विपद् व्यवस्थापनमा सरकारको चरम कमजोरी
हाम्रो देशको सरकार देख्दा किन युवाहरू विरक्त हुन्छन् भन्ने कुरा त्यति टाढा जानु परेन । घटना असोज ११ देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण हो । ३६ घण्टासम्म परेको पानीबाट सरकार कानमा तेल हालेर बसेकै हो । ३६ घण्टा होइन २४ घण्टा पानी निरन्तर परिरहेको अवस्था थियो । २४ घण्टा भित्र बितिसक्दा पनि सरकार केही हुन सक्छ है भनेर पूर्व तयारी नहुनु नै सरकारको लापरवाही हो । राज्यलाई थाहा थियो निरन्तर एकनाशको पानी परिरहेको थियो । जल तथा मौसम विज्ञान विभागले बढी पानी पर्ने सम्भावना हुन्छ भनेर सचेतना दिएको थियो । तर वेवास्ता गर्दाको परिणाम धेरै क्षेति हुन पुगेको छ ।
अविरल वर्षाको कारण भएको क्षेतिले देशमा करिब २६ खर्बको क्षति भएको जनाएको छ । बाढी पहिरोका कारण ३२ जना बालबालिका सहित मारिनेको संख्या २३६ जना पुगेको छ । १९ जना हराइरहेको र १६५ जना घाइते भएको राष्टिूय विपद जोखिम न्युनिकरण प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण ४ हजार ६ सय ६७ घर पूर्ण रुपमा क्षेति भएको छ भने ५ हजार ३ सय १० घरमा सामन्य क्षति पुगेको जनाएको छ ।
साथै उक्त वर्षाको कारण आएको बाढीले दर्जनौं पक्की पुल, दर्जनौं विजुलीका पोल, दर्जनौं बाटोघाटो पुरिएका छन् । दर्जनौं बस र गाडीहरुको क्षति पु¥याएको छन् भने दर्जर्नौ सिँचाईका बाँधहरू बगाएर लगेका छन् । जसको कारण भएको ठूलो क्षेतिका कारण त्यही अवस्थामा ल्याईपु¥याउने महिनौं लाग्ने अनुमान गरिएको छ ।
जसमा बाढी पहिरोका बिचमा देशभर १७ हजार जनालाई उद्धार गरेको छ । उक्तमा कार्यको लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरेको नेपाल सरकाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज सम्मकै सबैभन्दा बढी वर्षा भएको र वर्षाले ठूलो क्षति पु¥याएको छ । काठमाडौंका विष्णुमति, बागमति, रुद्रमति, मनोहरा, सुन्दरीजल लगायत ठाउँबाट आएको बाढीले काठमाडौंको उपत्यकोको सुन्दरीघाट धोवीघाट वरिपरि, चोभार, कुलेश्वर, टेकु दोभान, बल्खु, लगायतका क्षेत्रमा पूर्ण रुपमा डुवानमा परेका थियो उक्त डुवानले बल्खु तरकारी बजारको भुइतला पूर्ण रुपमा डुवान मात्र भएन बुढाथोकी नर्सरी, काठमाडौं उपत्यका खानेपानी, त्रिविको प्रवेशद्धारसम्म र पीच सडक नाघेर पर्खाल समेत भत्काई लेबोरेटोरी पाठशालामा समेत बाढी पसेको थियो । सरकारमा रहेका पदाधिकारीहरुले हल्का र हास्यस्पद टिप्पणीहरु हेर्दा राज्य र नागरिक प्रति अति गैह्रजिम्मेवार र नालायक सावित भएको छ ।
देशको अन्य ठाउँको कुरा धेरै टाढाको जस्तो हुन सक्छ तर शनिबार नख्खु खोलामा आएको बाढीले ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना लगायत ५ जनालाई बगाएका थिए । भने राजु शाह र उनकी छोरी मेघनालाई साहसी व्यक्ति काभ्रे तिमाल गाउँका चनिकलाल तामाङले उद्धार गर्न सफल भएका थिए ।
