नेपालमा पालिने बाख्राका जातहरू
नेपालमा मुख्यतया चार जातका स्थानीय बाख्राहरु पाल्ने गरेको पाइन्छ । यी चारै जातका बाख्राहरु भौगोलिक क्षेत्रका आधारमा वर्गीकरण गरिएको पाइन्छ । तराई क्षेत्रमा तराई, बाख्रा, तल्लो तथा मध्य पहाडि क्षेत्रमा खरि, उच्च पहाडी क्षेत्रमा सिन्हाल तथा उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा जातका बाख्राहरु पाइन्छन् ।
क) तराई बाख्रा
नेपालको तराई क्षेत्रतिर पाइने जातको बाख्रालाई तराई बाख्रा भनिन्छ । यो शुद्ध जातको बाख्रा नभएर भारतीय जातको बाख्रा जमूनापारीको गुणहरु जस्तैः माथि उठेको नाक, झुण्डिएको लामो कान भएकोले यसलाई जमूनापारीको खच्चड पनि भनिन्छ । यो बाख्रा मझौला आकारको र विभिन्न रंगको भएता पनि प्रायः खैरो रंग र शरीरमा सेतो धर्सा रहेको हुन्छ । यो बाख्रा दुध तथा मासु दुवैको लागि उपयुक्त मानिन्छ । यसको शारीरिक तौल करिब १८ देखि ३५ किलोग्रामसम्म हुन्छ । सालाखाला १५ महिनाको उमेरमा पहिलोपटक व्याउने र खरी तथा तराई बाख्राको प्रजनन् क्षमतामा धेरै समानताहरु पाइन्छन् । गर्मी ठाउ“मा पाइने जात भएकोले जाडो तथा चिसो ठाउ“मा यो कमै पाइन्छ ।
ख) खरी÷औंले बाख्रा
मध्य पहाडी प्रदेशमा पाइने बाख्रालाई पहाडी वा खरी बाख्रा भन्ने गरिन्छ । विभिन्न ७ रंगका खरि बाख्राहरुमा कालो तथा खैरो रंगका बाख्राहरु तुलनात्मक रुपमा धेरै पाइन्छन् । प्रायः खरी बाख्राहरुमा मध्यम आकारका पछाडि वा माथितिर फर्केका सिङ्ग हुन्छन् । थोरै बाख्राहरु मुडुले पनि पाईएका छन् । खरि बाख्राको शारिरीक तौल १५ देखि २५ किलोग्रामसम्म हुन्छ भने बोकाको शारीरिक तौल २५ देखि ३५ किलोग्रामसम्म हुन्छ । यो जातको बाख्रा सालाखाला १६ महिनाको उमेरमा पहिलो पटक व्याउने, साधारण अवस्थामा २ वर्षमा ३ पटक ब्याउने र प्रति बेत २ वा २ भन्दा बढी पाठापाठी हुर्काउन सक्ने क्षमता भएको हुनाले नेपालको अधिकांश भु–भागमा यो बाख्रा लोकप्रिय भएको पाइन्छ । यसको शरीर सानो र फुर्तिलो हुन्छ । यो जातको बाख्रालाई बंधुवा वा चराएर पाल्न सकिन्छ ।
नेपालमा पाईने स्थानीय जातका बाख्रामध्ये संख्याको हिसाबले सबैभन्दा बढी भएको खरी बाख्रा पहाडी क्षेत्रमा फैलिएको छ । हावापानी, रोग प्रतिरोधात्मक क्षमता र औसत वृद्धिदर आदिको दृष्टिकोणबाट नेपालको पहाडी र मध्यपहाडी क्षेत्रको लागि खरी बाख्रा उपयोगी मानिएको छ ।
खरी बाख्राको विशेषताहरुः
–स्थानीय हावापानीमा राम्रोस“ग फस्टाउने, दुई वर्षको अवधिमा ३ पटकसम्म ब्याउन सक्ने,
–साधारण खोरमा पनि पाल्न सकिने, रोगव्याधी कम लाग्ने, नेपालमा भित्रिएका विदेशी जातहरु भन्दा रोग प्रतिरोधात्मक क्षमता बढी हुने ।
–सामान्यतया एउटा बाख्रीले एक पटकमा २ वटा पाठापाठी पाउने, पाठापाठी मृत्युदर कम हुने ।
–सन्तुलित आहारा (दाना) को त्यति आवश्यकता नर्पने, मासु स्वादिलो र ख“दिलो हुने ।
ग) सिन्हाल
उच्च पहाडी क्षेत्रमा पाइने यो जातको बाख्रा बरुवाल वा भ्याङ्गलुङ जातको भेडाको बथानमा चर्न रुचाउने हुन्छ । सिन्हाल जातको बाख्रा अन्य नेपाली बाख्राहरुमध्ये सबैभन्दा ठूलो शरीर भएको बाख्रा हो । यसको छोटो टाउको, सीधा नाक, चिसो सहन सक्ने क्षमता भएको र यसबाट केहि मात्रामा पस्मिना समेत उत्पादन गर्न सकिन्छ । वयस्क बाख्राको शारिरीक तौल ३०–३५ किलोग्रामसम्म हुन्छ । सिन्हाल बाख्राहरु करीब दुई वर्षको उमेरमा पहिलोपटक व्याउने, साधारणतया वर्षमा एकपटक व्याउने र एउटै पाठा वा पाठीमात्र पाउने गर्दछ । थोरै बाख्राहरुले मात्र जुम्ल्याहा पाठा पाठी पाउने गर्दछ ।
