कृषि विशेषसमाचार

राष्ट्रिय किसान सञ्जालको समुदायस्तरमा कार्यक्रम सम्पन्न

धनबहादुर मगर
सिन्धपाल्चोक मंसीर ४ सामुदायिक बीउ बैंक र खाद्य बैंकबारे स्थानीय तहमा नीतिगत पैरवी कार्यक्रम, राष्ट्रिय किसान सञ्जाल, कार्यन्वयन समितिको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रेग्मीले बीउ बैंक र खाद्य बैंकलाई लिएर किसान सञ्जालले गरेको पैरवी कार्यक्रम प्रति राजनीतिक संगठन र स्थानीय सरकार बढी जिम्मेवार हुनु पर्ने बताउनु बताए । मानव र समाजको त्योभन्दा बढी जिम्मेवारी राजनीतिको छ । अहिले आएको सरकार सबैभन्दा बलियो छ । स्थानीय सरकारले आफ्ना अधिकार प्रयोग गरेर जनताको समस्यालाई केन्द्रीय सरकारसँग समन्वय गरेर अगाडि बढाउनु पर्छ । किसानले सहजीकरण गराउने हो ।
राष्ट्रिय कृषि संहकारी संघका कार्यक्रम अधिकृत कपिल गौतमले लगाएको बाली रैथाने हो होइन पहिचान गर्नतिर लाग्नु पर्ने बताए छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का महासचिव, किसान सञ्जालका संयोजक तथा भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्काले नेपाली जनतालाई देशको संविधानले समाजवाद उन्मुख गरेको छ । अर्थतन्त्रको उन्नतिका लागि बीउको संरक्षण अनिवार्य छ । हाइव्रिडका कारण रैथाने बालीहरु ध्वस्त भएका छन् । पनुरुत्थान गर्नु पर्ने अवस्था रहेको छ । भक्तपुरे काउली, बन्दा, काँक्रो जनताका स्थानीय जातका बीउहरु हुन् । बीउमा परनिर्भर हुने अवस्था आएको छ । उत्पादन र उत्पादकत्व वृद्धि भन्दा, दलाल पूँजीवादको विकास र नाफाको प्रतिशतमा प्रतिस्पर्धाले व्यापारीहरुले मात्र फाइदा लिन्छ । हाइव्रिड र महँगो बीउको चँगुलमा नेपाली किसान फँसेका छन् । हामीले आत्मनिर्भर हुने समाजवाद उन्मूख बीउ बनाउनका लागि सामुदायिक बिउ बैंक र खाद्य बैंकको अवधारण प्रस्तुत गरेका छौं । स्थानीय रुपमा सामुदायिक बीउ बढाउन सके बिउमा आत्मनिर्भर बन्नसक्ने सम्भावना हुन्छ ।
आज पनि विश्वमा ७ अर्बमा जनसंख्या रहेकोमा १ अर्ब जनता भोकभोकै बस्नु पर्ने अवस्था छन् । छिमेकी देश भारतमा ४० करोड मानिसहरु भोकभोकै रहुन पर्ने अवस्था छ । अमेरिकामा पनि २३ लाखभन्दा बढी मानिस घरवार विहिन छन् ।
तिनीहरु पनि दुईछाक खान सक्ने अवस्थामा छैनन् । पूँजीवादी पद्धति विश्वभर असफल भएका छन् । हरित क्रान्ति असफल र स्थानीय स्रोतमा आधारित जैविक विविधतामा लान सामुदायिक बीउ बैंक र खाद्य बैंक स्थापनाले प्राकृतिक प्रकोप आउने बेलामा समेत् समुदायलाई नै सहयोग पुग्ने बताए ।
भएका कार्यक्रममा कमी कमजोरीहरु भए सच्याएर देशभर लान्छौं । विभिन्न राजनैतिक पार्टीका अलग–अलग किसान संगठनहरु छन् । र त्यसमा स्वतन्त्र किसान संगठनहरु पनि सहभागी छन् । ती किसान संगठनहरुको साझा संगठन अर्थात् राष्ट्रिय किसान सञ्जालको हो । यसमा २० वटा संगठनहरु आवद्ध छन् । यिनै सञ्जालमार्फत पहल भएर स्थापना भएको सरकारको निकाय राष्ट्रिय किसान आयोग, भूमि आयोग, प्रधानमन्त्री कृषि आधननिकीकरण परियोजना पनि हो ।

