता व्यापी रुपमा मनाउने कार्यक्रम रहेको छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
हाम्रो देशको तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुका लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पु¥याउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने बताए । बालबालिकालाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ । विद्यार्थीहरु र बालबालिकालाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने गर्छ । साथै विद्यालय र सरोकारवाला निकायले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ सेवन गराउने विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र बक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दुध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ । यसले दुग्ध क्षेत्रको उत्पादनमा ठूलो भुमिका खेलेको बताए ।
सेन्ट जर्ज स्कुलमा विश्व स्कुल दुध दिवस बारे जनचेतनामूलक कार्यक्रम
असोज–४, काठमाडौं सेन्ट जर्ज स्कुलमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दूध दिवस मनाउने क्रममा दोस्रो दिन विद्यार्थीहरूलाई दूधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहाल, उपाध्यक्ष दीप प्रसाद धमला, केन्द्रीय सदस्य रविशरण थापा र बेदलाल गौतम, विद्यालयका शिक्षक शिक्षिकाहरु लगायत उद्योगीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दुध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका सबै विद्यार्थी भाइबहिनी एवं अभिभावकहरूले दुध पिउनुपर्ने कुरा बताए । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको बताउँदै सबै विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न आग्रह गरे । त्यसै गरि केन्द्रीय सदस्य रविशरण थापाले बालकदेखि वृद्धसम्म नभई नहुने दुधको महत्व बताए । केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रम बताउँदै साताव्यापी विद्यालय दुध दिवस मनाउँदाको महत्व रहेको बताए ।
दूध तथा दुग्ध पदार्थ उपभोग बढी गर्ने देशहरु विश्वमा हरेक कुरामा अग्र पंक्तिमा रहेका हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म भव्यताका साथ मनाउने गरेको तथ्याङ्क छ । यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दूध दिवस “नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’’ भन्ने नारा सहित भव्यताका साथ साता ब्यापी रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनले साप्ताव्यापी रुपमा मनाउने कार्यक्रम रहेको बताए । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरेका छन् ।
हाम्रो देशको तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुका लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पु¥याउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्व बारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । दूधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ । विद्यार्थीहरुलाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिकाको भुमिका महत्वपुर्ण हुने बताए । साथै विद्यालयले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल स्कुलमा गएर दुध तथा दुग्ध पान गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र बक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दूध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको बताए ।
१० औं विश्व विद्यालय दूध दिवस
काठमाडौं असोज ३, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि दूध दिवस भाव्यताका साथा मनाउने जनाएको छ । “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’’ नाराकासाथ दुधलाई पूर्ण आहारका रुपमा लिइन्छ । मानिस जन्मने बेलाको प्रथम आहार नै दूध हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपूर्ण खाद्य पदार्थ अन्तरगत पर्छ । जन्मेको दिनदेखि मृत्युपर्यन्तसम्म पनि हाम्रो संस्कारको लागि दूधको सँधै आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति व्यक्ति विश्व प्रख्यात भए ती अधिकांश व्यक्तिहरु शाकाहारी भएको र विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ । गौतम बुद्धदेखि महात्मा गान्धी र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म सबैले दूधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिको बताए । जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको देखिन्छ । त्यसै कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ । आज विश्वमा हरेक कुरामा ती देशहरु अग्र पंक्तिमा रहेका छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन संसारभर कतै पनि विद्यालयमा बिदा नपर्ने दिनकोले विगत २४ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिएको तथ्यांक छ । यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन“ भन्ने नारा सहित भव्यताका साथ साता ब्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनको आयोजना एवं राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र केन्द्रिय दुग्ध सहकारी संघको सहकार्यमा साताव्यापी कार्यक्रम मनाउने रहेको छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन आव्हान एवं अनुरोध गरेको छ ।
हाम्रो देशको तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पु¥याउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ । विद्यार्थीहरुलाई दैनिक रुपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिकाको भुमिका महत्वपूर्ण हुने गर्छ । साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दूधको जानकारी सहित उपभोग गराउन आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल स्कुलमा गएर दूध तथा दुग्ध पान गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र वक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दूध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ ।
