२०८१ फाल्गुन १०

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ वार्षिक साधारण सभा

कठमाडौं पुस २३, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद कोइरालाद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।
विज्ञाप्तिमा नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरी ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गर्न गइरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
१.साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले आर्थिक वर्ष २०७९÷८० मा रु. ७७ करोड ३५ लाख
खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०÷८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख
पुगेको छ । यस वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप
बोनस शेयर १३.३०% र कर प्रयोजनका लागि नगद लाभांश ०.७०% उपलब्ध गराउन प्रस्ताव गरिएको छ ।
यो राम्रै प्रतिफल हो भन्ने हामीलाई लागेको छ । आगामी दिनमा अझै उच्च प्रतिफल दिने गरी वित्तीय
संस्थाको व्यवसाय अघि बढाउन वित्तीय संस्था प्रतिवद्ध छ । आ.व २०७९÷८० मा कुल सञ्चालन आम्दानी
रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड
४१ लाख पुगेको छ ।
२.वित्तीय संस्थाको आ.व २०८०÷८१ मा जारी र चुक्तापुँजी रु. ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार
रहेको छ । आ.व. २०७९÷८० को अन्त्यमा यस वित्तीय संस्थाको कुल सम्पत्ति रु. ४८ अर्ब ६२ करोड ५३
लाख ९३ हजार रहेकोमा ०८०÷८१ अन्त्यमा रु.४४ अर्ब ३५ करोड ७ लाख ९३ हजार पुगेको छ । आर्थिक
वर्ष २०८०÷८१ मा प्रति शेयर आम्दानी रु. २४.२२, प्रति शेयर बुक नेटवर्थ रु. २४९.२४, जम्मा पुँजीमा
प्रतिफल १०.१८%, मूल्य आम्दानी अनुपात ३५.२५ र कुल पुँजी कोष १४.७१% रहेको सहर्ष जानकारी
गराउँदछु ।
३.वित्तीय संस्थाले आफूसँग आबद्ध संस्थाहरुलाई २०८१ आषाढसम्म रु.१ खर्ब ९४ अर्ब ८२ करोड ९९ लाख
लगानी गरेकोमा रु.१ खर्ब ५५ अर्ब २० करोड ४९ लाख असुल गरी वित्तीय संस्थाको लगानीमा रहेको ऋण
रु. ३९ अर्ब ६२ करोड ५० लाख पुगेको छ ।
४.यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध
रहेका छन् । आवद्ध सहकारी संस्थाहरूले रु.८७ अर्ब ८० करोड ७२ लाख बराबरीको आन्तरिक पुँजी निर्माण
गरी परिचालन गरेका छन् । वित्तीय संस्थाले आ.व २०८०÷८१ मा २,०३,८०९ थप विपन्न तथा साना
किसान परिवारमा सेवा विस्तार गरी कुल १२,३३,६८४ परिवारलाई लघुवित्त सेवा पु¥याउन सफल भएको छ ।
दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमा महिला सहभागिता ८०% छ ।
५.यस वित्तीय संस्थाले नेपाल सरकारको ऋण सहयोगमा १४ वर्ष अघिदेखि सञ्चालन गर्दै आएको
सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रममा २०८०÷८१ को अन्त्यसम्म कुल १ लाख ५९
हजार ५०० किसानहरुलाई रु. १७ अर्ब ३८ करोड मासु तथा दुग्धजन्य पशुपालन र १३ हजार ५००
किसानहरुलाई १ अर्ब ७२ करोड ६० लाख तरकारी खेती कर्जा लगानी गर्ने लक्ष थियो । जसमा २ लाख ५६
हजार ३० जना किसानलाई रु.३७ अर्ब ४७ करोड पशुपालन कर्जा र १४ हजार ४०३ जना साना किसानलाई
रु. २ अर्ब ३९ करोड ६५ लाख तरकारी खेती कर्जा प्र्रवाह भएको छ । सो रकमबाट किसानहरुले बाख्रा,
बङ्गुर, पाडापाडी, भैंसी र गाई जस्ता १५ लाख ७३ हजार ८६६ पशुवस्तु पालन र ९ हजार बिघाभन्दा बढी
क्षेत्रफलमा तरकारी खेती गरेका छन् । यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै रु. ७ अर्बको
हाराहारीमा र हालसम्म रु. ६४ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको
अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ देखि बागमती प्रदेश सरकारको ऋण सहयोगमा उत्पादन
तथा रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालनमा ल्याएका छौं ।
६.यस वित्तीय संस्थाबाट ऋण बाहेकका साना किसान सहकारी संस्थाहरु मार्फत पशुधन सुरक्षण÷पशुपालन
