
धनबहादुर मगर
काठमाडौं कृषि विभागको संयोजकत्वमा माघ १ देखि ७ गतेसम्म तेस्रो राष्ट्रिय जैविक विविधता दिवस सप्ताहव्यापी रुपमा देशका विभिन्न ठाउँमा राष्ट्रिय मनाउन तयारी गरेकोे विषयमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले ‘कृषि जैविक विविधता दिवस सप्ताह समारोह २०८१’ को महत्व र औचित्यको विषय देशको लागि महत्वपूण बन्दै गएको बताए । सञ्जेलले जैविक तथा बालीको जातीय विधेयक किसानको प्लान्ट व्रिडर्स कानुन नहुँदा बास्मती चामल (धान) नेपालको पक्षमा हुन नसकेको बताए । प्राथमिकताका आधारमा मश्यौदा तयार भएको छ । लक्षित गरेर संसदीय समितिहरुमा कानूनी रुपमा मजबुत हुने प्रक्रियामा छ । आगामी दिनमा छिट्टै स्वरुप दिन सक्छ । कृषि जैविक विविधताको संरक्षण गर्न (प्याटेन्ट राइट) कानून नभएको अवस्था छ ।
रैथाने उत्पादनहरुका लागि हाटबजार र स्टलको व्यवस्थापन छ कि छैन भन्ने प्रश्नमा सञ्जेलले रुपन्देही जिल्लाको बुटवलमा १० प्रतिशत स्टलहरु छुट्याएको बताए । तर नियमितता छैन । काम गर्ने किसानहरुमा अपेक्षाकृत हुने सकेको छैन । डिजिटल प्रविधिमा उपभोक्तामा सेन्सिटाइज भएको छ । रैथाने बालीहरुमा उत्पादनको स्तरमा नै व्यवसायिकरण हुँदै गएको छ । सप्लाई साइटबाट माग बढेको छ । राष्ट्रिय चाँसो बढ्दै गएको छ । रोजगारीको लेयर बढेको छ । ३ वर्षको विचमा राष्ट्रिय कृषि जैविक विविधता विषय राष्ट्रिय विषय बनेको छ । स्कुलमा स्थानीय खाजा हप्तै भरि पु¥याउन सकेको छैन । कतिपय स्कुलहरुमा जैविक विविधताको पाठ्यक्रम समावेश गरेको अवस्था छ ।
रैथाने बाली उत्पादनमा सबभन्दा बढी उपभोक्ताको माग बढेको छ । स्थानीय तहहरुले रैथाने माछा प्रदर्शन गरिने छ । र उद्यमीहरुको फोरम, उपभोक्ता र किसानसँग लिंक गराउने कार्यक्रमहरु रहेको छ ।
साथै कालीमाटी बजारमा रैथाने उत्पादनको छुट्टै स्टलको व्यवस्थापन गर्न के सोच्नु भएको छ भन्ने प्रश्नमा सम्बन्धित निकायसँग छलफल गरि रैथाने उत्पादन राख्न पहल हुने बताए ।
पत्रकार सम्मेलनमा कृषि विभागका उपमहानिर्देशक केशव देवकोटाले नेपालको बाली विशेषलाई प्याटेन्ट राइटको अधिकार लिन धेरै ढिलो भइसकेको बताए । देवकोटाले भने, ऐनको अभावमा अगाडि बढाउन नसकिएको र ऐन प्रारम्भिक मश्यौदाकै रुपमा रहेको बताए ।
कृषि जैविक विविधता दिवसको अवसर पारी विभागद्धारा प्रसित प्रेस विज्ञाप्तिको अंश जस्ताको तस्तै ः
‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’
माघ पहिलो हप्ताभर विविध कार्यक्रमहरु आयोजना गरि तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा सप्ताह–२०८१ मनाउने कार्यक्रमको जानकारीको लागि प्रेस नोट :
कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिव तथा सिमान्तकृत समुदायको जिविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरुको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिइ राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तिनै तहको सरकारको भूमिका रहने उल्लेख छ । यसै गरि नेपाल जैविक विविधता संरक्षण सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र समेत रहेको छ ।
नेपाल जैविक विविधतामा धनी मुलुकमध्ये पर्दछ । जैविक विविधताले धनी राष्ट्रहरुमध्ये नेपाल ४९ औ स्थानमा रहेको छ । नेपालमा करिव २४ हजार जीवित प्रजातिहरु रहेका र सोमध्ये करिव १ तिहाइमा कृषि क्षेत्रले योगदान गर्ने गरेको परिप्रेक्ष्यमा कृषि जैविक विविधताको महत्वपूर्ण स्थान रहेको भए तापनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेति प्रणालीका कतिपय नकरात्मक प्रभावका कारण समग्र जैविक विविधताको अलवा कृषि जैविक विविधताको ह्रासलाई तिव्र बनाएको छ । नेपालमा कृषि आनुवांशिक स्रोत (कृषि बाली एवम् सम्बन्धित जंगली प्रजाती, घाँसे बाली, पशुपन्छी, मत्स्य एवम् जलीय आनुवांशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव) मध्ये करिव ४० प्रतिशत लोप भै सकेको अनुमान गरिएको छ । त्यसै गरि हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवम् अवसरहरु कृषि जैविक विविधतासँग जोडिएका भएता पनि त्यस्ता विशेष पर्व वा अवसरहरुमा अन्तरनिहित कृषि जैविक विविधतासँग सम्बन्धित पक्षहरुलाई अपेक्षित रुपमा उजागर एवम् प्रचार प्रसार गर्न सकिएको देखिँदैन ।
कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरु जानकार र सचेत भइ तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । यसै परिप्रेक्ष्यमा नेपाल सरकारको घोषणा बमोजिम कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकता बारे प्रचार प्रसार र कृषि जैविक विविधताको संरक्षण र प्रवद्र्धन सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गरि वि. सं.२०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रुपमा मनाइएको थियो । साथै नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०७९/५/२७ मा प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय भएको थियो । सोहि वमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउन शुरुआत गरिएको थियो । यस दिवसले नेपालमा परम्परागत रुपमा रहेका अनेकौं जातजाती तथा धार्मिक एवम् साँस्कृतिक परम्पराहरुसँग सम्बन्धित कृषि र खानाका परिकार तथा सम्वद्ध सिपको जगेर्ना गर्नमा मद्दत पु¥याउनुको अलावा स्थानीय कृषि आनुवांशिक स्रोतहरुको संरक्षण एवम् दिगो उपयोगको साथै वातावरण संरक्षणमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । नेपालमा कृषि जैविक विविधताको खोज, उपलव्ध जैविक विविधताको अभिलेखीकरण र संरक्षण तथा सम्वद्र्वन, कृषि जैविक विविधता संरक्षणमा परम्परागत ज्ञानको अभिलेखीकरण तथा प्रवद्र्धन र यी सबैका लागि वनस्पति जातीय संरक्षण र किसान हकहित संरक्षण तथा भौगोलिक संकेत र बौद्धिक अधिकार प्राप्तिका लागि कानुनी व्यवस्था गर्ने तथा तीनै तहको समन्वयमा कृषि जैविक विविधताको संरक्षण र सम्वद्र्वन एवम् रैथाने बाली÷वस्तुको उत्पादनवृद्धि सहित उपभोक्ताहरुमा रैथाने बालीको पोषणको महत्वबारे लगायतका कार्यक्रमहरुको सञ्चालन भइरहेको अवस्था छ ।
राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८१ मनाउने सन्दर्भमा कृषि विभागका महानिर्देशक प्रकाश कुमार संजेलको अध्यक्षतामा यहि मिति २०८१÷९÷१४ गते बसेको सम्बन्धित निकाय र सरोकारवालाहरुको बैठकबाट यस वर्षका लागि ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने नारा तय गरेको छ र माघको पहिलो हप्ताभर कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने तय भएको छ । उक्त बैठकले प्रादेशिक निकायहरु, स्थानीय तह लगायत सरकारी र गैर सरकारी संस्थाहरु र निजी क्षेत्रलाई पनि यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी मनाउन अनुरोध गरेको छ ।
उदेश्यहरु
–कृषि जैविक विविधताको महत्वको बारे आम जनमानसमा चेतना बढाई दिगो संरक्षण तथा उपयोगमा टेवा पु¥याउने ।
–तिनै तहका सरकारहरुको विकास नीति एवम् कार्यक्रममा कृषि जैविक विविधतालाई मूलप्रवाहिकरण गर्ने ।
–दिगो रुपमा कृषि जैविक विविधता संरक्षण र उपयोगको लागि उपयुक्त विधि एवम् पद्धतिहरुको विकास र अवलम्वन तथा मूल्य श्रँृखला विकास गर्ने ।
–तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८१ का अवसरमा माघ पहिलो हप्ताभर आयोजना गरिने प्रमुख कार्यक्रम एवम् कृयाकलापहरु ।
पुस २९ गते पत्रकार सम्मेलन–कृषि विभागको हल ।
आयोजक : बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र÷कृषि विभाग
माघ १ गते गोरखापत्र राष्ट्रिय दैनिकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्रीको