६०० प्रजातिका स्थानीय जातका बीउविजन र बालीहरु संरक्षण गर्ने जिम्मा लिएका छौं । बीउमा आत्मनिर्भर बनेर समाजवाद उन्मूख हुँदै बीउ बैंकलाई अगाडि बढाउने लागेको हो ।
भक्तपुरे लोकल काँक्रो मिठो र स्वादिलो पनि छ । बढी पनि फल्छ । त्यस्तो बीउका काँक्रो कहीँ पनि पाइदैन । ज्यापु काउली म आफैले १४ केजीसम्म फलाएको थिएँ । स्थानीय जात प्रयोग गर्दा उत्पादन घट्छ भन्ने होइन । निर्यात गर्नका लागि भने लाइसेन्स चाहिन्छ । क्यूवामा २० हेक्टरमा प्रति हेक्टर २२ हजार किलो रसायनिक मल नहालिकन पनि फलाएको पाइयो ।

आ–आफ्नो क्षेत्रमा कार्यक्रम पु¥याउनु पर्ने कुरामा जोडदिँदै स्थानीय तहको कार्यक्रमलाई प्रभावकारी बनाउन सके सामुदायिक बीउ बैंक र खाद्य बैंक जस्ता कार्यक्रम प्रभावकारी बन्ने कार्यक्रमको निष्कर्ष रहने बताए ।

रैथाने बीउलाई स्थानीय निकायले कसरी संरक्षण गर्न सक्छ त ? भन्ने विषयमा कार्यक्रम बारेमा कार्यक्रम आयोजना गरेको हो । धान, मकै, कोदो, फापर बिउको संरक्षण गर्न स्थानीय निकायमा शित भण्डार निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।
हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु भन्ने नेपाली उखानलाई व्यवहारमा उतार्न जरुरी भएको बताएको छ । विदेशबाट आयातित बीउहरु आइरहेन र रोक्न नसक्ने हो भने हामी बीउमा परनिर्भर बन्ने अवस्था आउँछ ।
साँढ २ केजीको आपँको फल पाकेको थियो । बढी उत्पादन दिन एकीकृत खाद्य व्यवस्थापन अपनाउनु पर्छ ।
धान नेपालमै उत्पति भएका हुन् भन्ने छ । फुड बैंकको सन्दर्भमा नीति आउँदैछ । बीउ बैकको सन्दर्भमा किसानले सामुदायिक बीउ बैंकको रुपमा प्रयोग गर्ने हो र सामुदायिक बीउ बैक भनेको भण्डारण प्रणाली पनि हो ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का उपमहासचिव, युवा किसान संघका अध्यक्ष निर्दोष तिमल्सिनाले स्थानीय तहमै कृषि उत्पादन घटेको छ । कृषि उत्पादनमा जोडदिन सकेमात्र खाद्य सुरक्षा बढ्ने बताएको छ ।

