धनबहादुर मगर
काठमाडौं असोज १६, ४४ औं विश्व खाद्य दिवसको अवसरमा खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय भूमि अधिकार मञ्च, फियान नेपाल, लिवर्ड, फरवार्ड नेपाल, लगायत कृषिसँग निकट विभिन्न संघ–संस्थाहरुको संयुक्त आयोजनामा ४४ औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
कृषि विकास मन्त्रालय सह–सचिव रामकृष्ण श्रेष्ठले पर्यावरणीय प्राङ्गारिक कृषिमा सरकारको प्राथमिकता र रणनीेति, पर्यावरणीय कृषिको रुपरेखा विषयक कार्यपत्र प्रस्तुत गर्दै, कृषिको पृष्ठभुमि, कृषिको चुनौंती, जलवायू परिवर्तन, जैविक विविधता, कृषिमा वातावरणीय पक्ष जोखिम नभएपनि आजबाटै सुधार गनुपर्ने पर्ने विषयमा जोडदिएका थिए ।
यसको असर कसरी परिरहेको छ भनेर हेरिरहेका छौं । समुदायमा जोखिम, अल्पसंख्यक समुदायमा पारेको प्रभाव, साना किसानलाई पर्ने दीर्घकालीन असर, सबभन्दा पहिले कृषक वर्गमा पर्ने असर, प्रस्तुत भएका थिए । प्राविधिक क्षमता, खाद्य सुरक्षा, समाजको विकास वर्ग, प्रमुख रुपमा जवलवायूको असर, धान, मकै, लगायत जैविक विविधता बोकेका बालीहरु हराउँदै जान्छ र ७५ प्रतिशत बीउबिजन, १० औं हजार बिरुवा प्रजातिहरू हराउँदै गएको खानयोग्य प्रजातिहरुमा डरलाग्दो रुपमा लोप भईरहेको छ । परागसेचनमा विश्वमा नै ठूलो समस्या आएको छ । ५० प्रतिशत आदिवासी रैथाने बोट बिरुवाहरु हराइरहेको छ ।
पर्यावरणीय रुपमा दिगो कृषि सदियौं देखि गर्दै आएका छौं । अब कसरी जोगाउँदै लाने ? अहिले लादिएको योजना छ । मार्ग चित्रको आधारमा कसरी योजनाहरु बनाउने ? कृषि क्षेत्रको डरलाग्दो अवस्थाको कसरी सामना गर्ने ? मानव सभ्याताको अस्तित्वको कुरा छ । प्राकृतिक खेतीतिर समय सापेक्षिक पारिमार्जन गर्नु पर्छ । कृषि विज्ञहरुले हलो जोत्दैन, भित्तामा टाँसेर बिउ जोगाउने परम्परा हराउँदै गएको छ । गराको धान बिउको लागि अलग्गै राख्ने गथ्र्यो । कृषि शिक्षा पद्धति अहिले कमजोर भएको छ । बलियो कसरी बनाउने हो । फेरिपनि गएर कृषि गर्न हिम्मत गर्नु पर्छ । सरकारले नेपाली कृषि, मेरो देशको मूलधन भनेर गर्व गर्ने कृषिलाई मायाँ गर्ने पाठ्यक्रम तयार गर्नु पर्छ ।
पर्यावरणीय प्रणाली खस्कीरहेको छ । माटोमा ह्रास आएको छ । रोगकिराहरु बढीरहेको छ । माटोको स्वस्थ बिग्रीरहेको छ । वर्षेनी १० प्रतिशत माटो विभिन्न कारण खतरामा परेको छ । १२ इञ्च वार्षिक माटो अर्थात ८७ हजार मेट्रिक टन घनमिटर माटो नेपालबाट बगीरहेको छ । नेपालको माटो बगेर भारतको बंगालको खाडीमा २४ माइल घन मिटर बढी रहेको छ । नेपालको माटोको महत्व कति धेरै छ ? अनुसन्धानको क्रममा माटो ह्रास मापन गर्दा पाल्पामा लिएको नमूनामा ४५ सेन्टी मिटर घटेको देखाइएको छ । कृषियोग्य माटा बग्नु राम्रो होइन । माटो कसरी बग्नु बाट रोक्ने भन्ने तर्फ ध्यान दिनु पर्छ । पर्यावरणीय कृषिको दृष्टिमा हलो जोत्ने अभ्यास पनि गलत हुन गएको छ ।
युवाहरु देशबाट विदेश पलायन भएका छन् । व्यक्तिगत रुपमा विप्रेशन आएको छ । कूल ११ प्रतिशत विप्रेशन आएपछि जोगाउन कठिन छ । जताबाट आयो उतै गएको अवस्था छ । प्लटिङका कारण खेतीयोग्य जमीन घटेको छ । वातावरणीय प्रणाली बिग्रेर कतै बढी वर्षा, कतै सुख्खापन हुने र माटोमा पानीको अवशोषण कमजोर बन्दै गएको छ । जमीन बाँझो बन्दै गएको छ । वस्तुपालन पर्यावरणीय कृषिमा वहस हुन सकेको छैन । राष्ट्रिय रुपमा वकालत गर्ने बेला आएको छ । अनुसन्धान प्रकृतिमैत्री तिर फर्कनु पर्छ । तर हामी ठूला कुरा गरिरहेका छौं । पर्यावरणीय कृषिका लागि गड्यौला मलको प्रयोग, गाईवस्तुको गोवरको प्रयोग, पातपतिङ्गरको प्रयोग अति जरुरी छ । सरकारको प्राङ्गारिक कृषि लक्षित कार्यक्रम छ । कार्यान्वयनमा समस्या देखिएको छ । अब पर्यावरणीय कृषिका परियोजनाहरु बनाउनु पर्छ । मूल्यमा जोड दिएर अगाडि बढ्नु पर्छ । भुटानमा हिमालयन पर्यावरणीय कृषि अगाडि बढाएको छ । भुटान, भारत, सिक्कमको कृषि नेपालको लागि पनि एउटा रुपरेखा बन्न सक्छ ।
राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम संयोजक केदार कोइरालाले पर्यावरणीय कार्यक्रम गर्न खोजिएका छ । सरकारलाई काम गर्न वाध्य बनाउनु पर्छ । भुई किसानले के के गर्न सकिने रहेछ ।
स्वस्थ कृषिमा पर्यावरणीय कृषिका लागि सिप प्रवद्र्धन । ठोस कार्यक्रमको आयोजना गरेमात्र कृषि अर्गानिक हुनसक्छ । तर पर्यावरणीय कृषि प्राकृतिकमैत्री बन्न सकेको छैन । हामी अभ्यास गरिरहेका छौं । प्रणालीमा जानु पर्छ । कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै कृषिमा समीक्षाको बेला आएको बताए ।
कृषि विज्ञ चन्द्रप्रसाद अधिकारीले प्राङ्गारिक कृषि अभ्यास र अनुभुति सुनिन्छ । प्राङ्गारिक कृषि पर्यावरणसँग जोडिएको हुन्छ । वातावरण छ, जीवन छ । प्राङ्गारिक मानवको स्वस्थसँग सम्बन्ध राख्ने विधि हो । सरल शब्दमा कृषिमा रासायनिक मलको प्रयोग नगरीकन गरिने खेती हो ।
प्राङ्गारिक कृषि, अर्मपर्म गर्ने सिद्धान्त हो । देशभर गाईगोठ सुधार, गोठेमल सुधार कार्यक्रम हुनु पर्छ । प्राङ्गारिक कृषिमा गोवरहरु र कम्पोष्टजन्य वस्तुहरुको प्रयोग गरिन्छ ।
प्राङ्गारिक मल एक बालीमा १ पटक लगाए पुग्छ । रासायनिक मल एकबालीमा तीन पटक प्रयोग गरिन्छ । ५१ वर्ष प्राङ्गारिक र १६ वर्ष रासायनको प्रयोग गरि कृषि गरियो । तराईमा रैथान बाली हुँदैन भन्ने रहेछ । तर रैथाने बाली हुन्छ, जस्तै सूर्यमुखी, खेसरी दाल, सूर्यमूखी खेती तेलको राम्रो स्रोत रहेछ ।
प्राङ्गारिक कृषि हतार गरेर हुने कृषि होइन । धेर्यता चाहिन्छ । गोठे मललाई घाम र पानीबाट मात्र बचाउन सक्यो भने ४ गुणा बाली बढ्छ । प्राङ्गारिक कृषि रासायनिक मल प्रयोग नगरिकन गर्न सकिन्छ ।
तिलेपिया जातको माछालाई पनि मलिलो माटो चाहिन्छ । माछापालन गर्दा सिँचाईंको साथै मलका काम हुन्छ । जडिबुटी नेमाटोडजन्य रोगहरु लाग्दैन । मिश्रित बालीले किरा व्यस्थापनमा सहयोग गर्छ । धान र माछा सँगै खेती गर्न सकिन्छ । छोटो समयमा एकदम गुणस्तरीय प्राङ्गारिक मल बनाउन सकिन्छ । पाउदुरे कोदो, स्थानीय बीउको सुरक्षाकोे अभियान चलाउनु पर्छ । मिश्रित बालीमा गहुँत प्रयोग ग¥यो भने सानु क्षेत्रमा पनि धेरै उत्पादन गर्न सकिन्छ । सर्पगन्धा वनस्पति विषादि बनाउन काम लाग्छ ।
फौजी, किरा र झिँगा व्यस्थापन गरेर माछालाई खुवाउन सकिन्छ । भारतको केरलामा प्राङ्गारिक कृषिमा त्यस प्रकारको अभ्यास भएको छ । कुरा गर्ने काम कसैले नगर्ने भन्ने हुँदैन, काम गर्नु पर्छ । प्राङ्गारिक कृषिमा उत्पादन कम हुन्छ भन्ने होइन र खाद्यतत्व पु¥याएर ग¥यौं भने रासायनिक मल प्रयोग गरेको भन्दा धरै उत्पादन हुन्छ । सरकारबाट प्राङ्गारिकलाई कृषि कार्यक्रम ओझेल पारेको छ । प्राङ्गारिक कृषि गर्दा बाली हेरेर २–२ मिटर फरकमा खेती गर्नु जरुरी छ ।
रासायनिक मलमा बोराका बोरा अनुदान आउँछ । प्राङ्गारिक मलको लागि अनेक प्रकारको पुर्जा चाहिन्छ । ९० वटा भन्दा बढी अर्गानिक मल कम्पनीहरु छन् । घर–घरमा प्राङ्गारिक मल पु¥याउन सक्छौं ।
अनुसन्धानमा जोडदिनु आवश्यक छ । नेपालको भू–भागलाई उर्वर नबनाएसम्म कृषिमा परनिर्भर भईरहन्छ । तराइलाई कंक्रिटको शहर बनाइएको छ । पोल्तोमा पैसा लिएर गए पनि अन्न पाउने अवस्था आउन सक्छ ।