राजधानीको मुटु नख्खु खोलामा दिनको अवस्थामा नै बाढीबाट मानिस बग्नु, घ्याप्ले खोलामा ३ दर्जन भन्दा बढी नागरिकहरु गाडी सहित पहिरोले पुरिनु सानो घटना होइन । आकस्मिक घटनालाई घण्टौं समय व्याथित हुँदा पनि उद्धारमा सक्रिय हुन नसक्नु दुखःको राज्यको संयन्त्रको लाचार पन हो । यो खेदजनक पनि हो । ५ मिनेट र ५ सेकेण्डको कुरा आउँछ । तर राजधानीमा तीन घण्टा, घ्याप्ले खोला घटना झन सुरक्षा निकायले जानकारी दिदाँ समेत थप सुरक्षाकर्मीर थप उद्धारको लागि प्रभावकारी पहल नभएको देखिन्छ ।
भविष्यमा यस्ता विपत्तीहरू आउन सक्ने हुन्छ । तसर्थ पूराना कुराबाट पाठ सिकेर सरकार लगायत सम्पूर्ण नागरिकहरु विपत्तीको बेलामा जुट्न सिकाएको छ । यही सिकाईलाई पनि हामीले मनन गरेर अगाडि बढ्दा मानवीय क्षेति कम हुन्छ ।
समग्र क्षेतिको साथै कृषिमा मात्र ८ अर्बको क्षेति भएको अनुमान गरिएको छ । कैयौं नागरिक आफ्नो घर र परिवारका सदस्यहरू गुमाएका छन् । हजारौं किसानहरूले आफ्नो घरगोठ, खेतबारी, चौपाया, पशुपन्छी र खेतीबाली गुमाएका छन् भने अन्य भौतिक पूर्वाधारहरू नष्ट भएका छन् । घर डुवानमा पर्दा नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र लगायतका जनताका महत्वपूर्ण कागजातहरू नष्ट भएका छन्, विद्यार्थीहरूले पाठ्यपुस्तक र अध्ययन सामग्री गुमाएका छन् । धेरैको बिचल्ली भएको छ ।
मिति २०८१ असोज १० गते देखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानका घटनाहरुबाट जनधन, सड़क, पुल, सार्वजनिक तथा नीजि सम्पत्ति, सिँचाई संरचना, बालीनाली, पशुपन्छी, खाद्यान्न बीउबिजन, गोठ, खोरलगायतका संरचनामा भएको क्षति भएको छ ।
विपद्का कारण बालीनाली, पशुपन्छी र कृषि उपजहरुमा भएको क्षतिसम्बन्धी विवरण संकलन गर्न प्रदेशस्थित कृषि क्षेत्र हेर्ने मन्त्रालयहरुलाई पत्राचार गरिएकाले सम्बन्धित जिल्लाका स्थानीय तहहरुले आवश्यक विवरण सकलन गरी प्रदेशस्थित कृषि क्षेत्र हेर्ने मन्त्रालय मातहतको जिल्लास्थित कार्यालयमा क्षति सम्बन्धी विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ ।
अविरल वर्षाका कारण सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासहरु, संघ, संस्थाका भवन तथा विभिन्न कृषि बजार, कृषि फार्म, कृषि उत्पादन लगायतमा अरबौंको क्षति भएको छ ।
विपदमा परेका सम्पूर्ण महानुभावहरुलाई सरकारको तर्फबाट भएको साथ सहयोगका साथै सहकारी अभियानले पनि साथ सहयोग गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै सम्पूर्ण संस्थाहरुलाई आवश्यक राहत तथा पूनस्र्थापनाको लागि जुट्न जरुरी छ ।
कृषि बालीको बीमा, आवश्यक भौतिक संरचनाको निर्माण, घाइतेहरूको उपचार, उचित बसोवासको व्यवस्था, राहत वितरण लगायत धेरै कामहरू सरकारको जिम्मेवारीमा आएको छ । त्यति भन्दाभन्दै यो कार्य सरकारको मात्र होइन सबै नागरिकहरुबाट सरकारलाई सहयोग पुग्नेगरि आ–आफ्नो ठाउँमा जुटेर कर्तव्य निभाउनु जरुरी छ ।