साँगाचोक भान्ज्याङ चौतरा, नगरपालिकाका कृषि शाखा प्रमु्ख चिरञ्जीवी कट्टेलले स्थानीय सरकार र प्रदेश सरकारसँग रहेको कार्यक्रमलाई दुईवटा अधिकारको रुपमा प्रयोग गर्न सुझाव दिए । कट्टेलले भने सबभन्दा पहिले बजेट बनाउने, कार्यक्रमहरु बनाउने कुरामा ध्यान दिनु पर्छ ।
अखिल नेपाल किसान महासंघ केन्द्रीय समिति सदस्य गणेश श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा ज्ञातअज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारणा र राष्ट्रिय गानकासाथ उत्साहजनक रुपमा सरोकारवालाहरु सहभागी रहेका थिए ।
कार्यक्रममा बीउ र खाद्य सम्बन्धी स्थानीय तहको महत्वपूर्ण भुमिका भएकाले सरोकारवाला र नीतिगत तहमा छलफल गर्ने उपयुक्त माध्यम सञ्जाल मार्फत वहस भयो भने सबै तहमा पुग्न सक्ने बताए ।

नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य तथा साँगाचोक गढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले सामुदायिक बीउ बैंक स्थापना गर्ने विषयमा आफूले सक्दो सहयोग प्ु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ । सापकोटाले विगतमा जस्तै आउँने दिनहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

अखिल नेपाल किसान महासंघका कोषाध्यक्ष दयालक्ष्मी श्रेष्ठले बीउ बैंक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै समाजवादी र पूँजीवादी प्रणाली नितान्त भिन्नता रहेको बताए । श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमा पूँजीवादी प्रणाली नाफा कमाउने मोडलको हो । समाजवादी उत्पादन प्रणालीमा मानवहितलाई हुने हो । भु–नीतिमा बाँच्ने कुरा हो । पूँजीवादी प्रणालीमा विश्व बजार कब्जार गर्ने कृषि लगायत उत्पादनहरु ध्वस्त नपारेसम्म आफू माथि उठ्न नसक्ने भन्ने हुन्छ । कृषिलाई परनिर्भर पारेर कमजोर बनाउने कार्यमा लागेको हुन्छ । औद्यौगिकीकरण आएपछि हामीमा कृषि बिगार्ने, स्वाथ्यलाई असर पार्ने र स्वास्थ्यको नाममा उस्तै ठान्ने प्रवृति बढेको छ । जलवायू परिवर्तनको प्रभाव परेका छ । प्राकृतिक प्रणालीमा जोखिमयुक्त ठाउँ सिन्धुपाल्चोक पनि हुन् ।

जीवन जीउने र खाने कुरासँग जोडिएकाले यसलाई सिकाईको रुपमा लिनु पर्छ ।
मानव निर्मित वस्तुले पृथ्वीमा ठूलोे अतिक्रमणको क्रम बढेको छ । जसको प्रभाव सबैभन्दा पहिले मानवलाई नै परेको छ । कृषिमा ‘हरित क्रान्ति’को नाममा खानामा ठूलो प्रभाव छोडेको छ । जलवायू परिवर्तनको असर सबभन्दा बढी नेपाललाई परेको छ ।
कृषि पुनर्निर्माणको अवस्था आएको छ । चुनौंतीहरु थपिएका छन्, अब के गर्ने ? कार्यपत्रमा छ ।
खाद्यान्न जोगाउने, सबभन्दा पहिलो माटोको संरक्षण गर्नु पर्छ । सामुदायिक बीउ बैंक निर्माण, रैथानी बीउविजनमा सामुदाय–समुदाय बीच र हस्तान्तरण, भण्डारण र वितरण, सामुदायिक कृषि प्रणाली हो । गुणस्तरीय बीउमा पहुँच सीमान्तकृत समुदायको जीवनस्तर उठाउने, बीउ किन्न नसक्ने अवस्थाको अन्त्य हो । गुणस्तरीय बीउ प्रशोधन, बिक्री वितरण गर्ने, हाइव्रिड बीउ झट्ट हेर्दा उत्पादन दिने खालको भएपनि त्यसको दीर्घकालीन असर सबैलाई थाहा हुँदैन । उपयुक्त बीउ छनौंट गर्न सके २०÷२५ प्रतिशत उत्पादन बढ्छ । बीउ छनौंट गर्ने प्रविधि मैले सिकेको छु । कृषिमा किट पतङ्गहरु मित्र जीव थिए । आज रसायनिक मल र रसायनिक विषादीका कारण ध्वस्त भएका छन् । समुदायिक बीउ बैंकको महत्व निकै ठूलो छ । कस्तो माटोमा कस्तो बीउ लगाउनु पर्छ भन्नेकुरा थाहा पाउनु पर्छ ।