पर्यावरणीय कृषिकर्मी (पर्मा कल्चरिष्ट) निमा याङ्छेन लामाले गोकणेश्वरमा पर्माकल्चर प्रविधिकबाट कृषि गरिरहेको बताए । लामाले कार्यपत्र प्रस्तुत गर्दै आफ्नो ९ वर्षको कार्यअनुभव सुनाउँदै भनिन् । सन् २०१६ जुनमा हसेरा फार्मबाट १५ दिनको सिकाई पछि पर्माकल्चरको खेतीगर्न शुरु गरेको बताइन् ।
निमा याङ्छेन लामाले पर्माकल्चर इज अ टर्निङ्ग पोइन्ट । जीवन जिउने सरल उपाय हुने रहेछ । हाल ३५ रोपनी जमीनमा पर्माकल्चर खेती गरिरहेको छौं । लामाले आफ्नो अनुभव सुनाउँदै भनिन् डिजाइन गर्दा कम खर्च लाग्ने गरि बनाएको थियो । मलको लागि शुरुमा गाई किनेनौं । छाडा छोडेका गाईहरु ल्याएर पाल्यौं । प्राङ्गारिक कृषि गर्दा सबै प्रकारको जैविक विविधकता बाँचीरहेको हुन्छ । सैद्धान्तिक कुरा मात्र गरेर हुँदैन र उत्पादनलाई अर्गानिक कसरी गर्ने भन्ने पनि हो । बाली लगाउँदा अन्तर बालीको अभ्यास हुनु पर्छ । मौरी पालन, सीताके च्याउ, गाइपालन, कुखुरा पालन गर्नु पर्छ । पर्माकल्चर पद्धति रसायनिक मल, रसायनिक विषादी प्रयोग नगरी आफैले प्रयोग भइरहेको स्रोतहरुको व्यवस्थापन र प्रयोग गरि गरिने साधानको रुपमा मैले पर्माकल्चर कृषिलाई त्यसरी बुझेकी छु ।
कृषि कर्म गर्नेहरुका लागि सरकारको भूमिका देखिएको छैन । किसान हुन वहु चुनौंतीहरू छन । काम गर्ने जनशक्ति विदेशमा गएर बसेका छन् । कामदारहरुमा ज्ञानको कमी भएको छ । बजार हामी आफै खोज्ने हो । ७ वर्षदेखि मैले हिमगिरी पर्माकल्चरको नाममा कृषि कर्म गरेर काम गरिरहेकी छु ।
आफूले पर्माकल्चर खेती कसरी गरेका छौं भनेर कार्यपत्र प्रस्तुत गर्दै, आफ्नो फर्ममा विद्यार्थी भाइबहिनी आउँछन् । र उनीहरुलाई यसरी कृषि गर्नु पर्छ भनेर सिकाउने गरेकी छु भनिन् ।
फर्म स्टे बनाएका छौं । म जुन ठाउँबाट आएको छु, त्यही ठाउँ सिन्धुपाल्चोकमा गएर गर्नु पर्ने हो तर बजारको उपलब्धता छैन । मैले गर्न कृषि भनेको एकैचोटी भनेजस्तो समृद्धि हुँदैन ।
राष्ट्रिय कृषक समुह महासंघको पुर्व अध्यक्ष नवराज बस्नेतले किसानी, मौलिक खेतीपाती, अध्ययन हामीले पुर्खौंदेखि गर्दै आएका छौं । हामीले गर्दै आएको कृषि, पारिवारिक कृषि पद्धति नै हो । हामीलाई कृषि उत्पादन गर्न अभ्यास्त बनाएको छ । पारिवारिक खेतीपातीमा आधारित कृषि गर्न पहिले नै मौलिक पात्रोको प्रयोग हुन्थ्यो । दिनभर काम गर्ने र बेलुकी परिवारिकसँग मिलेर भोली के काम गर्ने भन्ने छलफल हुन्थ्यो । सल्लाह हुन्थ्यो, अहिलेको गाइगोरु चराउँदा पनि हातमा मोवाइल हुन्छ । सूचना र प्रविधिको प्रयोग गर्न सजिलो छ । विगतमा उन्नत जातको बीउमा साटासाट खाद्यान्नमा अैंचोपैंचो हुन्थ्यो । एउटा पुर्खाले अर्को पुर्खालाई सिप हस्तान्तरण गरेको हुन्थ्यो । स्थानीय जैविक औषधी र मलको रुपमा असुरो, तितेपाती, खरानीको प्रयोग हुन्थ्यो । आज पनि म मौलिक खेतीपातीमा आधारित उत्पादनशील अभ्यास गरिरहेको छु । पानी घट्टबाट पिसेको अन्न खाइरहेको छु । गाईवस्तु पालन गरेर मल मुत्रको प्रयोग गरिरहेको छु ।
गोवरमा भन्दा पिसाबमा बढी नाइट्रोजन हुन्छ । प्लाष्टिकको मल्चिङ्ग भन्दा पात पतिङ्गगर प्रयोग गर्नु राम्रो हुन्छ । माटोको उर्वरा बढाउँछ । गाउँमा केराको पात माटोमै कुहेर जान्छ । टुक्राटुक्रा पारि छ¥यो भने पोटासियमको काम गर्छ माटोमा पोटासियमको कमी छ । प्रचुर मात्रामा पोटासियम प्राप्त गर्न सकिन्छ । किसानी अभ्यासको सिपबाट स्वास्थ उत्पादन गरेका छौं । तर किसानलाई हेलाको किसान भनेर हेरिरहेको छ । प्राङ्गारिक खेतीको क्रमश मूल्य बढ्दै गएको अनुभव हुँदै गएको अवस्था छ ।
जुम्लाको स्याउ भनेर काठमाडौं देखि धरानसम्म लोगो लगाउँछ । जुम्लाको स्याउ अर्गानिक कसरी भयो ?
