धनबहादुर मगर
काठमाडौं पुस २३, बाली प्रजनन् तथा आनुवंशशिकी समाज नेपाल (पिबाग्सन)को छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
छैठौं वार्षिक साधारणसभामा सम्मानित रामचन्द्र शर्माले लाइभ व्रिडिङ्ग पिओरिटीको कुरा भएको बताउँदै । डा.नर्मन वोर्लगको कुरा सुनाए । म सिमिटको हेडक्वादरटरमा थिएँ । मैले भेटेर म तपाई जस्तो बन्नु चाहान्छु भन्दा बोर्लगले भने । तपाई पटक–पटक फिल्डमा खट्नुहोस् भनेको कुरा बताउनु भयो । शर्माका अनुसार (यु गो टु फिल्ड, ‘प्लान्ट ह्विजपरीङ्ग यु’ बिरुवाले तिमीलाई बोलाइरहेको छ । व्रिडर्सले धेरै खुशी पनि पाउँन सक्छ । पहिले पहिले त फिल्डमै सुत्थ्यौं । नेपाल बाहिर भएका व्रिडसहरुलाई पनि धेरै चाँसो छ ।
अहिले खाद्य सुरक्षा र शिक्षा परियोजना सम्बन्धी धेरै कार्यक्रमहरु भईरहेको छ ।
सिमिटले ४ जना व्रिडस विद्यार्थीका लागि जिमी बोर्लग स्कलरशिप राखेका छन् । अमेरिकामा नेपाली प्लान्ट व्रिडसहरु छन् । नेपालबाट गएका कपितय बाली बैज्ञानिक तथा व्रिडर्सहरु नेपाल आउनु हुन्छ कि हुन्न तर इन्करेज गर्नु पर्छ डा. शर्माले भने ।
कृषि वैज्ञानिक कृष्णहरि घिमरिले आफ्नो व्यवसायिक अधिकारका साथै बढी भन्दा बढी देशलाई योगदान दिएर अगाडि बढ्नु पर्ने बताए । घिमिरले भने संस्था जन्माउनु ठूलो कुरा भएपनि, निरन्तरता भएन भने अगाडि बढ्न नसक्ने बताए । अब स्वयम्सेवकको रुपमा सोसाइटी आफ्नै हो भनेर लाग्नु होला मेरो शुभकामना छ ।
साधारणसभामा समाजका अध्यक्ष डा.कृष्ण जोशीले कृषि बालीमा विशिष्ठ योगदान पु¥याएकाहरु व्रिडर्स तथा बाली प्रजनन् वैज्ञानिकहरु डा.कृष्णप्रसाद शर्मा, डा.रामचन्द्र शर्मा, थानेश्वर पोख्रेल, डा.महुसुदन प्रसाद उपाध्याय, केदारप्रसाद श्रेष्ठ, भरतराज अधिकारी, डा.बद्रीनाथ कायस्थ लगायतलाई सम्मान गरेका थिए ।
उक्त साधारण सभामा डा.बालकुमारी ओलियालाई टप–साइटेड रिसर्च, नेपाल इमजिङ्ग ट्यालेन्टको रुपमा आउटस्ट्याण्डिडङ्ग अचिभर अवार्ड प्रदान गरेका थिए ।
साथै जीवन श्रेष्ठलाई ५ हजार भन्दा बढी टप साइटेशन गरेकोमा सम्मान गरेको थिए भने त्रिभुवन विश्वविद्यालय कृषि, वन क्याम्पसका विद्यार्थी अस्मिता महत्तोलाई सबैभन्दा बढी अङ्क ल्याउन सफल भएकोमा प्रशंसा पत्र सहित सम्मान गरेका थिए ।
बाली प्रजनन् तथा आनुवांशिकी समाज नेपाल (पिबाग्सन)का अध्यक्ष बालकृष्ण जोशीले
सभामा अर्को आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती, आर्थिक स्रोत सम्बन्धमा, जिम्मेवारी बाँडफाँडको सम्बन्धमा, राष्ट्रिय सम्मेलन गर्ने सम्बन्धमा, संस्थागत सदस्यता शुल्क सम्बन्धमा र सदस्यता विस्तार गर्ने सम्बन्धमा राखेको प्रस्तावमाथि सर्वसम्मतले पारित गरेका थिए ।
कार्यक्रमका अध्यक्षता समाजका अध्यक्ष बालकृष्ण जोशी, कार्यक्रम सञ्चालन धानबाली वैज्ञानिक उज्ज्वल कुशवाह, लेखापरिक्षण प्रतिवेदन प्रस्तुत डा.पल्लवी कुमारी सिंहले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्