प्रवद्र्धन, सामाजिक तथा सामुदायिक, कृषि वित्त÷वित्तीय साक्षरता÷क्षमता अभिवृद्धि, उद्यमशीलता विकास
जस्ता तालिम÷गोष्ठी, सुधारिएको चुलो कार्यक्रम र साना किसान सहकारी अनुशरण जस्ता कार्यक्रमहरु
सञ्चालन हुँदै आएको छन् । विभिन्न परियोजनाका लागि, आइएफएडी, सीप र समृद्धि, ब्भ्एऋ जस्ताको
सहकार्यमा साझेदार संस्थाहरुको क्षमता विकास र युवाहरुको सहभागिता अभिवृद्धि कार्यक्रम सुरु गरिएको छ ।
७.युवाहरुलाई इजरायलमा आधुनिक कृषि तालिमको व्यबस्था हुँदै आएको छ । हालसम्म ३१ सय ६१ जनाले
तालिम सम्पन्न गरेका छन् । यो कार्यक्रम, नेपालको कृषिको व्यबसायिकरणमा कोशेढुङ्गा हुने अपेक्षा सहित
निरन्तरताको लागि वित्तीय संस्था प्रयासरत छ । आर्थिक वर्ष २०७६÷७७ देखि कोरोना महामारीका कारण यो
कार्यक्रम सुचारु हुन सकेको छैन । यो कार्यक्रम, नेपालको कृषिको व्यावसायिकरणमा कोशेढुङ्गा हुने अपेक्षा
सहित निरन्तरताको लागि वित्तीय संस्था प्रयासरत छ ।
८.यस वित्तीय संस्था तथा साझेदार संस्थाहरुको वित्तीय स्वास्थ्य सुधार तथा संस्थामा संलग्न नेतृत्व र
कर्मचारीको समेत क्षमता अभिवृद्धि गर्न अवसरहरूको खोजी गरी तालिम, अवलोकन भ्रमण, क्षेत्रीय, राष्ट्रिय र
अन्तर्राष्ट्रियस्तरका गोष्ठी र सम्मेलन जस्ता अवसरहरुमा सहभागी गराउने काम भइरहेको छ ।
९.एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नती
भएका साना किसानहरुलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यमा संलग्न गराउन
ग्रामीण उद्यम परियोजना सञ्चालन भएको छ । कृषि मुल्यश्रृङखला अभिवृद्धिमार्फत किसानलाई आवश्यक पर्ने
बिउविजन एवम् प्रत्येक नेपालीको भान्सामा साना किसानको उत्पादनहरु पु¥याउने हाम्रो लक्ष रहेको छ । यस
अन्तर्गत २०८१ असार मसान्तसम्मसामूहिक तर्फ ३६ वटा परियोजना र व्यक्तिगत तर्फ १९२३ गरी कुल
१९५९ वटा उद्यम सञ्चालन भई ४ अर्ब २२ करोड ४० लाख ९५ हजार लगानी भएको छ । यसका लागि
यस वित्तीय संस्थाको संरचनामानै परिवर्तन गर्न पनि वित्तीय संस्था तयार रहेको छ । वित्तीय संस्थाले
तरताको यस असहज परिस्थितिमा समेत यो कार्यक्रमलाई प्राथमिकतामा राखि कर्जा प्रदान गरिरहेको छ । यो
कर्जा कार्यक्रमले नेपालको कृषि रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
१०.देशमा कृषिको व्यावसायीकरण एव्म उत्पादन र उत्पादकत्व बढाउन आवश्यक छ । कृषि उत्पादनमा
साना किसानहरुको अग्रणी भूमिका हुने हँुदा ऋणको आवश्यकता मात्र पुरा गर्न सकेमा पनि किसानको
उत्पादन गर्ने क्षमता अभिवृद्धि भई साना किसानहरुलाई लाभ पुग्नुको अतिरिक्त सम्पूर्ण मुलुकलाई नै फाइदा
पुग्ने कुरामा विश्वास सहित साना किसान विकास अभियानलाई अगाडि बढाउने प्रयास गरिएको छ ।
११.पारदर्शिता, व्यावसायिक कुशलताका साथसाथै संस्थागत जवाफदेहिताले हाम्रो कार्यगर्ने शैलीमा समय
अनुसार प्रविधिको प्रयोग, उत्पादनमुखी व्यवसाय र त्यसबाट बढीभन्दाबढी साना किसानहरुले कम लागतमा
पुँजीको प्रतिफल लिन सकुन भन्ने अठोट हाम्रो रहँदै आएको छ । हामी प्रति सरोकार राख्ने सम्पूर्ण पक्ष
स्टेकहोल्डरहरु) ले देखाएको विश्वासलाई किञ्चित्रुपमा घट्न दिनुु हुँदैन भन्ने हाम्रो प्रण रहेको छ ।
१२.यो वित्तीय संस्थालाई अहिलेको अवस्थामा पु¥याउन प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने शेयरधनीहरु, नेपाल
सरकार, नेपाल राष्ट्र बैंक, आमसञ्चार, एशियाली विकास बैंक, जिआइजेड, युएन्सिडिएफ, डिएफआइडी
सक्षम परियोजना, आएफएडी, बैंक तथा वित्तीय संस्थाहरु, नेपाल कृषि सहकारी केन्द्रीय संघ, गैर सरकारी
संस्थाहरु, वित्तीय संस्थाका कर्मचारीहरू, वित्तीय संस्थामा आवद्ध लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाका
सञ्चालक, पदाधिकारी, कर्मचारीहरु लगायत समस्त साना किसानहरु प्रति आभार एवम् धन्यवाद व्यक्त
गर्दछु । उपस्थित सबैमा पुनः हार्दिक स्वागत गर्दै बिदा हुन्छु ।
विज्ञाप्तिको प्रस्तुत अंशहरु जस्ताको तस्तै प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain