अन्तर्राष्ट्रियकृषि विशेषसमाचार

माटो, जननी जन्मभुमि आमा, सबै प्राणी माटो मै जन्मिन्छ, माटोमै हुर्किन्छ र माटोमै मिसिन्छ

डा.गोविन्द शर्मा सचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालय

धनबहादुर मगर
काठमाडौं मंसीर २०, ‘माटोको सुधार, परिक्षण, रेखदेख र उपचार’ भन्ने मुल नाराकासाथ ११ औं विश्व माटो दवस २०८१, सम्पन्न भएको छ ।
प्रभातफेरि कार्यक्रम कृषि विभागको प्राङ्गनबाट शुरु भई हरिहरभवन, पुल्चोक, जावलाखेल हुँदै नगर परिक्रमा गरि पुनः कृषि विभागको सभाहलमा मूल समारोह कार्यक्रममा सहभागी भएका थिए । प्रभात फेरि कार्यक्रममा कृषि सँग सम्वद्ध सरोकारवालाहरुले माटो बचाउने विभिन्न व्यानर ल्पेकार्डकासाथ सहभागी भएका थिए ।
कृषि विभाग उप–महानिर्देशक राजेन्द्र कोइरालाले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा माटो दिवस संयुक्त रुपमा मनाएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी मन्त्रालयका डा.गोविन्द शर्माले जैविक विविधता बचाउने माटोको संरक्षण गर्नु पर्छ । जति धेरै धनी वा गरिब हुन् सबैले खानु पर्छ । हाम्रो जस्तो देशमा खाद्य पदार्थ आयत गर्नु परेको छ । जथाभावी अनुदान दिने बन्द गरेर माटोको संरक्षण गर्न सहयोग प¥याउने किसानलाई पुरस्कृत गर्न नीति किन नबनाउने ? अर्गानिक पदार्थ बनाउन कति मिहिनेत गर्नु पर्छ भन्नेको कुरा अवगत गर्नु पर्छ !
गोठे मल सुधार र हरियो पदार्थकामा जोडदिनु पर्छ माटोमा पञ्चतत्व भएको सत्यह हो ।
परापूर्वकालमा माटोको पुजा गरिन्थ्यो, माटो र भूमि पुजन गरेर मात्र खेतीपाती गरिन्थ्यो । माटोलाई जननी भुमि, आमा भनिन्छ सबै प्राणी माटो मै जन्मिन्छ, माटोमै हुर्किन्छ र अन्तमा माटोमै मिसिन्छ, भने ।
उक्त कार्यक्रम अन्तर्गत धादिङको धुनीवेसीमा २ दिने माटो परिक्षण, कृषि अनुसन्धान परिषदको परिसरमा नार्कमा विभिन्न प्रदर्शनी सहित कार्यशाला गोष्ठीमा माटोको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कोइरालाले माटो नै जीवनको पर्यायवाची भएको बताए ।
कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका प्रमुख चन्द प्रसाद रिजालले माटोको दिगो व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा माटो दिवसको इतिहास थाइल्याण्डका नरेश भुमीबलको जन्मदिनको अवसरमा पारेर आयोजना गर्ने गरेको बताए । रिजाले थाल्याण्डको नरेश भुमिवल, थाइल्याण्डको मात्र नभई विश्वकै माटो बचाउने अभियन्ता भएको र यस कार्यक्रमलाई सन् २०१४ देखि अधिकारिक रुपमा आयोजना गरि मनाउँदै आएको बताए । माटो दिवस कार्यक्रम सन् २०१४मा कारणवस नेपालले मनाउन नपाए पनि सन् २०१५ देखि नियमित मनाउँदै आएको बताए । पहिलो कार्यक्रम विश्व खाद्य संगठनको रोमस्थित हलमा मनाइको बताए । माटो दिवसलाई विश्वका १५० भन्दा बढी देशले मनाउने पनि बताए ।
रिजालले आफ्नो कार्यपत्रमा एफएओकै सहमतिमा नेपालले आफ्नै नारा तय गरेको बताउँदै नुनिलो माटोको प्रभाव भन्दा अम्लीय माटोको प्रभाव घटाउने ‘माटोमा अम्लियपन घटाऔ’ं, भनेर नारा परिवर्तन गरेका बताए ।
रिजालले स्वास्थ्य प्रतिको चेतना बढ्रदै गएको छ । माटाको स्वस्थ मानिसको स्वास्थसँग जोडिएको छ । माटेको स्वास्थ्यलाई व्यवस्थापन गर्न सके स्वास्थ रहन सक्छ ।

