कृषि विभागको नेतृत्वमा एघारौं विश्व माटो दिवस २०८१ मनाउँदै
धनबहादुर मगर
काठमाडौं मङ्सिर १७, कषि विभागको आयोजनामा ११ औं विश्व माटो दिवस २०८१, विभिन्न कार्यक्रमकासाथ नेपालमा पनि मनाउने भएको छ ।
विभागमा आयोजित पत्रकार सम्मेलन गरेर माटो दिवस मनाउन लागेको कृषि विभागका महानिर्देशक ई–जगन्नाथ तिवारीले बताएको हो ।
पत्रकार सम्मेलनमा ५ डिसेम्बरका दिन विश्वभरिनै माटो दिवस मनाउँने गरेको छ । सन् २०१५ देखि नेपालमा पनि माटो दिवस मनाउदै आएको हो ।
कृषि अनुसन्धान परिषद्क माटो अनुसन्धान केन्द्रका प्रमुख तथा माटो विज्ञ, श्रीप्रसाद विष्टले डिजिटल स्वायल म्यापीङ, शिविर सञ्चालन प्रदेश र पालिकाहरुमा भइरहेको बताउँदै, पालिका, विभाग र एनजीओहरुबाट पनि गर्ने गरेको बताए । साथै घुम्टी कार्यक्रममा स्वायल टेटिङ्ग भ्यानको प्रयोग गरि गर्ने गरेको बताए ।
विष्टले माटोको स्वास्थ कार्ड दुई–दुई वर्षमा वितरण गर्ने गरेको र प्रयोगशालाको आवश्यकता हेरेर स्थानीय फोकल पर्सनबाट पनि गर्ने गरेको बताए । हालसम्म १४,२७४ जना किसानको हातमा कार्ड पुगेको छ । डिजीटल सोयल म्यापिङ्ग किसानसम्म पुग्छन कि पुग्दैनन भन्न सकिदैन । तर माटो परिक्षण ५ गुणा बढेको छ । सोयल प्यापिङ्ग र माटोको परिक्षण विद्यार्थी, पालिकाको कृषि शाखाबाट पनि गरेको छ । कतिले प्रयोग गरिन्छ थाहा हुन सकेको छैन ।
माटोको स्वस्थ गुणस्तर मापन अम्लिय र क्षारियबाट अनुपात पहिचान गरेर गरिन्छ ।
रासायनिक मल सन्तुललित ढंगले प्रयोग गर्दा समस्या आएको छैन ।
रासायनिक मलको प्रयोग नेपालमा पनि ४५ वर्षदेखि गर्दै आएको र गोवर मल, रासायनिक मल सन्तुलित रुपमा प्रयोग गरियो भने माटोको स्वस्थमा समस्या नआाउने अनुभव नार्कसँग रहेको छ । प्रायजसो किसानहरुले रासायनिक मल प्रयोग गर्दा प्राङगारिक मल हाल्दैन । त्यसोगर्दा माटो उर्वराशक्तिमा ह्रास आएको देखिन्छ ।
अत्यधिक रासायनिक मलको खपत भइरहेको अवस्था, माटोको सुधार गर्न पर्यावरणीय कृषि प्रवद्र्धनमा जोडदिनु पर्ने सञ्चारकर्मीहरुको प्रश्नमा कृषि गरिने किसान र कृषि व्यवसायीहरुले गाईवस्तुको मल प्रयोग नगरेको र गाइगोरुको ठाउँ यान्त्रीकरणले लिएपछि समस्या आएको बताए ।
कृषि विभागका महानिर्देशक ई जगन्नाथ तिवारीले आयस्रोत बढेर होला, वस्तुभाव पालेका छैनन । महिनावारी १० हजार आयआर्जन गरेपछि गाइवस्तु पाल्न छोड्छन । दुईतिन वर्ष कृषि छोडेर अन्य व्यवसायमा लागेहरु कृषिमा भन्दा अन्य व्यवसायबाट बढी नाफा देखिएकाले कृषि गर्न छोड्दै जाने क्रम बढेका छन् ।
माटोको राम्रो सुधार भयो भने ५८ प्रतिशत कृषिबाली स्वतः वृद्धि हुन्छ । प्रयोगले पुष्टि भएको छ । माटो राम्रो व्यवस्थापन गर्न सकियो भने उत्पादन बढ्छ ।