बजारीकरणका विषयमा कृषि विज्ञ तथा उद्यमी चन्द्र अधिकारीलाई प्रश्न गर्दै भने २० रुपैयाँ पर्ने अर्गानिक तरकारीको मूल्य घटेर १४ रुपैयामा पनि बिकेन भन्ने छ ?
तपाईले उन्मोचन गरेको धानको बिउ, जीन बैंकलाई दिइयो । लाभ तपाइले पाउनु भएको कि भएन ?
स्थानीय उत्पादनबाट तयार गरेको ५० रुपैयाँ पर्न जाने खानाको मूल्य ३० रुपैयामा खान पाउँछ । २०० जातको धानको बिउ बनाउँछु भनेर लागेको थिएँ । बाहिरबाट दक्ष प्राविधिक हायर गर्न नसक्ने भएपछि परिवारिक छलफलमा कति आफैले मात्र सहयोग गर्ने ? भन्नभयो । परिवारबाट पनि यत्रो खर्च किन गर्ने भन्ने भयो । त्यसैले त्यसकार्यक्रमतर्फ कम गरेको अवस्था छ ।
तपाईंको बिउविजनहरु १०० वर्ष सम्म यहाँ सुरक्षित हुन्छ । तपाईलाई जतिबेला चाहिन्छ लिन सकिन्छ भन्ने भयो । र अनुवांशिक स्रोत केन्द्रलाई मैले बनाएको बिउ हस्तान्तरण गरेको छु । प्राङ्गारिक प्रमाणित पनि चाहिने, जिल्ला जिल्लामा प्राङ्गारिक संघ गठन गरौं भन्दा कसैले वास्ता गरेन ।
नीमा याङछेन लामा पर्माकल्चरिष्टले रैथाने बिउ संरक्षण गर्नु पर्छ भन्ने जनचेतना नभएसम्म, रैथाने बिउको संरक्षण हुन नसक्ने बताइन् । सरकारले जसरी साना–साना प्याकेट राखेर उपभोक्ताको ज्ञानलाई कसरी बढाउने सकिन्छ ? लामाले प्रति प्रश्न गरिन् ।
निमा याङ्छेन लामालाई प्रश्न :
प्लाष्टिक मल्चिङ्ग हानीकारण हुन्छ । गड्यौला मल गर्दा उत्पादन कति धेरै पाउन सकिन्छ ? कृषि उद्यमी भएको नाताले तपाइले के पाउनु भएको छ ?
पराल महँगो छ स्ट्रावेरी खेती गर्नको प्लाटिकको मल्चिङ गरेको थियो । भित्रबाटै मल्चिङ्ग हने ठाउँ होइन र रोजमेरीलाई माटो लाग्नबाट जोगाउन, सुकाउन प्लाष्टिक ओछ्याएको थियो । प्लाटिक प्रयोग गर्दा जैविक जीवहरुलाई असर गर्छ । त्यसकारण सावधानीका साथ प्रयोग भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघको पूर्व अध्यक्ष नवराज बस्नेतले चुरे मरुभुकिरण हुँदैछ । मुल धमिलो भयो भने धाराको पानी कसरी सङ्लो हुन्छ । हाम्रो बुझाइमा अर्गानिक होइन, स्थानीय भनेर जानु पर्छ ।
चुरे मानव सहितको चुरे कसरी बनाउन सक्न्छि । लहानको होम स्टे चुरे क्षेत्रबाट पाइलट परियोजनाको रुपमा सञ्चालन गरेको छ । बिउको जातिय परिक्षण, धान र मुसुरोलाई एकीकृत रुपमा कसरी राख्न सक्छ । पर्यावरणीय कृषिमा आधारित विचारमा बनाउनु पर्छ ।
यमुना घले कृषि विज्ञ :
सरकार अभियानकर्तासँग गएका छैनन् । पर्यावरणीय कृषि हो कि होइन भन्ने विषय सबैमा एकरुपता छैन । तर एकरुपता तर्फ अगाडि बढ्नु पर्छ । अभ्यासकर्ताले फाइदा लिन सकिएको छैन । किसान र स्थानीय समुदायले लाभका बाँडफाँड पाउनु पर्छ ।
इन्सेटिलाइजेशन गर्न राज्यको नीति के छ ?