कार्यपत्रमा कृषि (एग्रीकल्चर पर्सपेक्टिभ :

पृथ्वीको माथिल्लो भागमा चट्टान खिएर, टुक्रिएर जीवजन्तुहरुको जीवाश्मा मिलेर बनेको छ । विना प्राङ्गारिक (अर्गानिक) पर्दाथ विना अर्गानिक माटो भन्न सकिदैन, जीवजन्तुको उपस्थति विना माटो हुन सक्दैन ।
वैज्ञानिकहरुको अनुसार पृथ्वीको उत्पतिलाई ४ अर्ब ५० करोड वर्ष मानिन्छ । माटो छोटो समयको सिर्जना होइन ।
निर्माणकर्ता जीवनहरुको भूमिका छ । माटो जीवांशको अवशेषबाट बनेको हुन्छ । वैज्ञानिकहरुका अनुसार १ इञ्च माटोको संरचना बन्न १ हजार वर्ष लाग्दछ ।
जीवजन्तुको अवशेष कृषिमा मात्र नभई विभिन्न भूमिका खेलको हुन्छ ।
बोट बिरुवालाई आवश्यक पर्ने स्वास्थ्य माटोले २५ प्रतिशत पानीको संरक्षण गर्छ ।
प्रदुशित भएको माटोमा सुक्ष्म जीवहरु रहन सक्दैन ।
युरिया मलमा भएको नाइट्रोजन स्वस्थ बिरुवाले एकैचोटी पचाउन सक्दैन । स्वस्थ माटो सुचाङ्कमा ५० प्रतिशत ठोस पर्दाथ खनिज र जीवांशको भाग ५ प्रतिशत कायम रहेमात्र माटो स्वस्थ बन्छ ।
माटोको स्वस्थ कायम राख्न जीवांशहरुको अवशेष ५ प्रतिशतमा पु¥याउनु पर्छ ।
जीवांश व्यवस्थापन चुनौंतीको रुपमा रहेको छ ।
वातावरणले भन्दा १० औं गुणा कार्वन डाइअक्साइड लिन सक्छ । हामी खाने खानाको ९५ प्रतिशत स्रोत भनेको माटो बाटै लिन्छ ।
विश्वका ८१ करोड मानिसहरु आज पनि खाद्य समस्यामा छ । माटोको सुधार नगर्ने हो भने हामी बाँच्न सक्दैनौं । विश्वमा ३३ प्रतिशत माटो डिग्रेडेल भएको छ । ५ प्रतिशत भन्दा कम स्वस्थ माटो भयो भने त्यसबाट कुनै पनि काम लिन सक्दैन ।
प्रभावकारी उपाय दिगो माटोको सुधार हो ।
माटोलाई दिगो माटोको रुपमा सुधार गरेर भौतिक जैविक गुणलहरु कायम राख्ने हो । नसके बिग्रन नदिऔं भन्ने हो ।
माटोको दिगो व्यस्थापनमा वनको ठूलो महत्व छ । बातावारण बिग्रन नदिन कोप–२९को आयोजना भएको छ । भोकमरी शून्यको कार्यक्रमका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता भएको छ । प्रतिवद्धता पूरा गर्न दिगो माटो व्यस्थापन हुनु पर्छ । आज ग्लोवल स्वायल पार्टनशिपको आवश्यकता विश्वभर परेको छ ।
१८१८ को कार्वनको मात्रा हेर्दा घटेर गएको छ । सन् १८०० बाट सन् २००० सम्ममा पुग्दा कार्वन पातलो भइससेको छ । २ सय वर्षको अवधि मानेर सन् २३०० सय २४०० सयको अवधिलाई हेर्दा हामी पृथ्वीमा जीवहरु बाँच्न सक्ने अवस्था देखिदैन ।