जीएमओ भनेको के हो ?
जीएमओ भनेको सुँगुरका र हात्तीका जीन ल्याएर घुसाउँदा हाम्रो शरीरमा कस्तो होला । कृषिले समग्र परिस्थितिको अवस्था निर्माण गर्छ । देशभर २९ वटा सामुदायिक बीउ बैंक रहेका छन् । पाँचखालमा ६० बोरा आलुको बीउ भण्डारण गरेका छौं । ठूलो सिरुवारीमा बीउ उत्पादन गरेका छौं ।
२०७५ देखि रामपुर कम्पोजिट बीउ उत्पादन गर्दै आएका छौं । हामीसँग ७० वटा स्टीलका भकारी सहितको बीउ बैंक रहेका छन् ।
सामुदायिक वनले सामुदायिक बीउ बैंकलाई सहयोग गर्छन । सामुदायिक बीउ बैंक स्थापना गर्न र बीउको छनौंट गर्ने र समुदायले नै व्यवस्थापन र सञ्चालन गर्ने हो ।
बीउका जातहरुको अध्ययन अनुसन्धान गर्दा २८ वटामा ३ वटा मात्र बीउका जात योग्य भए । सञ्चालन गर्दा कमी कमजोरी हुन्छ । बीउ आफैले उपयुक्त छैन भनेर वातावरण सिर्जना गर्छ । पद्धति र तरिकाहरु पहिचान गर्नुप¥यो । प्रचार प्रसार भएपनि व्यवहारिक ज्ञान महत्वपूर्ण हुन्छ ।
खाद्य बैंक नीति कुनै पनि बनेको छैन । तर, धादिङको गजुरीमा स्थापना भएको थाहा भएको थियो । विगतमा खाद्य बैंकलाई पहिचान गर्न सकेको थिएन । भुकम्पको बेला जिल्लामा खाद्य संकट प¥यो । त्यतिबेला राहतको नाममा आएको खाद्य सँगै सामुदायिक बीउ बैंकसँग रहेको कोदोको पीठो समेत बाँड्ने पायौं ।
समुदायिक खाद्य बैंक सञ्चालन गर्ने भनेर वडास्तरमा सरकारसँग मिलेर संकट समाधान गर्ने काम गरेका थियौं । त्यतिबेला हामीसँग १३६ मुरी कोदो थियो । सामुदायिक बीउ बैंक किन आवश्यकता छ भनेर अझ बढी पहिचान भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई सिन्धुपाल्चोकका सुरेन्द्र पोखरेलले १९७० को दशकमा कृषिमा ‘हरित क्रान्ति’को नाममा विकास भएको थियो । ‘हरित क्रान्ति’को उद्देश्य संसारभर भोकमरी मेटाउनु थियो ।

त्यतिबेला ३ कुरामा ध्यान दिएको देखिन्छ
क) रासायनिक मल
ख) रासायनिक औषधी
ग) उत्पादन बढाउन हाइव्रिड बीउको प्रयोगमा जोड दियो । त्यसोगर्दा उत्पादन बढ्छ भन्ने थियो । भोकमरीको अवस्थामा वरदान नै सावित भएको भनिन्छ । तर पछि अमेरिकी वैज्ञानिक ¥याचल कार्सनको साइलेन्ट स्प्रीङ्ग रिपोर्ट प्रकाशित भएपछि त्यसको असर बारे जानकारी भयो ।