परियोजना मार्फत पर्यावरणीय कृषिका लागि सबभन्दा पहिले माटोको स्वस्थ र आधुनिकीकरणसँगै लग्नु अहिलेको आवश्यकता छ । सरकारले कुन कृषि मोडल लिन खोजेको हो थाहा छैन ?
किसानहरु जैविक विविधतासँग जोडिन सकुन भनेर कार्यक्रम बनाउनु पर्छ ।
फरवार्ड नेपालका प्रमुख तीर्थ तिमल्सिना रैथाने बालीहरुको अध्ययन गरिरहेको बताउँदै मुख्य जनचेतनाको कमी भएको बताए । रैथाने बाली प्रवद्र्धन गर्नु पर्छ भनेर गाउँपालिकासँग पनि मिलेर काम गरेको छु । सरकारी निकायले रैथाने बिउको अनुसन्धान गर्दैन, रैथाने बिउको संरक्षण हामीले गर्नु पर्छ ।
लिवर्डका कार्यकारी निर्देशक भरत भण्डारीले माटोको जैविक विविधत बचाउन सके बिउविजनको जैविक विविधता पनि बचाउनु सकिने बताए । जलवायु परिवर्तन गहन विषय बन्दै गएको अवस्था छ । ३ लाख हेक्टर खेतीयोग्य जमीन घटेको छ । नेपालमा महिलाले मात्र कृषि थेगीरहेको छ ।
८० प्रतिशत किसानलाई कसरी सहयोग गर्ने भनेर कार्यक्रम बनाउनु जरुरी भएको छ । रैथाने बालीहरुले लोप हुँदै जाने अवस्थामा छ ।
भण्डारीले अधिकारिक तथ्याङ्क हामीसँग छैन । सुक्ष्म ढंगले जलवायु परिवर्तन भइरहँदा साना किसान र आदिवासी जनसमुदायलाई प्रभाविक बनाइरहेको छ । रैथाने जातका बिउविजन प्रयोग गर्दा फाइदा हुँदैन भन्ने भ्रम छ ।
बिउको विकास गर्नु भनेको जेनेटिक रिर्सोस नै हो । ९० प्रतिशत बिउ मध्ये, ४० प्रतिशत धानको बिउ गरि ३ अर्बको बीउ बाहिरबाट भित्रिन्छ । २८ प्रतिशत मात्र नेपाली बिउको सप्लाई हुन्छ । चाहेको खण्डमा ७८ प्रतिशत बिउ किसानले आफैले स्थानीय रुपमा राख्न सकिन्छ भन्ने अनुसन्धानले देखाएको छ ।
भण्डारीले बीउमा सरकारी अनुसन्धान प्रणालीमा केही न केही कमजोरी छन भन्ने लाग्छ । भण्डारीलाई सोधेको प्रश्नमा अनुसन्धानमा विकेन्द्र्रीकृत गर्न जरुरी छ । कोदोको मूल्य संसारभर अर्कै भएको छ । कुअन्नबाट उच्च अन्नको रुपमा पुगेको छ । कोदोलाई पनि राम्रो जात छनौंट गरेर आपसमा क्रसिङ्ग गरि बीउ निकाल्न सकिन्छ ।
तिनै बीउलाई उत्पादनशील बनाउन सकिन्छ । नार्क, सिमिट लगायत संस्थाहरुलाई परिक्षण गराउने र विकास गरिएका बिउका जातहरु मेल खाएको छ छैन भनेर अनुगमन गर्ने । र वर्षौंदेखिको स्थानीय रैथाने जातका बालीहरू मिश्रित बिउ प्रणालीमा, औपचारिक र अनौपचारिक रुपमा, सामुदायिक सामुदायिक रुपमा उत्पादन गरिने बीउलाई फ्यूचर स्मार्ट कर्पको रुपमा लिएको छ । यस्ता बालीहरुमा विषादीको प्रयोग कम हुन्छ । समग्र कृषिको मोडलमा समीक्षा गर्नु पर्ने देखिन्छ । बन्दै गरेको कृषि विश्वविद्यालय र २० वर्षे कृषि रणनीति परिमार्जित गर्दै पर्यावरणीय कृषिको मोडलमा लग्नु पर्छ ।
राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती अर्याल पौडेललाई अध्यात्मिक कृषि बिच कस्तो भिनन्ता देखिनु भएको छ भन्ने प्रश्नमा पौडेलले हिजो गाइगोरु बाँधेको ठाउँमा आज ट्रेक्टहरु छन । जसले छाडा गाई व्यवस्थापन गर्न सक्छन् उसलाई हेर दिइन्थ्यो । जो सदियौंदेखि कृषि गरिरहेको छ उसको लागि नीति बनेन । नीतिगत रुपमा राम्रो गरौं भन्ने हो । अध्यात्मिक र पर्यावरणीय कृषिको कुरा प्राकृतिक सन्तुलन बिचको सम्बन्ध नजिक छ । जो कि हामी पृथ्वी, दैवीशक्तिलाई पहिलो पुजन गरिन्छ । त्यसले अध्यात्मिक नभनेर के भन्ने त्यो कृषिसँग जोडिएको छ । जैविक खेती प्रकृतिले दिएको खाने कुरामा पञ्चतत्व मिसिएको छ । जमीन, जल, जीव छ सबै छ । त्यसले अध्यात्मिकसँग निकट सम्बन्ध राख्छ ।