माटो विज्ञ, श्रीप्रसाद विष्टले माटोमा अर्गानिक पदार्थ प्रयोग गर्न सके मात्र माटोको स्वास्थ्यमा सुधार हुने र सुक्ष्म जीवको वृद्धि भई उत्पादन बढ्ने बताए । जसले कृषि उत्पादन र समग्र जीवन बाँच्न सक्ने वातावरण बन्छ ।
माटो सप्रिन कति समय लाग्छ भन्ने प्रश्नमा विष्टले ‘जति समय माटो बिग्रनमा लाग्छ, उत्तिकै समय सप्रिन पनि समय लाग्छ, भने आउने पुस्तालाई माटो सुधार गरेर हस्तान्तरण गरौं भन्ने हो ।’
विष्टले भने माटो नै जीवनको आधार हो । खाद्य सुरक्षामा पनि माटोको सुधारको कुरा आउँछ । स्वच्छ र शुद्ध पानीको पनि कुरा आउँछ । ९९ प्रतिशत माटो स्वस्थ छ भने सबै स्वस्थ हुन्छ । स्वस्थ रहन पानी महत्वपूर्ण छ । प्राङ्गरिक तत्वहरु पानीबाटै गएको हुन्छ । जलवायू परिवर्तनको चक्र पनि त्यही क्रम हो ।
माटोमा खाली खुट्टा हिड्दा, कामगर्दा पनि जीवको जीवनमा वायो इनर्जी बलियो हुन्छ । त्यसको प्राकृतिक स्रोत पनि माटो नै हो ।
माटो वैज्ञानिक विष्टले भने, संघीयता आउनु अघि १० जिल्लामा माटो परिक्षण केन्द्र थियो । संघीयता आएपछि त्यो काम स्थानीय तहले गरिन्छ । माटो परिक्षण १५ भन्दा बढी पालिकाले शुरुवात गरेको छ ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना रिड परियोजनाका निर्देशक तथा सह–सचिवमा चन्द्रपसाद रिजालले माटोको आयु घटेर गएको बताए । रिजालले माटोको आयु १० हजार वर्ष हुने बताउँदै जथाभावी रासायनिक मल प्रयोग र औद्यौगिकीकरणका कारण माटोको आयु छोटिदै गएको बताए ।
नेपालको माटोको अवस्था कस्ता छन् भन्ने प्रश्नमा, ‘नेपालको माटो चाहीँ मरिसकेको छैन ।’ विश्वमा खेतीयोग्य भुमिमा आद्यौगिकीकरणका कारण ६० प्रतिशत माटो मरिसकेका छन् ।, र १८ प्रतिशत माटो मात्र स्वस्थ रहेको बताए । नेपालको सन्दर्भमा भने त्यस्तो बिग्रीसकेको छैन ।’
जीव जगतमा ९५ प्रतिशत सबै प्रकारको समस्या माटोबाट भएको हुन्छ । ३३ प्रतिशत माटो डिग्रेडेशनका भू–क्षयका कारण भएका छन् ।
रिजालले भने रिड परियोजनाले ७५ वटैै जिल्लामा माटो परिक्षण गर्न एकीकृत प्रयोगशाला बनाउँदै गरेको बताए । १५ वटा ल्याव पालिका आफैले सञ्चालन गरेको र ३० वटा ल्याव सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको पनि बताए । र अन्य निर्माणको अवस्थामा रहेको बताए ।
मुल कुरा हामी स्वास्थ्य सँग चिन्तित छौं । सबै कुरा माटोको अवस्थाबाट निर्भर हुन्छ । स्वस्थ माटोमा उम्रेको बोटबिरुवा स्वस्थ हुन्छ । र त्यसलाई खाने जनवार पनि स्वस्थ हुन्छ । समग्रमा स्वास्थ्य राष्ट्रको समृद्धि पनि हो ।
पत्रकार सम्मेलनमा सूचनाको ग्याप भएको प्रश्न उठाउँदा महानिर्देशक तिवारीले व्यक्तिगत रुपमा आफूलाई त्यति जानकारी छैन नभएको, तर, कृषिलाई महत्व नदिएको कारण पनि हो कि भने !