तरपनि, त्यसपछि पनि क्रमश त्यही अनुसार उत्पादन बढाउन नाममा माथि उल्लेखित तिन थरिका कृत्रिम वस्तुलाई कृषि उत्पादन प्रणालीमा झन् बढी झ्न प्रयोग भईरह्यो । रसायनिक विषादी र रसायनिक मलले मित्र जीवहरु, प्राकृति मैत्री जीवहरु मर्न थाल्यो र माटोको इभोलुसन चक्र बिग्रियो । रासायनले दिगो कृषिलाई बिर्गादै लगे । अब ब्याक टु नेचरमा जानु प¥यो पर्छ भनेर दिगो कृषि, अर्गानिक, जैविक, जैविक फार्मिङ्गको अवधारणाको जन्म भयो ।

आजपनि हाइव्रिड बीउको प्रयोग ग¥यो भने उत्पादन दिन्छ भन्ने भान आजसम्म पनि परिरह्यो ।
सर्लाहीमा मेज मिशन कार्यक्रम ल्याएर हाइव्रिड बीउमा जोडदियो । अनुदानहरु बढाइयो । सीमाबाट पनि बीउविजनहरु आयो । त्यतिबेला हजारौं हेक्टर जमिनमा लगाएको मकैमा घोगामा दाना लागेन । विदेशबाट आयातित् हाइव्रिड बीउमा जाने हो भने हामी परनिर्भर हुन्छौं । रैथाने बाली जोगाउन सकेनौं भने पैसा विदेश जान्छ । स्थानीय रुपमै बीउ राम्रो बनाउन सक्यो भने उत्पादन राम्रो हुन्छ ।
त्यस मिशनमा भारतको कृषि वैज्ञानिक स्वामिनाथनको प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र इरीमा बीउ गलत भयो भने संसारै गलत हुने निष्कर्ष निकालेका थिए । पुर्खाले प्रयोग गरेको बीउ अत्यन्तै महत्वपूर्ण हुन्छ । हामीसँग पनि रैथाने बीउहरु छन् । जुम्लाको सिमी, फापर, मार्सि धान, प्राचीन पूर्खाको सभ्यतासँग जोडिएको छ । त्यो हाम्रो सभ्यता पनि हो । ध्यान दिन सकेन भने खाद्य सुरक्षा संकटमा पर्न सक्छ ।

कसरी भयो सामुदायिक बीउ बैकको अवधारणा जन्म
२०५१ सालमा क्यानाडाली संस्थाको सहयोगमा २९ वटा सामुदायिक बीउ बैंकको स्थापना भएको थियो । रैथाने बालीहरुमा पोषकतत्व प्रचुर मात्रमा रहेको हुन्छ । जति हाइव्रिड बालीमा हुँदैन । एनीमल व्रिडमा पनि त्यही क्रिया हो ।
हाइव्रिड जातका बीउहरु बीउ कम्पनी, सरकारी फर्महरुबाट उत्पादन गरिन्छ । तर रैथाने बीउहरु उत्पादन गरेको हुँदैन । त्यो हामी आफै समुदायस्रतरमा बनाउने हो । दुर्गम भेगमा उपयुक्त प्रजातिको बीउ उपयोग हुनसक्छ भन्नेकुरा समुदाियकस्तरमा राख्न सक्यौं भने संरक्षण गर्न सकिन्छ । नेपालको सरकारले रैथाने बाली संरक्षणमा महत्व दिएको छ । बीउको सम्वोधन गर्ने भनेको रैथाने बालीहरुको संरक्षण गर्ने हो ।
सामुदायिक बीउ सञ्चालन प्रणाली अपनाउन सके बीउमा आत्मनिर्भर हुन्छ । हाइव्रिडि बीउको आवश्कता नै पर्दैन । रैथाने बीउमा माटोको पहिचान हुन्छ ।