नेपालमा माटोको अवस्था :


सन् २००२ देखि प्राङ्गरिक पदार्थ कस्ता छन् भनेर हेर्दा दिगो माटो वा प्राङ्गारिक पर्दाथको माटोको अवस्था कायम रहेको देखिन्छ ।
नेपालको माटो बिग्री सकेको अवस्था छैन । प्रगति पनि भएको छैन, रोकथाम गरिरहेको अवस्था छ । सन्तोष मान्न सकिदैन । प्राकृतिक भूमिकाको पहिचानमा खासै परिवर्तन हुन सक्दैन । फसफोरसको अवस्था ठिक छ । तर पोटासको मात्रा कमजोर भएको अवस्था छ ।
७०÷८० प्रतिशत पोटास ऋणात्मक छ । पोटासको खपत बढाउन सकनौं भने अझ भयावह हुन्छ ।
समुचित रुपमा १६ वटै खाद्यतत्व सन्तुलन गर्न सकनौं भने कहिँ न कहिँ कृषि उत्पादनमा असर पर्छ । प्राङ्गारिक पदार्थको घट्दो अवस्था छ । सन्तुलन गर्न उचित मल खादको प्रयोग गर्नु पर्छ । कृषिमा रासायनिक पदार्थको प्रयोगको कारण सुक्ष्म जीवाणुमा ह्रास आएको छ । ८० प्रतिशत प्राङगारिक मल एओएम हो । अब वायोमास वेस कम्पोष्ट वृद्धि गर्नु पर्छ । किसानको घर–खेतमा प्राङ्गारिक मल कारखाना बनाउने र कोशेवालीमा जोड दिनुपर्छ । एफएओको १० वटा गाइडलाइनलाई पछ्याएर अगाडि बढ्नु पर्छ ।
नुनिलो (साल्ट)को टेक्नोलजी) हाम्रा लागि वरदान सावित भएको छ । केही अवगुहरु छन् । प्राङ्गारिक स्रोतका लागि पोषणको चुनौंती छन् ।
रासायनिक मल भनेको रासायनिक विषादी जस्तो होइन । रासायनिक मलले जीवाणुहरुलाई । त्यति धेरै असर गर्दैन मिलाएर प्रयोग गर्नु पर्छ ।
रासायनिक र प्राङ्गाररिक मलको प्रतिस्पर्धाी होइन । पोषणको परिपूर्ति गर्छ । रासायनिक मलको वजेट यथास्थितिमा राखेर प्राङ्गारिक मलको प्रवद्र्धनमा जोड दिनुपर्छ । रासायनिक मलको प्रभाव नजर अन्दाज गर्न सक्दैन ।
सन् १८१८ मा एमोनिया नाइट्रोजन कार्वन डाइअक्साइडका लागि रासायनिक मल कारखानाहरुको स्थापना भयो । सन् १९५० देखि बढी मात्रामा नाइट्रोजन मलको उत्पादन हुँदै आयो ।
सन् १९४८ बाट रासायनिक मल उत्पादन गर्न नसकेको अवसथा थियो भने विश्वका जनसंख्या ३ अर्बमा मात्र सीमित हुन्थ्यो भन्ने वैज्ञानिकहरुको राय छ । खाद्यतत्व पूरा गर्न रासायनिक मल र पाङ्गारिक मल मिलाएर प्रयोग गर्न सके उत्पादन बढ्छ । एकीकृत खाद्य तत्व व्यस्थापन गर्न पहिले माटोको परिक्षण गरेर बालीको आवश्यकता पूरा गर्छ की गर्दैन भनेर जाँच्नु पर्छ । पोषकतत्व पु¥याउनका लागि प्राङ्गारिक मलबाट नपुगेमा रासयानिक मलको प्रयोग गर्नुपर्छ ।
गोठ सुधार कार्यक्रम प्रभावकारी कार्य भएकोले पालिकास्तरमा बढाउनु जरुरुी छ । गोवरलाई प्राङ्गारिक मल भनेर बढी चिन्दछ । त्यो भन्दा पढी पोषकतत्व पिसावमा हुन्छ । पिशावलाई व्यवस्थान गर्नसके बोटबिरुवा र माटोलाई चाहिने खाद्यतत्वको आपूर्ति गर्न पर्छ ।
गोठ सुधार गर्न ४ कम्पोनेन्टहरुलाई अनुशरण गरौं । किसानहरु अब गोठे मल सुधार कार्यक्रममा जानु पर्छ । गोवरलाई बारीमा छरेपछि सुकाएर राख्नु हुँदैन । मल छरेको १२ घण्टामा ६ प्रतिशत नाइट्रोजन जान्छ । २४ घण्टामा १२ प्रतिशत नाइट्रोजन जान्छ । पिसावमा आधारित झोल मलमा केन्द्रीत गर्नुपर्छ ।
अहिले नेपालमा १ लाख ८८ हजार २ सय ६४ मेट्रिकटन प्राङ्गारिक मल उत्पादन गरेर प्रयोग गरिरहेको अवस्थामा छ । र हामीलाई चाहिने कम्पोष्ट मल ३ लाख मेट्रिक टन उत्पानदन गर्नसक्ने स्रोतहरु हामीसँग छ । स्थानीय स्रोत साधानको प्रयोग गर्दै प्राङ्गारिक उत्पादनमा जोडदिनु पर्छ ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद् माटो व्यस्थापन केन्द्रका प्रमुख श्रीप्रसाद विष्टले माटो विजेत पुरस्कार निम्न अनुसारका मापदण्डहरु तया गरि छनौंट विधि अपनाएको बताए ।
देशभरमा १०, ८०० पटक परिक्षण भएकोमा माटोको खाद्यतत्व व्यवस्थापनमा उत्कृष्ट कार्य गरेका किसानहरुलाई छनौंट गरेको बताए । पुरस्कृति हुनका लागि २५ प्रतिशत पूर्णाङक प्राप्त गर्नेलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको र तराई र पहाडमा छु«ट्टै प्रक्रिया तयार गरी छनौंट गरेको बताए ।