पत्रकार प्रेम पौडेलले रासायनिक मलमा धेरै वजेट आवश्यकता हो कि होइन ? भन्ने प्रश्न गरेका थिए ।
उक्त प्रश्नमा उत्तरमा चन्द्रप्रसाद रिसालले वजेट यथेष्ट मात्रमा छुटाएको छ । रासायनिक मल मात्र अभिशाप होइन । १९१८ मा रासायनिक मलको उत्पादन र प्रयोग भएपछि । उत्पादन बढेको थियो । रासायनिक मलको प्रयोग गरेर त्यस्तो जटिल समस्या आएको हो जस्तो लाग्दैन । रुस युक्रेनको लडाई शुरुभएपछि त्यतिबेला देखि मल एक्कासी महँगो भयो । त्यसकारण पनि मलको माग बढ्यो । र रासायनिक मल बढी प्रयोग गरेर भौतिक गुण बिग्रने गरि प्रयोग गर्नु समस्या हो ।
रासायनिक मल मात्र हाल्यो भने माटोको भौतिक अवस्था ठीक हँुदैन र माटोको सन्तुलन बिग्रन्छ । माटो बिग्रनु नदिने र उत्पादन बढाउन दुबै मलको आवश्यकता पर्छ ।
मल खरिद गर्न १० अर्बबाट एकैचोटी ३० अर्ब वजेट पुग्नु कारण रसिया र युक्रेनको युद्ध पनि हो । विश्वमा मलको मूल्य ह्वात्तै बढ्यो । त्यतिबेला मलको मूल्य पनि एकै चोटी वृद्धि भयो । ३० अर्बको मल खपत नहुन पनि सक्छ ।
प्राङ्गारिक मल कारखाना खोल्ने क्रम थियो । प्राङ्गारिक मल उत्पादन भन्दा पनि ढुवानीमा बढी खर्च भयो । ललितपुरबाट चितवनसम्म गोवर पु¥याउन त्यहाँ उत्पादन भएको मल यहाँ ल्याउन ढुवानी खर्च बढी भयो । प्राङ्गारिक मलको फर्म स्थापना अब फर्मस्तरमै गर्नुपर्छ भन्ने अवधारण बनाएका छौं ।
रासायनिक मलको विकल्पमा हो कि ? भन्ने प्रश्नमा स्वस्थ माटोले रासायनिक मललाई एकै चोटी पचाउन सक्दैन । सुक्ष्म जिवाणु रहनु प¥यो । रासायनिक मल पूरै बन्द गर्न चाहीँ सक्दैन ।
कृषि विभागमा वरिष्ठ इन्जिनियर संगीता श्रेष्ठले यान्त्रीकरणबाट माटोको गुणस्तर बिग्रन्छ भन्ने कुरामा रोटाभेटरको बढी प्रयोग नगर्न सुझाव दिए । मरीसकेको माटोको अवशेषलाई पुनर्जिवित गर्न सक्छ । त्यही प्रकारको यन्त्र पनि आएको छ ।
श्रेष्ठले कमन हार्भेष्ट प्रयोग गर्ने र ल्याण्डस्केपिङ्ग हार्भेस्टिङ्ग प्रणालीमा जानु पर्ने सुझाव दिए । माटोको टेस्टिङ गरेर मात्र कृषि उत्पादन बढ्दैन । रुख रोप्नु पर्छ, माटो सम्पूर्ण जीवको जीवन हो । कृषि यन्त्रको प्रयोग वैज्ञानिक रुपमा गर्नु पर्छ र रोटाभेटर प्रयोग घटाउनु पर्छ ।
एघारौं विश्व माटो दिवस सम्बन्धी पत्रकार सम्मेलन
विश्व माटो दिवस सम्बन्धी संक्षिप्त जानकारी :
स्वस्थ माटोको महत्व बारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २००२ मा इन्टरनेसनल युनियन अफ सोइल साइन्सेज (International Union of Soil Sciences, IUSS) ले माटो दिवस मनाउन संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) लाई सिफारिस गरेको थियो । FAO सम्मेलनले जून २०१३ मा सर्वसम्मतिले विश्व माटो दिवसलाई स्वीकृत गर्यो र संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा यसलाई आधिकारिक रूपमा ग्रहण गर्न अनुरोध गर्यो । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले ५ डिसेम्बर २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो ।
कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा माटो रहेको छ । विश्व माटो दिवस कार्यक्रमले मानिसहरूलाई माटोको महत्वको जानकारी गराउँदै माटोको उचित व्यवस्थापन एवं संरक्षण गर्दै उर्वरा शक्ति वृद्धि गर्न जनचेतना बढाउन मद्दत गर्दछ । माटो जीवनको मूल आधार हो । माटोको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन विना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि विकास, जैविक विविधता संरक्षण, जलवायू परिवर्तन न्यूनीकरण, प्राङ्गारिक कृषि लगायतका विषय सम्बन्धी बहशले सार्थकता पाउदैनन् । हाल नेपाल लगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो छ । त्यसैले यो समस्यालाई विश्वको साझा समस्याको रुपमा लिन थालिएको छ र विश्वस्तर मै एकतावद्ध भएर सम्वोधन गर्न व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसार भरी विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउने गरिएको छ ।
नेपालले पनि वि.सं. २०७२ साल (सन् २०१५) देखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा २० मङ्सिर २०८१ तदनुसार ५ डिसेम्बर २०२४ का दिन खाद्य तथा कृषि संगठनले तय गरेको नारा “Caring for soils : Measure, Monitor, Manage’’ लाई नेपालीमा भावानुवाद गरि “माटोको सुधारः परीक्षण, रेखदेख र उपचार“ नाराको भावलाई सार्थक पार्न र सरोकारवाला र आम जनमानसमा खेतीयोग्य माटो सम्बन्धी जागरण एवं जनचेतना अभिवृद्धि गर्दै एघारौं विश्व माटो दिवसको मूल समारोह मनाउन लागिरहेका छौं ।
माटो परीक्षण प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशालाहरु, प्रादेशिक जिल्ला स्थित कार्यालयहरु र कतिपय स्थानीय तहमा पनि परीक्षण सेवाहरु उपलब्ध रहेकोमा वर्षेनी करिब १०,००० नमुना माटोको परिमाणात्मक परीक्षण (Qualitative Analysis) र करिब ५००० नमुना माटोको गुणात्मक परीक्षण (Quantitative Analysis) भइरहेको छ । प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशालाहरुले कृषकले चाहेको बखतमा आफ्नो नजिकमा माटो परीक्षण सेवा पुगोस् भनि घुम्ति प्रयोगशालाहरुबाट समेत माटो परीक्षण सेवा सञ्चालन गरिरहेका छन् ।
माटोको रेखदेख र उचित व्यवस्थापनका लागि किसानहरुलाई माटो परीक्षण पश्चात माटो स्वस्थता प्रमाणपत्र (Soil Health Card) प्रदान गर्ने र परीक्षणका नतिजाको आधारमा व्यवस्थापनका उपायबारे जानकारी प्रदान गर्ने गरिएको छ । केहि पालिकाहरु र प्रादेशिक माटो तथा मल परिक्षण प्रयोगशाला वा जिल्ला स्थित कृषि हेर्ने निकायहरुले परीक्षण नतिजाको आधारमा माटोमा अम्लियपना रहेको खण्डमा कृषि चुन प्रयोग गरि सुधार गर्न कृषकका लागि कृषि चुनमा अनुदान वा ढुवानीमा अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन । माटोको परीक्षणबाट देशभरमा कतिपय स्थानमा सुक्ष्म खाद्य तत्वहरु (जिंक, तामा, र मोलिब्डेनम आदि) र क्याल्सियम, म्याग्नेसियम र सल्फर जस्ता सहायक तत्वहरुको कमी देखिन थालेको छ । कृषकलाई ती तत्वहरुको समेत व्यवस्थापनका लागि प्राथमिक तत्वयुक्त मलखादका साथ सुक्ष्म तत्वयुक्त र सहायक तत्वयुक्त स्रोतहरु प्रयोगमा सचेतना एवं सहयोगका कार्यक्रम पनि सञ्चालनमा जोड दिनुपर्ने आवश्यकता रहेको छ ।
एघारौं विश्व माटो दिवसको उपलक्ष्यमा सञ्चालन गरिने मूख्य कार्यक्रमहरु :
यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रिय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (FANSEP), Rural Enterprise and Economic Development –REED- Project, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO–Nepal_, Practical Action / Nepalese Society of Soil Science -NSSS_) को समन्वयमा निम्नानुसारको कार्यक्रमहरु तय गरिएको छ ।