जलवायु परिवर्तनलाई रोक्न सक्दैन । खेतीपातीको आनीबानी बदल्ने हो । हिमनदी पग्लिएको छ । त्यसको असर सबै क्षेत्रमा परेको छ । त्यसको सबभन्दा छिटो असर कृषिमा पर्दौरहेछ । उत्पादनमा असर पार्ने र रोगकिरा पनि बढी लाग्ने गर्छ । त्यसलाई ट्याकल गर्ने क्षमता रैथाने बीउमा छ । रैथानी बालीहरु लोप हुन गयो भने त्यसको मूल्य नै हुँदैन । लोप भयो भने हाम्रो जीवन नै गुम्ने हो ।

र दिगो कृषि अन्तराष्ट्रिय रुपमा मात्र होइन नेपालमा पनि लिवर्डको संस्थाले अनुसन्धान गरिरहेको छ । बीउको उत्पादन उन्नत बीउमा क्रसिङ्ग गरेर गरिन्छ त्यो हाइव्रिड भन्दा फरक हुन्छ ।
स्थानीय तहले नै जैविक विविधता संरक्षण गर्ने नीति, कृषि व्यवसाय प्रवद्र्धन नीति, ल्याएको छ । भण्डारण निर्माणका लागि राज्यले सहयोग पु¥याईरहेको छ । बाली संरक्षण गर्न जीन बैंकको स्थापना भएको छ । प्रम कृषि आधुनिकीकरण परियोजनाले पनि समुदायस्तरमा भण्डार गृह स्थापना गर्न सहयोग गरेको छ ।

खाद्य बैंक नयाँ अवधारण हो । बुटवलको तिलोत्तमा नगरपालिकाले शुरु गरेको थियो र बर्दिया जिल्लामा पनि शुरु गरेको छ । त्यसले के कति काम गरेको छ थाहा छैन । प्राकृतिक तथा दैवी प्रकोपको बेलामा पनि ठूलो काम लाग्छ ।
कोरोनो महामारी, बाढी पहिरोको बेलामा पनि राम्रो काम गर्छ । खाद्य बैंकको स्थापना स्थानीयस्तरमा स्थापना गर्नु महत्वपूण विषय हो ।

 

अखिल नेपाल किसान महासंघ (अप्फा) का नेता रामप्रसाद भुसालले अधिकारहरु प्रयोग गर्न वडास्तरीय रुपमा जानु पर्छ । यसरी नै छलफल चल्यो भने कार्यक्रम प्रभावकारी बन्नसक्ने बताए ।

स्थानिय सञ्चारकर्मी यज्ञ दंगालले मेरो घर भन्दा पर कसले बढी फलाउँछ ? मैले के गर्ने भन्ने बताए । नीतिगत रुपमा कानूनी रुपमा कति प्रतिवद्ध हुनुहुन्छ ? भनेर कार्यक्रम आयोजकलाई प्रश्न गरे ।

काभ्रे जिल्ला भुमि अधिकार मञ्चका सचिव आशिष लामाले अपहेलित हुनुपर्ने अवस्था र दमित हुनु पर्ने अवस्थाको अन्त्य गर्न ल्याएको कार्यक्रमले खाद्य बैंक सफल हुन्छ जस्तो लाग्दैन भने । उनले भने कृषिलाई व्यवसायिकरण गनर््ु पर्छ भन्ने कुरा गरिएको छ ।
लामाले नयाँ–नयाँ फलहरु ल्याएर मोहित गराउँछ । ड्रागन फल भनेर निकै मोहित गराएको छ । त्यसको पछि लाग्ने कि ऐँसलु, हलुवावेदलाई प्रवद्र्धन गरेर आयआर्जन बढाउने ? बुद्ध चित्त बेच्न कुरेर बसेको अवस्था छ । किचेन गार्डेनमा धनियाँ आफै लगाउन सकिन्छ ।