घ) च्याङ्ग्रा
यो हिमालय पर्वत श्रृखलाको पछाडिपट्टि सुख्खा, बढि हावा लाग्ने, चिसो र अर्धभूमिजस्तो ठाउ“मा पाइन्छ । च्याङ्ग्रा पस्मिना र नरम खालको न्यानो भुवा उत्पादनको लागि प्रसिद्ध छ । च्याङ्ग्राको शरीर बाक्लो लामो रौंले ढाकिएको हुन्छ । रौंको भित्री भागमा मसिना पस्मिना रहेको हुन्छ । यसको सानो तर लामो टाउको, सीधा नाक, सा“घुरो थुतुनो र कसिलो शरीर तथा बटारिएको सिंग हुन्छ । तिब्बती तथा कश्मिरी च्याङ्ग्रा ठुलो खालको हुन्छ भने नेपालको उत्तरी भेगमा पाइने च्याङ्ग्रा सानो खालको हुन्छ । यिनीहरु अन्दाजी दुई वर्षको उमेरमा पहिलोपटक व्याउने, वर्षमा एकपटक व्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । वयस्क च्याङ्ग्राबाट वर्षमा ५० देखि २०० ग्रँम सम्म पस्मिना उत्पादन हुने गर्दछ । वयस्क च्याङ्ग्राको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । यसको आफ्नो शारिरीक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता हुन्छ ।
विदेशी जातका बाख्राहरू
जमुनापारी ः
भारतमा पाइने सबैभन्दा ठुला जातको जमुनापारी बाख्रा भारतको चम्वल नदिको बीच भाग हु“दै नेपालको तराई क्षेत्रमा आइपुगेको हो । जमुनापारी बाख्राको रंग एकनासको हु“दैन तर साधारणतया सेतो रंग भएका बाख्राहरु कहिंकहिं गाढा रंगको चिन्हहरु हुने गर्दछ । यो जातको बाख्राको जीउ ठुलो तथा अग्लो, लामो खुट्टा, नाकको बीच भाग उठेको (सुगा नाके) र झुण्डिएको लामा कानहरु प्रमुख विशेषताहरु हुन् । यसले एक दिनमा २.२५ देखि २.७ किलोग्रामसम्म दुध दिन्छ । यो जातको बाख्राको वजन ३० देखि ६० किलोग्रामसम्म हुन्छ । यस जातको बाख्राको शरीर ठुलो भएकोले मासु भरिन धेरै समय लाग्दछ । जमूनापारी बाख्राको पहिलोपल्ट ब्याउने उमेर तथा ब्याउने अन्तर क्रमशः औसत ७७० दिन तथा ४४८ दिन उल्लेख भएको पाइन्छ ।
बारबरी ः
यस जातको बाख्राको उत्पत्ति पूर्वी अफ्रिकाको बारबरा भन्ने शहरमा भएको हो । भारतको उत्तर प्रदेशको विभिन्न भाग (आगरा, मथुरा) मा यो जातको बाख्रा प्रशस्त पाइन्छ । यसको कान छोटो तथा ठाडो, शरीर सानो, रंग रातो र सेतो टाटेपाटे किसिमको हुुन्छ । झट्ट हेर्दा मृग जस्तो देखिने बारबरी जातको बाख्रा चर्न त्यति मन पराउ“दैन । खोरभित्रै राखेर पालिने जात भएकोले यो जातको बाख्रा खासगरि शहरी वा शहर वरिपरिको क्षेत्रमा पालिन्छन् । यो जातको बाख्राको सरदर शारिरीक तौल बाख्रीको २७ देखि ३६ र खसी बोकाको ३२ देखि ४१ किलोग्रामसम्म हुने गरेको पाइन्छ । पहिलोपल्ट व्याउने औसत उमेर तथा २ वेत बीचको अन्तर क्रमशः ५८८ दिन तथा २७४ दिन पाइएको छ ।
सानन् ः