रैथाने कृषि प्रोडक्ट प्रा.लिका सचिव आरवी राईलाई यहाँले सञ्चालन गरेको रैथाने हाट बजारबाट भुक्तानी पाइरहनु भएको छ कि छैन भनेर सोधेको प्रश्नमा राइले भने,
रैथाने प्राडक्टले आफैले सामाग्री खरीद गर्दैन । रैथाने वस्तुहरुको उपलब्धता गराउन किसान आफू गएर अनुभव गरुन भनेर यो बजार सञ्चालनमा ल्याएका हुन् । किसानहरु आफै उत्पादन गरेर रैथाने हाटबजारबाट आफ्नो कृषि उपज बिक्री गरिरहेका छन् । किसान बजार धेरै छन् । हामी सिकाइको अवस्थामा छौं । उत्पादनहरु बिक्री गरेवापत बिक्री गर्दा हामीले भाडा भनेर उठाएका छैनौं । सबैले सिक्ने थलो हुनुपर्छ ।
लिवर्डका कार्यकारी निर्देशक भरत भण्डारी बिउ साटासाट गर्न सामुदायको अहंम भूमिका हुन्छ । ९० प्रतिशत बिउ आयत गरिन्छ । रैथाने बिउ कसले संरक्षण गर्ने होला ? बीउ कम्पनीहरुले हेर्ने भनेको नाफा मात्र हो, उनीहरु हरेक विजनेश भविष्य दैख्दन । जोखिममा मात्र देख्छ । जेठो बुढो धानको ११ हजार मूल्य प्रति क्विन्टल मूल्य पर्छ । वैकल्पिक बीउ बैंक स्थापना गर्न, सामुदायिक बीउ तुरुन्त उपलब्ध हुनु घर–घरमा साटासाट गर्नु सक्नु राम्रो हो । सामुदायिक रुपमा बिउलाई दर्ता गरेर ल्याउने गरिएको छ । बिउ बिजन उत्पादन, प्रशोधन, बजारीकरण गर्न मूल्य श्रँृखलामा आउनु पर्छ ।
विश्वसनीयताको अभाव छ । हामीले बेच्ने भनेको भ्यालु हो । उपलब्धता र पहुँचको कुरा हो । त्यसमा पनि विचौलियाहरुको पकड छ । किसान आफैले समस्या बेहोर्नु परेको छ ।
हामी किसानको बिचमा छौं । गोर्खाको स्याउ स्थानीय भएकाले सहकारीको माध्यमबाट बेच्नु पर्छ । केही पालिकाले यो काम गरिरहेका छन् । रुचाएको कुरा रुचाउने कसरी बनाउने ? स्पष्ट रुपमा नीति बन्नु पर्छ । किसानहरुसँगको सम्बन्ध कहाँनिर ग्याप छ, पत्ता लगाउनु पर्छ ।
अर्गानिक–अर्गानिक भनेको धेरै भयो । स्थानीय सरकारसँग मिलेर काम गरेको छ भनेर जैविक विषादीलाई पनि मापण गर्ने गरेको छैन । स्थानीय निकायबाट सिफारिस गरेकाले विश्वासको भरमा बजारमा ल्याउन दिइरहेको छ ।
जेगर्दा पनि सरकारसँग गएर ठोकिन्छ । बजार सञ्चालन गर्न मिल्ने सरकारी जमीन त्यसै छन् । त्यही सञ्चालन गर्ने वातावरण बन्यो भने धेरै सहज हुन्छ । यातायातमा लाग्ने भाडा दर पर्न जान्छ । बारीदेखि बजारसम्म बाटोको दूरी १ किलोमिटरदेखि बढी दूरी पनि पर्न सक्छ । हाइड्रोपावर लगायत यातायातको साधानहरु पनि चल्ने गर्छ ति यातायातको साधान आउँदा जाँदा उत्पादित कृषि उपज लान ल्याउन सहयोग भयो भने झन् सजिलो हुन्थ्यो । अन्य यातायातसँग पनि समन्वय गरेर ल्याउने लाने गरिन्छ । भाडा धेरै पर्न गएको खण्डमा कृषि उपजको मूल्य पनि बढी पर्न जान्छ ।
राष्ट्रिय किसान आयोगले के गरिरहेका छन् भनेर आयोगकी सदस्य जीवन्ती अर्याललाई गरेको प्रश्नमा अर्यालले भनिन् आयोगले शुरुको स्थापना कालदेखि आफ्नो भूमिका किसानको पक्षमा गर्दै आएको बताईन् ।
रैथाने प्रोडक्टका सचिव आरवी राईलाई अर्गानिक र रैथानको कृषि वस्तुको पहिचान कसरी गर्न सकिन्छ ? भन्ने रापप्रसाद गौतमको प्रश्नमा, आफूहरु अभ्यासकै क्रममा रहेको र सकेसम्म रैथाने बाली उत्पादन गर्ने किसानहरु मर्कामा नपरुन गाउँको कृषि वस्तु शहरमा ल्याएर स्वस्थवस्तु उपभोक्तासम्म पुगुन भन्ने लक्ष्य रहेको बताए ।