–ँFAO–Nepal को समन्वयमा एघारौं विश्व माटो दिवस २०२४ को अवसरमा यस वर्षको नारामा केन्दीत रहि Tiktok video competition प्रतियोगिता गर्ने र उत्कृष्ट ३ जनालाई FAO–Nepal ले पुरष्कृत गर्ने । – एघारौ विश्व माटो दिवसको सन्दर्भमा आज मिति २०८१÷०८÷१७ (2nd Dec 2024) पत्रकार सम्मेलन गरेर जनस्तरमा चेतना जगाउने ।
–मिति २०८१÷०८÷१४ मा केन्द्रिय कृषि प्रयोगशालाको माटो तथा मल शाखाले धादिङको धुनिवेशीमा किसानलाई माटो परीक्षणको लागि माटोको नमूना संकलन गर्ने तालिम सञ्चालन गरेको थियो । साथै २०८१÷०८÷१७–१८ मा सोही स्थानमा माटो परीक्षण शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
–मिति २०८१÷०८÷१९ मा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, खुमलटार र Practical Actionले माटोको महत्व सम्बन्धी Conference गर्ने । साथै २ जना उत्कृष्ट कृषक (माटो व्यवस्थापक) लाई पनि छनौट गरि पुरस्कार तथा प्रमाणपत्रबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ ।
मिति २०८१÷०८÷२० गते आम जनमानसमा जनचेतना जगाउन बिहान ७ः३० बजे देखि ८ः३० बजे सम्म प्रभातफेरी (हरिहरभवन–जावलाखेल–हरिहरभवन) कार्यक्रमको आयोजना गरिने र यसमा कृषि मन्त्रालय, कृषि विभाग र मातहतका निकायहरु, नार्क, एफएओ र अन्य सरोकारवाला निकायहरुबाट समेत उल्लेखनिय रुपमा सहभागिता रहने छ ।
मिति २०८१÷०८÷२० बिहान ९ः३० बजे देखि ११ः०० बजेसम्मको मूल समारोह कार्यक्रममा एउटा कार्यपत्र प्रस्तुत गरिने छ र Tiktok video competition प्रतियोगिताबाट छनौंट भएका तीन उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ । पुरस्कार वितरण पश्चात विशिस्ट महानुभावहरुबाट विश्व माटो दिवसको महत्व तथा दिवसको सकारात्मक पक्षहरु बारे प्रकाश पार्ने कार्यक्रम रहेको छ ।
–प्रदेश र स्थानीय तहहरुमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सक्रियताका साथ एघारौं विश्व माटो दिवस मनाउन आग्रह गर्दै प्रसार–प्रचारका सामाग्री सहित कृषि विभागबाट पत्राचार गरिएको छ ।
नेपालको खेती गरिने जमीनको उर्वराशक्ति अवस्था सम्बन्धी केहि तथ्यगत विवरणहरु :
नेपालको Digital Soil Map -DSM) अनुसार नेपालको खेतियोग्य जमिनको ६६ प्रतिशत माटो अम्लिय प्रकृतिको, ५ प्रतिशत क्षारिय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाईएको छ । धेरै जसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ ।
देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा २३ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून् पाइएको छ भने ६५ प्रतिशतमा मध्यम र १२ प्रतिशतमा अधिक रहेको पाइएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिईन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३–५ प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।
नेपालमा खेती गरिने जमिनको ५ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून्, ५८ प्रतिशतमा मध्यम र ३७ प्रतिशतमा अधिक रहेको पाइएको छ । फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ, जसमा ४ प्रतिशतमा न्यून्, १९ प्रतिशतमा मध्यम र ७७ प्रतिशतमा अधिक रहेको छ । त्यसैगरी पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ३ प्रतिशतमा न्यून्, २८ प्रतिशतमा मध्यम र ६९ प्रतिशतमा अधिक पाईएको छ ।