दुध उत्पादनको लागि विश्वप्रसिद्ध सानन् जातको जन्मस्थान स्वीट्जरल्याण्डको सानन् उपत्यका हो । यो जातको बाख्रा सेतो क्रीम रंगको हुन्छ । यसको अनुहार सीधा वा अलि थेप्चिएको र कानहरु ठाडो तथा अगाडितिर तेर्सिएको हुन्छ । विकसित फा“चो भएकोले यसले प्रतिदिन २ देखि ४ के.जी सम्म दुध दिन्छ । दुधमा औसत ३.५५ प्रतिशत चिल्लो पर्दाथ पाइन्छ । साधारणतया यो जातको बाख्राको सिंग हु“दैन । तर कुनै कुनैमा हुनपनि सक्छ । बोकाको शारिरीक तौल औसतमा ९५ किलोग्राम र बाख्रीको ६५ किलोग्राम सम्मको हुने गरेको छ ।
विट्टल ः
यस जातको बाख्रा भारतको गुजरात र राजस्थानमा पाइने जात हो । यो बाख्रा हेर्दा जमुनापारीस“ग मिल्दोजुल्दो हुन्छ । यो बाख्रामा सामान्यतया कालो र खैरो रंगमा बढि पाइने, नाक उठेको, कान चौडा लामो र घुम्रिएको र चौडा मझौला शरीर जस्ता चारित्रिक विशेषताहरु भएको पाइन्छ । यस जातको बाख्राको औसत उचाई ९१ से.मी (बोका) र ७७ से.मी (बाख्री) र औसत तौल वयस्क भालेको ५९ के.जी र वयस्क पोथीको ३५ के.जी हुन्छ । २ वर्षमा पहिलोपल्ट व्याउने र दुई वेतबीचको अन्तर औसतमा १ वर्ष पाइएको छ । सरदर दुई वर्षमा ३ पटक व्याउने र ५० प्रतिशत जुम्ल्याहा पाउने गर्दछ । नेपालको तराई र भावर क्षेत्रमा बंधुवा प्राणीमा यसबाट राम्रो उत्पादन लिन सक्ने देखिन्छ ।
बोयर बाख्रा ः
यो जातको बाख्रा सन् १९०० दशकमा दक्षिण अफ्रिकामा विकास गरिएको हो । सन् १९८० मा अष्ट्रेलिया र न्युजिल्याण्डमा यो जातको बाख्रा पालियो र हाल अन्य देशहरुमा क्रमैस“ग फैलि“दै गएको छ । विगत पा“च वर्षदेखि नेपालका केहि अगुवा कृषकहरुले यो बाख्रा पालन गर्न थालेका छन् । नेपालका विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्न आवश्यक प्रविधि विकासका लागि नार्कले कृषि अनुसन्धान केन्द्र (बाख्रा) बन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको छ । यो बाख्राको विशेषताहरु–
–छिटो बढ्ने (८०–९० ग्राम प्रतिदिन)
–प्रतिवेत दुई पाठापाठी पाउने
–दुई वर्षमा तीनपटक पाउने
–वाली जान सिजनको प्रभाव कम पर्ने भएकोले बाह्रै महिना पाठापाठी जन्माउन सक्ने
–मासुमा ऋजयभिकतभचय िको मात्रा कम भएकोले मासु स्वस्थकर हुन्छ ।
नेपालमा पालिने वर्णशंकर जातका बाख्राहरु ः
१.जमुना पारि क्रस (खरि ह जमूनापारि)
शुद्ध स्थानीय खरी जातको बाख्रामा (प्रति वेत १.८ पाठापाठी हुर्काउन सक्ने) शुद्ध जमुनापारि बोका लगाएर जन्मेको ५० प्रतिशतका सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरि ५० प्रतिशत एक आपसमा क्रस गराएर विकास गरिएको) जमुनापारी वर्णशंकर बाख्रा भन्ने गरिएको छ । यो जातको वर्णशंकर बाख्रा पहाडी भेगमा जमुनापारी भन्दा राम्रोस“ग फस्टाउन सक्दछ । यो बाख्राको व्याउने अन्तर झण्डै खरी जस्तै छोटो (२८० दिन) हुन्छ । उमेर पुगेका १०० क्रस माउले प्रतिवेत १४५ वटा पाठापाठी पाउ“छन् भने जमुनापारीले ११५ वटा (भारतमा १०० वटा मात्र) पाउ“छन् ।
बारबरी क्रस (खरी ह बारबरी)
श्ुाद्ध स्थानीय खरी जातको बाख्रामा (प्रतिवेत १.८) पाठापाठी हुर्काउन सक्ने) शुद्ध बारबरी बोका लगाएर जन्मेका ५० प्रतिशतका सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरि ५० प्रतिशत क्रस लाईन ब्रिडिङ्ग गरिएको) बारबरी वर्णशंकर बाख्रा भनिन्छ । बारबरी वर्णशंकर जातका बाख्रा खासगरी नेपालको पश्चिमी मध्य पहाड र गरम उपत्यकामा बुटवल देखि पश्चिममा राम्रोस“ग फस्टाउने अनुभव गरिएको छ । यस्तो वर्णशंकर बाख्रा मासुका लागि उपयोगी हुन्छ ।