शुभकामना सन्देश प्रकाशन ।
–कृषि जैविक विविधता संरक्षण र दिगो उपयोग बारेको टेलिभिजन सम्बाद कार्यक्रम– नेपाल टेलिभिजन –कृषि जैविक विविधता मेला ।
–भूमिकास्थान नगरपालिका, अर्घाखाँची। कृषि सूचना तथा प्रशिक्षण केन्द्र ।
–राष्ट्रिय जीन बैंक, नेपाल कृषि अनुसन्धान परिषद्
–राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ती मेला– टोखा नगरपालिका, काठमाण्डौ आयोजक रैथाने एग्री प्रोडक्ट नेपाल ।
–माघ २, राष्ट्रिय कृषि जैविक विविधता दिवस मूल समारोह सँगै कृषि जैविक विविधता एवं रैथाने कृषि उपज प्रदर्शनी र सम्मान एवं पुरस्कार वितरण–कृषि विभाग परिसर ।
आयोजक : बा.वि.कृ.जे.वि.सं.के. (कृषि विभाग ÷ कृषि तथा पशुपन्छी विकास मन्त्रालय
–माघ २, कृषि जैविक विविधता अभिलेखिकरण सम्बन्धी अन्तक्र्रिया– राष्ट्रिय जीन बैंक, नेपाल भूमिकास्थान नगरपालिका, अर्घाखाँची ।
कृषि अनुसन्धान परिषद्
–माघ ३, कृषि जैविक विविधता एवम् रैथाने कृषि उपज प्रदर्शनी, आयोजक ःकृषि बा.वि.कृ.जै.वि.सं.के.÷कृषि विभाग परिसर
–माघ ३, कृषि जैविक विविधता पाठशाला सम्बन्धी छलफल–वाणगंगा नगरपालिका, कपिलवस्तु,
ऋायोजक : राष्ट्रिय जीन बैंक नेपाल, कृषि अनुसन्धान परिषद् ।
–माघ १ देखि ७ गते सम्म कृषि जैविक विविधता संरक्षण, प्रवद्र्धन र सो सम्बन्धी कृषक पाठशाला सन्चालन बारे अन्तरक्रिया– सिरहा, सप्तरी र सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा
आयोजक : राष्ट्रिय कृषक समूह महासंघ ।
–माघ १ देखि ७ गते सम्म सातै प्रदेश विशेषका मौलिक खाद्य परिकार प्रवद्र्धन वर्ष शुभारम्भ र मौलिक परिकार प्रदर्शन एवं बिक्रिवितरण– मौलिक भान्छाघर, नयाँबानेश्वर, आयोजक मौलिक बजार मौलिक भान्छाघर ।
माघ १ देखि ७ गतेसम्म कृषि जैविक विविधता मेला तथा प्रदर्शनी, कृषि जैविक विविधता संरक्षणको महत्व सम्बन्धी अन्तक्र्रिया र माध्यमिक तहका विद्यार्थीहरुविच वक्तृत्वकला प्रतियोगिता कैलाली, कन्चनपुर, बर्दिया, दैलेख, सुर्खेत, जुम्ला, सिन्धुपाल्चोक र कास्की जिल्लामा, आयोजक : लीबर्ड, कृषि ज्ञान केन्द्रहरु र स्थानीय तहको समन्वय एवम् सहकार्यमा ।
–माघ ५, रैथाने सबैका लागी, सदाका लागी” विषयक छलफल तथा रैथाने एग्री प्रडक्टस् नेपाल द्धारा प्रदर्शनी– रैथाने कृषी हाटबजार दरवारमार्ग, आयोजक : रैथाने एग्री प्रोडक्ट नेपाल ।
–माघ ६, दलचोकी सामुदायिक बीउ बैंक तथा कृषि जैविक विविधता सुचना केन्द्रको उद्घाटन तथा अन्तक्र्रिया – कोन्जोस्योम गाउँपालिका, वडा नं. ३, दलचोकी, आयोजक : सामुदायिक बिउ बैंक संघ नेपाल सँगको सहकार्यमा ।
–माघ ७, कृषि जैविक विविधताको महत्व बारे अगुवा किसान अभिमुखिकरण– भोटखोला गाउँपालिका संखुवासभा, आयोजक : रैथाने एग्री प्रडक्टस् नेपाल ।
–माघ ७, कृषि जैविक विविधता एवं मौलिक खाद्य परिकारको महत्व बारे अन्तरक्रिया एवम् तेस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह समापन कार्यक्रम– कपन, काठमाण्डौ, आयोजक : ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपाल
अन्तमा, यस वर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ मा आधारित रहेर कृषि आनुवंशिक सोतहरु (कृषि बाली एवम् सम्बन्धित जङ्गली प्रजाती, घाँसे बाली, पशुपन्छी, मत्स्य एवम् जलीय आनुवांशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव र कृषकका परम्परागत ज्ञान समेतको संरक्षणमार्फत स्वस्थ जीवन यापनका लागि उपयुक्त पर्यावरण बनाउने दिशामा सचेतना अभिवृद्धि लगायतका कार्यक्रम तथा क्रियाकलाप सप्ताहव्यापी रुपमा आयोजना गरि भव्यताका साथ मनाउन सातवटै प्रदेश र मातहतका निकायहरु, सबै स्थानीय तहहरु, कृषक, कृषक समुह÷सहकारी, विभिन्न संघ-संस्था, मिडिया र सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आव्हान गर्दछौं ।
प्रतिक्रिया दिनुहोस्