कृषि अभियन्ता रीता गुरुङले खाद्य सम्प्रभुक्ता ऐन आएको अवस्थामा खाद्य सुरक्षा र रैथाने बिउको संरक्षण कसरी गर्ने तिर जोडदिनुपर्ने बताइन् । कालीमाटीमा बजार छ, किसान छैनन् । किसानको स्वभाव छ । किसानै किसानै छैनन्, भनिन् ।
कृषि अभियन्ता मीन शाहले किसानहरुको उत्पादन बजारसम्म आइपुग्न पहुँच हुन्छ त ? पर्यावरणीय कृषिको रुपमा भन्नुस् वा दिगो कृषि, सदियौं देखि गर्दै आएका छौं । अहिले लादिएको योजना छ । मागको आधारमा योजनाहरु छैनन् । कृषि क्षेत्रको डरलाग्दो अवस्था छ । मानव सभ्यताको अस्तित्वको कुरा छ । प्राकृतिक खेतीतिर समय सापेक्षिक परिमार्जन गर्नु पर्छ । कृषि विज्ञ हलो जोत्दैन । बाउ बाजेले भित्तामा बिउ जोगाएर राख्ने गथ्र्यो । गराको धान बीउको लागि अलग्गै राख्थ्यो । कृषिलाई टेवा पु¥याउन सक्ने शिक्षा पद्धति बलियो छैन् । फेरि पनि गएर कृषि गर्ने हिम्मत हामीसँग छन् ! नेपालको कृषि मेरो देशको कृषि हो । नागरिकको हैसियतले मैले कृषिलाई मायाँ गर्नुपर्छ भन्ने पाठ्यक्रम तयार गर्नुपर्छ । हामी आफै कतिको परिवर्तन हुन सकेका छौं । रुचाएको कुरा रुचाउने बनाउने कसरी ! नीति स्पष्ट बन्नु पर्छ । किसानहरुसँगको सम्बन्ध कहाँनिर ग्याप छ ? कृषिको निमित्त जरामा पुगेर कसरी काम गर्ने, ताते सिमीलाई समेत ह्वार् ह्वारती विषादी छर्छ । रैथाने झन् रैथाने नहुन सक्छ । खाद्य सम्प्रभुत्ता नियमावली अझै आउँला जस्तो लाग्दैन । अर्गानिक र रैथानेमा के फरक छ ? जैविक विविधता विधि अपनाउनु पर्छ । आज कतिपय ठाउँमा रासायनिक मलको प्रयोग भएको छैन । ज्यूज्यू हजुरबानै वैज्ञानिक किसान हुन् । बालीको गुण पहिचान गर्ने क्षमता किसानसँग छ । पहिलो लाभ त किसानले नै लिने हो । दूरदराजबाट गाउँका अर्गानिक कृषि उपज हो भनेर गाउँपालिकाबाट सिफारिस गरि ल्याइएको हुन्छ । त्यो काम स्थानीय सरकारले गरोस् भन्न चाहिरहेका छौं ।
लिवर्डका कार्यकारी निर्देशक भरत भण्डारीले बीउको सम्बन्धमा एक्लैले गर्न नसक्ने बताए । बिउको संरक्षण गर्ने दायित्व राज्यको हो । बिउमा राज्यको लगानी अति जरुरी छ । हामीले गरेको पद्धति, सामुदायिक संस्था, सहकारी, बिउ बैंक, जिन बैंकमा हस्तान्तरण गर्ने व्यवस्था छ । यस्तो काम सबैले गर्दैन । पहिचान गर्नु पर्छ र सहज रुपमा सहयोग गर्ने व्यवस्था मिलाउनु पर्छ । खाद्य पोषण, खाद्य सम्प्रभुक्ताका ऐन नियमहरु कार्यन्वयन गर्न सम्बन्धित पक्षहरु लाग्नु पर्छ । रैथाने बालीलाई व्यवसायिक रुपमा मात्र नभई संरक्षण गर्नुपर्छ । ठूला–साना व्यवसायिक किसान लागि सरल कर्जाको पहुँच हुनुपर्छ । उल्टो बाटोमा राज्य गईरहेको छ । जैविक विषादी हामी आफैले बनाउन सके नेपालको पैसा नेपालमै रहन्छ ।
किसान आयोगकी सदस्य जीवन्ती अर्याल पौडेलले आफू नागरिकको भूमिकामा रहेकाले अभिभावकत्व सरकारले लिनु पर्छ । कृषि ऋण, अनुदान लगायत विषयमा उठीरहेको छ । एउटा लेवलबाट जाँदा फेरि अर्को लेवलमा पुग्दा हराउँछ । कालीमाटी तरकारी बजारमा २५ प्रतिशत पसल किसानहरुका लागि भनेर छुट्याएको छ । छुट्याएको पसल हेरेर इष्र्या गर्ने गरेको छन् । किसान र व्यापारीको बीचमा दुस्मनी छ । नीतिगत रुपमा सहमती भएका कुराहरु कार्यन्वयन नहुँदा दुखः लाग्छ ।