(अप्फा) का केन्द्रीय सदस्य दावा लामाले जैविक खेती गाउँस्तरमा लगाउनु पर्छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द) का केन्द्रीय सदस्य दधीराम पराजुलीले भण्डारण केन्द्र बनाउन सकिन्छ । वडामा नसेक पनि पालिकास्तरमा बनाउन पर्छ भन्ने सुझाव दिए । नीतिगत रुपमा बिउ बैंक बारे किसानमा छाप परिसकेको छ । तर, अझै पनि हाइव्रिडमा बढी उत्पादन धेरै हुन्छ भन्ने आभास घटेको छैन । स्थानीय तहबाटै हाइव्रिड बीउ प्रयोग गर्न रोक्नु पर्छ ।

साँगाचोक भान्ज्याङका वडा अध्यक्ष रामप्रसाद गौतमले ७ वर्ष अघिदेखि बीउ बैंकको काम समुदायस्तरमा नै गर्दै आएका छौं । यसले समुदायलाई फाइदा गरेको छ । सस्तो बनाएको छ । ज्ञान र सीप बढेको छ । वडामा भएको अभ्यास सफल भएको छ । कोदोले कोभिडको बेला, खाद्यान्न वितरण गर्ने बेलामा ठूलो सहयोग पु¥याएको थियो । यो कार्यक्रम समाजवादी मोडलको कार्यक्रम जस्तो लाग्छ । अध्ययन गरेर अर्को कार्यक्रम गर्न चाहन्छु । कायक्रमले जनस्तरमा समुदायको आयस्तर उठाउन सक्यो कि सकेनौं भन्ने हो । कार्यक्रमबाट सु–सूचित बनाएर इकाईसम्म लैजान सकिन्छ ।

७ नम्बर वडाका, वडाअध्यक्ष डम्बर बहादुर तामाङले सामुदायिक बीउ बैंक जस्तै पहिले पनि धर्म भकारी भनेर जानेका थियौं । पहिले पढेलेखेको थिएनौं । अब रासानियक मल आएपनि स्थानीय सरकारले प्रयाग गर्नु रोक लगाउनु पर्छ । सकेसम्म आफ्नै ठाउँमा उत्पादन गर्ने प्रयास गर्ने हो ।

सिन्धुपाल्चोक कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यबहादुर श्रेष्ठले सरकार वेइमानी भएकाले कृषि प्रणाली बिगारेको बताए । स्थानीयस्तरको उत्पादन निरुत्साहित गर्नाले समस्या आयो । नार्क जस्तो वैज्ञानिक संस्थाले अग्लो ठोक्चरे मकैलाई कसरी होचो बनाउँने ? ४ फिट अग्लो हुन्छ । अग्लो भएर कामै लाग्दैन ।

कृषि सहकारी संघका जिल्ला अध्यक्ष सोमनाथ चोलागाईले हाइव्रिड जातका बीउहरु स्वात् ल्याइदिन्छ । किसानहरु पनि त्यसकै पछि लाग्छ । हाइव्रिड बीउलाई कसरी रोक्ने ? सबै तह लागेर रोक्नु पर्छ ।

अन्तमा राष्ट्रिय किसान सञ्जालका संयोजक नहेन्द्र खड्काले संक्षिप्तमा सस्लेषण प्रस्तुत गर्दै कार्यक्रम प्रति सबैको सहमत भएको निष्कर्ष प्रस्तुत गरेका थिए ।

१. स्थानीय रैथाने बीउका जातहरुको महत्व छ भन्ने कुरा एकमत भएको छ ।
२. हाइव्रिड बिउलाई कम गर्दै स्थानीय तथा रैथाने बीउमा आत्मर्भिर हुनुपर्छ र पशु चौपाया पनि त्यही हुन् । केन्द्रदेखि स्थानीय तहसम्म तयार भएका छन् ।
३. किसान सञ्जाल सबै तहमा पु¥याउनु पर्छ भन्ने सबैमा सहमत छ ।
सञ्जालमार्फत गरिने कार्यक्रमको प्रतिवद्धता सबैलाई मान्य रहेको निष्कर्ष निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close