
नेपालगञ्ज पुस २७, बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २००८०÷८१ मा ११ लाख २१ हजार १ सय ८३ रुपैयाँ नाफामा प्रगति प्रतिवेदन पारित गरेको छ ।
दुग्ध उत्पादक सहकारीले आफ्नो ३० औं वार्षिक साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनका अनुसार हाल २४१ शेयर सदस्य रहेको संस्थामा कुल पुँजी ३० लाख ८८ हजार ४ सय पुगेको, सहकारीले किसानहरुलाई उत्पादनमा प्रोत्साहन गर्नका लागी पशुबिमामा ५० प्रतिशत लागत साझेदारी कार्यक्रम सम्पन्न गरेको, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भीम बहादुर बरुवालको अध्यक्षतामा भएको साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा ५ करोड ७० लाख ४ हजार १ सय पैसठ्ठी बराबरको कारोबार गरेकोमा खुद बचत नाफा ११ लाख २१ हजार १ सय ८३ रुपैयाँ गरेको जनाएको छ ।
सस्थाले खजुरा गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत उत्पादनका आधारमा प्राप्त गरेको २१ लाख ७९ हजार ३३७ रुपैयाँ किसान तथा सेयर सदस्यलाई वितरण गरेको जनाएको छ ।
जनता दुग्ध उत्पादक सहकारीले जनताको उत्पादनलाई बजारसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताएको छ । सभामा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विकले सहकारीले किसान हितको काम गरेको भन्दै प्रसंशा गरेका छन् । पालिका प्रमुख विकले सहकारीले किसानलाई उत्पादनसँग जोड्न प्रत्यक्ष काम गरिरहेको बताए । उनले पालिकाको दुग्ध उत्पादक किसानहरूका लागि पनि कार्यक्रम ल्याएको बताए । खजुरा गाउँपालिका उप प्रमुख मन्जु मल्लले बृहत्तर किसानका हितमा कार्य गर्न आवश्यक रहेको बताइन् । उप प्रमुख मल्लले साना किसानलाई उत्पादनसँग जोडेर आर्थिक विकास गर्न पालिकाको पनि थप काम जिम्ेवारी हुन गएको बताइन् ।
साधारणसभामा कार्य समितिका पदाधिकारी, पूर्व अध्यक्षहरु, विभिन्न उप–समितिका पदाधिकारी, सेयर सदस्य, संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायत उपस्थिति रहेका थिए ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित
निराज रानाभाट, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल( फ्यान ) को विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा राजेश भक्त श्रेष्ठ भएका छन् । आज राजधानी काठमाडौंमा सम्पन्न विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ ( निर्विरोध निर्वाचित ) र उपाध्यक्षमा सुमन महर्जन रहेका छन् ।
त्यसैगरी, महा – सचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईं ( निर्विरोध निर्वाचित ) रहेका छन् । यसैगरी, कार्यसमितिको सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्