प्राङ्गारिक मलको प्रयोग गरेका पुरस्कृत किसानहरु भनाई :
सदानन्द नगरपालिका भोजपुरकी सिर्जना राईले १० हजार नगद पुरस्कार कदर पत्र, सिराहका किसान सूर्यनारायण यादवले १० हजार नगद पुरस्कार सहित कदर पत्र, प्राप्त गरेका थिए ।
पुरस्कृति कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथि कृषि विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले प्रदान गरेका थिए ।
पुरस्कार प्राप्त गरेपछि दुबै किसानले भने गाइवस्तुको गोवर मलको उचित व्यवस्थापन गरेका कारण माटो स्वस्थ राख्न सफल भएको अनुभव सुनाए । आफूहरुले कृषि गर्दा आफैले तयार गरेको गाइवस्तुको गोठे मल प्रयोग गरेको बताए । गोठमललले माटोको उर्वरा शक्ति कायम गर्ने बताए ।
सूर्यनारायण यादवले भने आफूले भैंसीको मललाई जमिनमा खाल्डो बनाएर गोवर मल जम्मा गरेको र त्यसबाट माटोलाई चाहिने प्राङगारिक पदार्थ कायम हुँदा माटो स्वस्थ रहन गएको विचार व्यक्त गरे ।

टिकटक भिडियो प्रतियोगीता :
कृृषि विभागकी कृषि अधिकृत तथा टिकटक प्रतियोगीताकी संयोजक भवानी खतिवडाले माटो बचाउने सन्देशमूलक कविता वाचन गरेकी थिएन् ।
टिकटक भिडियो प्रतियोगीतामा ६२ जना प्रतियोेगी सहभागी रहेको र तीन प्रकारको छनौंट विधि अपनाएका बताइन् ।
खतिवडाले भनिन् छनौंट गर्ने क्रममा कतिपय एआई प्रविधिको प्रयोग गरेजस्तो देखिएको, कतिपयमा अस्पष्ट भएको बताए । कतिपयमा विषयवस्तु दोहोरिएको र कतिपयमा अरुको नक्कल गरे जस्तो देखिएको जस्ता रहेको बताइन् ।
छनौंट विधिमा
१ शिल्प र कलामा मौलिक रहेको,
२. माटोको संरक्षण र उपचार, मौलिक छ छैन भनेर हेरिएको,
३ प्रस्तुत टिकटक भिडियोको शैली र सुचना सम्प्रेशन गरेको छ कि छैन भनेर हेरिएको,
उक्त पुरस्कारका लागि ५० पूर्णाङ्क कायम गरेको बताईन् ।
प्रतियोगतिगामा अनिल अधिकारी प्रथम, कञ्चन अधिकारी द्धितिय, र विक्रम गिरी तृतीय भएर थिए । विजेताका लागि अंकभार ४० ३५ र ३० पूर्णाङ्क ल्याउन सफल भएका तिनैजनालनई प्रथम, द्धितीय तृतीय घोषित गरि पुरस्कृत गरेका थिए ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डोलराज खनालले दुबै किसानले पशुपालन गरिरहेको र रासायनिक मलको ठाउँमा गाइवस्तु पालेर माटोको सुधार गरेको बताउँदै माटो सुधार गर्न गाइवस्तु पालेर प्राङगारिक मल प्रयोग गर्न जोड दिए ।
विष्टले पञ्जाब र झारखण्डमा नै पनि कृषिमा फरक रहेको बताउँदै ९५ प्रतिशत शुद्ध खाना माटोबाटै हुन्छ । त्यसैले भूमि पुजनको महत्व छ । मिश्रित बालीको प्रवद्र्धन, र स्वस्थ रहन माटोमा खाली खुट्टा हिडछन् । हिँड्दा प्राकृतिक रुपमा नै एन्टिवायोटिक काम गर्ने बताए । र हरेक प्राणीको लागि माटोको महत्व ठूलो भएको बताए ।
१ इञ्च माटो बन्नमा १ हजार वर्ष लाग्छ । वर्षेनी १.६ मेट्रिक टन नेपालको माटो बगेर जान्छ । १ हजार वर्षको अवधिमा बन्ने माटो, नेपालको माटो प्रत्येक १५ वर्षमा उत्तिकै अनुपातमा बग्ने र माटोको गुणस्तरमा ह्रास हुँदै गरेको बताए । माटोको उत्पातदत्व र उत्पादन दुबै ढंगले व्यवस्थापन गर्नु पर्छ ।
माटो प्राकृतिक सम्पदा हो, बढी शोषण ग¥यौं कि, अर्गानिक पदार्थको व्यवस्थापन गर्न सकेनौं कि, जसको कारण मरुभूमिकरण बन्दै गएको छ । शहरीकरणको विस्तारले र बन्दै गरेको ठूला–ठूला भवन निर्माणको कारण माटोको सन्तुलन बिग्रेर वातावरणमा ठूलो समस्या आएको बताए ।
विष्टले भने वातावरण परिवर्तनले असोज ४ गते बाढी पहिरो र शहरमा ठूलो क्षति हुनमा माटोमा जल अवशोषण हुन नसक्दाको परिणाम रहेको बताए । विष्टले भने माटोको अवस्था खस्केको हो, देख्न पाइयो ।
कृषि विभागका महानिर्देशक तथा ११ औं माटो दिवस मूल समारोहका अध्यक्ष ई जगन्नाथ तिवारीले वास्तविक माटोको मायाँ गर्नेले माटोको महत्व कति छन् भन्ने कुरा बताइ रहनु नपर्ने बताउँदै माटोको महत्वलाई सञ्चारकर्मी र सम्बन्धित सरोकारवालाहरुले बढी भन्दा बढी जनमानसमा पु¥याउन आगह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close