बाली बिरूवाका लागि आवश्यक हुने सुक्ष्म खाद्यतत्वहरू जस्तैः जिङ्क, मोलिब्डेनम, र बोरनको मात्रा पनि न्यून् देखिएको छ ।
नेपालको माटोको स्वास्थ्यता बिग्रनुका प्रमुख कारणहरु :
गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून् हुनु ।
रासायनिक मलको असन्तुलित प्रयोग हुनुका साथै विषादीको प्रयोग बढ्दै जानु । बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु ।
अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु ।
बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाईनु । भू–क्षय निरन्तर भै रहनु ।
औद्योगिक प्रदूर्षणको मात्रा बढनु ।
कृषि औजार÷यन्त्रको अधिकतम् प्रयोगले माटो कडा (Soil Compaction) बन्दै जानु ।
आफ्नो खेतबारीको माटोको समय समयमा जाँच नगराउनु ।
माटोको स्वास्थ्यता सुधार गर्न चालिनु पर्ने कदमहरु :
समय, समयमा आफ्नो खेत, बारीको माटोको परीक्षण गराउने । प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लिय भएमा), प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरुको
प्रयोग गरी उपयुक्त प्रविधि अनुसार माटो व्यवस्थापन गर्ने ।
प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोष्ट मल, हरियो मल, झोलमल आदिको प्रयोग गर्नु पर्ने ।
रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्नु
पर्ने ।
बालीचक्रको आधारमा खेती गरिनु पर्ने र बालीचक्रमा कोशेबालीको प्रयोग गर्नु पर्ने ।
माटा अनुसार उपयुक्त बालीहरु छनौंट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरिनु पर्ने । बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउने ।
–भू–क्षय रोक्ने प्रविधि अपनाउनु पर्ने र पानीको निकास गरी खेत, बारीमा भल बाढी बग्न नदिने ।
औद्योगिक प्रदूर्षणको मात्रा न्यूनिकरण गर्नु पर्ने र नकुहिने फोहोरहरु व्यवस्थीत गर्ने ।
कृषि औजार÷यन्त्रको वैज्ञानिक प्रयोग गर्ने र अधिक प्रयोग घटाई माटो कडा हुन नदिने ।
खेतीयोग्य जमीन रोटाभेटर प्रयोग नगर्ने ।
माटोको पोषक तत्व न्यून् हुँदै जानु विश्वव्यापी रूपमा चिन्ताको विषय हो । माटोको उर्वरापन ह्रास हुँदै जाने क्रमनिरन्तर जारी रहेमा यसले उत्पादनमा कमी आई समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावित खतराप्रति सबै सरोकारवालाहरू सचेत हुनु अपरिहार्य छ ।
अन्तमा माटो व्यवस्थापनका चुनौतीहरूको सम्वोधन गरी खाद्य उत्पादन बढाउन र माटोको महत्व बारे चेतना जगाई माटोको गुणस्तर सुधार गर्न आम कृषक, समाजका सबै वर्ग, तह र तप्कालाई उत्प्रेरित र प्रोत्साहित गर्नु हामी सबैको साझा कर्तव्य हो । यसै विषयलाई मनन् गरी यस वर्षको विश्व माटो दिवसको नारा “Caring for soils: Measure, Monitor, Manage’’ अर्थात् “माटोको सुधारः परीक्षण, रेखदेख र उपचार“ भन्ने विषयवस्तुलाई जनमानसमा यहाँको सञ्चार माध्यमहरुबाट प्रचारप्रसारमा सहयोग पु¥याइदिनुहुन सञ्चारकर्मीहरुलाई अनुरोध गर्दछौं ।
“माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’’ आत्मसाथ गर्दै एघारौं विश्व माटो दिवस उत्साहकासाथ मनाऔं ।
ई.जगन्नाथ तिवारी, महानिर्देशक, कृषि विभाग
मितिः २०८१÷०८÷१७
कृषि विभागद्धारा २०८१ मङिसर १७ गते ११ औं विश्व माटो दिवसको अवसरमा कृषि विभागद्वारा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञाप्ति