सरकारलाई जलवायु परिवर्तनको कुरा केही जस्तो लागेको छैन । डिवाई सिक्स नाइन देखि सरकारले किसानका लागि भनेर एकपैसा पनि छुट्याएको छैन । परिवारिक खेतीमा फर्कने नीतिमा केही परिमार्जन हुनुपर्छ ।
मल र विषादीको कार्यक्रममा समुदायबाट निर्धारण गरिनु पर्छ । रासायनिक मल हाल्यो भने धरै फल्छ भन्ने छ । बजार अनुसन्धान, बिउ बैंकको स्थापना, पालिका तहमा हुनुपर्छ । सिंहदरवार किसान मैत्री देखिदैन । सबै कृषि उपजहरु बाहिरबाट आएका छन् । युवालाई कृषिमा फर्काउन ऋण र प्राविधिक सहायता गर्नु पर्छ । जैविक सूचना केन्द्रकोे रुपमा एउटा मेकानिज्म बनाउनु पर्छ । सरकार र सरकारी अन्तरनिकायको बिचमा समन्वय हुन जरुरी छ ।
अर्का कृषि अभियन्ता जानुका खतिवडाले आफ्नो मातहतमा ५ वर्षदेखि बीउको मेला सञ्चालन गर्दै आएका बताइन् । उनले विश्वमा रैथाने बीउको प्रयोग गर्ने धेरै किसानहरु छन् । नेपालका कतिपय जिल्लाहरुमा आज पनि रासायनिक मल र विषादीको प्रयोग गर्दैन । यूरोपमा गएका युवाहरु चरम विकासबाट कृषिमा फर्कन लागेको पाइन्छ । हामी दिगो विकास र हरित क्रान्तिका पछि एकदमै कुद्यौं । प्राथमिकता तहबाटै अब रैथाने खेती, पर्यावरणीय कृषिलाई टेकर काम गरौं । स्थानीय परामर्श एकदमै आवश्यक छ । दिगो विकास अब संस्थागत कार्यक्रमको रुपमा आउनु पर्छ । सफलताको कुरा मात्र होइन, असफलताको कुराबाट पनि धेरै कुराहरु सिक्न सक्छौं ।
पर्यावरणीय कृषि अभियन्ता डा.एकराज ओझाले अहिले देखि होइन परापूर्वकालदेखि एक थोपा विषादी मेरो बारीमा परेको छैन । मेरो दिगो रुची कृषिमा थियो । हामी सबै परिवार शाकाहारी छौं । यथार्थ कुरा सम्बन्धित क्षेत्रमा अगाडि बढाउनु पर्छ ।
केयर नेपालका कार्यक्रम अधिकृत प्रकाश सुवेदीले पर्यावरणीय खेती प्रणालीको आवश्यकता बढ्दै गएको बताए । पृथ्वीको तापक्रम २.७ डिग्री बढ्ने सम्भावना रहेकोले वातावरण जोगाउन पहिले देखिनै लाग्नु पर्ने बताए । साथै सुवेदीले यदि माथि उल्लेखित तापक्रम वृद्धि भयो भने विश्वको ४० प्रतिशत जैविक विविधता बोकेका बालीनाली लगायत वनस्पति समेत नाश हुने खतरा रहेको बताए । खेतीपाती भनेको विज्ञान हो । पर्यावरण मैत्री खेतीको सम्बन्ध विज्ञानसँग जोडिएको छ ।
दास्रो अभ्यास एकेडेमिक रुपमा ल्याउनु पर्छ ।
उक्त कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले फरक–फरक ढंगले एकै ठाउँमा गरिने कार्यक्रमले सही बाटो पुग्न सकिने बताए ।
कतिपय कार्यक्रम आ–आफ्नै ढङ्गले अगाडि बढाउँदा गन्तव्यमा पुग्न ढिलो हुन्छ कि भन्ने मात्र हो । तर राम्रो र सन्देशमूलक कार्यक्रम भएको छ ।
निर्णयहरु ः
१. पर्यावरण मैत्री कृषिका लागि सरकारलाई वाध्यकारी बनाउने ।
२. प्राकृतिक कृषि भूमिमा जाने ।
३. जलवायुको प्रतिकूल अवस्थामा बिउ बिजनको संरक्षण र प्रवद्र्धन गर्ने ।
४. स्वस्थ बिउमा रुपान्तरण, सरलीकृत बजारीकरणको आवश्यकता छ ।
५. स्वस्थ माटो र खाद्य सुरक्षामा जोड दिनु पर्छ ।
६. सरकारलाई दिगो र पर्यावरणीय कृषि संस्थागत रुपमा विकास गर्न अघि बढाउने ।
७. नीतिगत रुपमा जिम्मेवार व्यक्तिहरुलाई प्रतिवद्धता जनाउन लगाई कृषि विकासमा सहभागी गराउने हुन वाध्य बनाउने ।
८. फोरमहरुको गठन गरि सरकार र समुदाय पु¥याउने ।
९. विज्ञानलाई बुझ्न फोरममार्फत कार्यक्रमहरु सञ्चालन गर्ने ।