नेपाल डेरी एसोसिएसनले शुरु गरेको विश्व विद्यालय दूध दिवसको उपलक्ष्यमा आयोजना गरिएका पछिल्ला कार्यक्रम यस प्रकार रहेका छन् ः–
१. नेपाल डेरी एसोसिएसनले नेपालमा विश्व स्कुल दुध दिवस मनाउन शुरु गरि पहिलो कार्यक्रमको आयोजना पाँचखालको श्री गणेश मा.वि.मा २०७२ सालमा त्यस विद्यालयका बालबालिकाहरुलाई दूधपान गराई कार्यक्रम गरिएको थियो ।
२. दोश्रो विश्व विद्यालय दुध दिवस २०७३ सालमा नेपाल डेरी एसोसिएसनको अगुवाईमा सरोकारवाला सबैलाई सहभागी गराई काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा विद्यार्थीलाई दुध तथा दुग्ध पदार्थ सेवन गराई जनचेतना मुलक कार्यक्रम गरि भव्यताका साथ मनाइएको थियो ।
३. तेश्रो विश्व स्कुल दूध दिवस २०७४ सालमा नेपाल डेरी एसोसिएशन, दुग्ध विकास संस्थान र केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघको संयुक्त आयोजनामा स्वयम्भू स्थित त्रिपल जेम्स स्कुलमा प्रमूख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका माननीय राज्य मन्त्री रामकुमारी चौधरी (रोजिना)को प्रमूख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
४. चौथो विश्व स्कुल दूध दिवस २०७५ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा काठमाडौं, बु. न. पा.८ स्थित महाँकाल जन जाग्रीति माध्यामिक विद्यालय, गल्फुटार, काठमाडौंमा र नाग कन्या मा.वि. मन्थली, रामेछाप, कन्काई सामुदायिक विद्यालय, कन्काई, झापा कोशी प्रदेशमा, त्रिवेणी आधारभुत विद्यालय बा.न.पा. २ सल्यान कर्णाली प्रदेशमा र शिव पार्वती आधारभुत विद्यालय, धनगढी, कैलाली, सुदुर पश्चिम प्रदेशमा कार्यक्रम गरि मनाईएको थियो ।
५. पाँचौं विश्व स्कुल दुध दिवस २०७६ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा काठमाडौंको श्री कृष्ण माध्यामिक विद्यालयमा सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई दुधको महत्व बुझाउँदै दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईको थियो ।
६. छैठौं विश्व स्कुल दुध दिवस २०७७ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेका अनाथ असहाय बालबालिकाहरुलाई दूध तथा दुग्ध पदार्थ वितरण गरि सरोकारवालाहरुको उपस्थितिमा भव्यताका साथ मनाईको थियो ।
७. सातौं विश्व स्कुल दूध दिवस २०७८ सालमा हाँडीगाँउ स्थित टंगाल मा. वि. काठमाडौंमा नेपाल डेरी एसोसिएशनको आयोजनामा सरोकारवालाहरुको उपस्थितिमा वक्तृत्वकला प्रतियोगिता गर्दै विद्यालयमा रहेका विद्यार्थीहरुलाई दूध तथा दुग्ध पदार्थ सेवन गराई भव्यताका साथ मनाईएको थियो ।
८. आठौं विश्व स्कुल दूध दिवस २०७९ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा कमलपोखरी स्थित कमल आधारभुत विद्यालयमा सरोकारवालाहरुको उपस्थितिमा विद्यार्थीहरुलाई दूध तथा दुग्ध पदार्थ बितरण गरि भव्यताका साथ मनाईएको थियो ।
९. नेपाल डेरी एसोसिएसनको आयोजनामा २०८० सालमा त्रिरत्न स्कुल स्वयम्भु, काठमाडौंमा ९ औं विश्व स्कुल दूध दिवस मनाईयो । साथै काठमाडौंको शंखमुल स्थित दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा सहकारीको साधारणसभामा उपस्थित बालबालिकालाई दुध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको प्रमूख आतिथ्यतामा मनाईएको थियो ।
विश्वमा सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मनाईने विश्व स्कुल दूध दिवस विगत १० वर्षदेखि नेपाल डेरी एसोसिएसनले मनाउँदै आईरहेको कुरा अवगत गराउँदै यस वर्ष पनि नेपाल डेरी एसोसिएशनले मिति २०८१ असोज ९, गते अर्थात सेप्टेम्बर २५ तारिकका दिन पर्ने विश्व स्कुल दूध दिवसको अवसरमा सरोकारवाला सबैको उपस्थितिमा १० औं विश्व स्कुल दूध दिवस केन्द्रिय स्तर, प्रदेश, जिल्ला र पालिकामा नेपाल डेरी एसोसिएसनको आयोजना एवं सरोकारवाला राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान (डिडिसी), केन्द्रिय दूग्ध सहकारी संघ, डेरी साईन्स एसोसिएसन, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा २०८१ असोज ९ गते उपयुक्त स्थानमा मुल समारोह गर्ने गरि २०८१ साल असोज ३ गतेबाट साता व्यापी कार्यक्रम गरि सम्पन्न गरिनेछ ।
१०. यस वर्ष दशौं विश्व स्कुल दूध दिवस सप्ताह व्यापी रुपमा कार्यक्रम गरि मनाइने छ । कार्यक्रम निम्नानुसार गरिनेछ –ः
क .पहिलो दिन प्रेस रिलिज जारी गरि मिडिया मार्फत कार्यक्रमका बारेमा जानकारी दिने ।
२. दोश्रो दिन दूध तथा दुग्ध पदार्थको उपभोगका लागि जनचेतनामुलक सन्देश प्रवाह गरि स्कुलहरुमा दूधपान गराउने ३. तेश्रो दिन विभिन्न आश्रमहरुमा रहेका बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने ।
४. चौथो दिन सातै प्रदेशमा विश्व स्कुल दूध दिवसको जानकारी गराउन सरोकारवालाहरु भेला भई कार्यक्रम गरिने ।
५. पाँचौ दिन कुनै एक स्कुलमा चेतनामुलक कार्यक्रम गर्दै दूध तथा दुग्ध पदार्थको बारेमा सरोकारवालाहरु भेला भइ कार्यक्रम गरिने ।
६. छैठौं दिन पुनः प्रेस रिलिज वा पत्रकार सम्मेलन गरि सप्ताह व्यापी गरिएका कार्यक्रमको जानकारी गराई औपचारिक कार्यक्रमको बारेमा विस्तृत विवरण सहित मिडियामा प्रचारप्रसार गरिने ।
७. सातौं अथवा अन्तिम दिन सरोकारवालाहरु सबैलाई निमन्त्रणा गरि कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा.राजेन्द्र मिश्रको प्रमुख आतिथ्यतामा सरोकारवाला सबैलाई सहभागी गराई औपचारिक कार्यक्रम गरि समापन गर्ने जानकारी गरेका छन् ।