
समाजवादको परिचय :
हाम्रो देश कृषि प्रधान देश हो । २०७८को जनगणनामा कृषि क्षेत्रको तथ्याङ्मा घटेको देखिए पनि शहर र ग्रामीण क्षेत्रलाई जोड्ने हो भने अझै पनि ६६ प्रतिशत किसानहरुको योगदान रहेको छ भन्न सकिन्छ । कृषिमा पनि रुप फेरिएको छ । शहरीय कृषि ग्रामीण कृषि बिचमा थोरै भिन्नता छ । गाउँमा गरिने कृषि परम्परागत रुपमा बढी सीमित छ भने शहरमा गरिएको कृषि केही आधुनिक छ । तसर्थ “समाजवाद” एउटा यस्तो आर्थिक व्यवस्था हो, जहाँ कृषि क्षेत्रको योगदान अनिवार्य छ । यसले समाजवादी अर्थतन्त्रको सही दिशा दिन्छ ।
समाजवादी अर्थतन्त्रको मोडल केही भिन्नता हुन्छ । यही मोडल भित्र देशको सम्पूर्ण अर्थतन्त्रको पूर्णतया स्वामित्व सरकारमा निहित रहन्छ, जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनितिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्दछन् । सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरु हुन्छन्, जस्तैः साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्धारा सञ्चालित स्वतन्त्र संस्थान आदि जनाउँछ । तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरुमा फरक–फरक हुन सक्छ । हाल विश्वमा समाजवादी व्यवस्था भएका देशहरु चिन, क्युवा, लाओस, भियतनाम र उत्तर कोरिया छन् । नेपालमा पनि समाजवादी सरकारको वर्चश्व देखिन्छ ।
समाजवादी मोर्चाको दायित्व:
गत असार ४ गते साजमावादी मोर्चाको, नेपालमा घोषणा भयो । नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी मिलेर सामाजवादी मोर्चा, नेपाल गठन भएको हो । जनताको व्यापक सहभागिता र भव्य उत्साहका साथ समाजवादी मोर्चा निर्माण सँगै समाजमा विभिन्न तरङ्गहरु पैदा भएका छन् । यसबाट वामपन्थी, कम्युनिष्ट र समाजवादीहरु उत्साहित भएका छन् भने दलाल पुँजीवादीहरु, राजतन्त्रवादीहरु अत्तालिएका छन् । त्यसो त निरंकुश शक्ति बाहेक कोही पनि हामीसँग तर्सनु नपर्ने यथार्थता मोर्चा आवद्ध नेताहरुले बताईसक्नु भएको छ । समाजवादी मोर्चा नेपाली जनताको मुक्ति, अधिकार र समानताको लागि निर्माण गरिएको स्पष्ट छ ।
समाजवादी मोर्चाको अबको कार्यदिशा नेपालको कृषि क्षेत्रलाई सुधार गर्नु पहिलो प्राथमिकतामा पार्नु पर्छ । मोर्चाले गाउँ र शहर दुबैमा आ–आफ्नो भातृ संगठनहरुमार्फत जनताको घरदैलोमा पुगी समाजवाद उन्मूख कृषि प्रणालीलाई व्यवहारमा उतार्नु जरुरी छ । अहिले देशमा कृषि क्षेत्र नराम्रोसँग पराजित भइरहेको अवस्था छ । कृषि क्षेत्र विजय तर्फ लम्कन उत्साहित बनाउने कार्यदिशामा मोर्चाले भूमिका निभाउनु सक्छ ।
हामीले यो देशको नेतृत्व गर्नु पर्दछ । नेपालीको समस्याको सही समाधान सही विचार, सही नेतृत्वको कार्यदिशाले मात्र हुन्छ । नेकपा (माओवादी केन्द्र) र समाजवाद चाहने पार्टीहरुले नै यसको हल दिने हो र त्यो नैतिक जिम्मा लिन माओवादी केन्द्र र माओवादी आन्दोलनबाट आएका पार्टी अनि समाजवादी पार्टी अगाडि सरेका छन् । यो नै नयाँ विचार, लाईन, व्यवहार र संस्कार संस्कृतिको विकास हो । समाजवाद चाहने पार्टीहरु छुट्टा–छुट्टै पसल खोलेर बस्दा नेपालमा सामाजवाद आउन असम्भव हुन सक्दछ । तसर्थ समाजवादी पार्टीहरु एक ठाउँमा आउनु समयको माग हो, नेपाली जनताको आवश्यकता हो । हामीलाई विश्वास छ , समाजवादमा नै सर्वहारा वर्ग, उत्पीडित र तमाम किसान, महिला, युवा, विद्यार्थी, मजदुरहरुको समस्याको सामाधान सम्भव छ तसर्थ सामाजवादी शक्तिहरु एकजुट हुनु हामी नेपालीको लागि खुशी र गर्वको कुरा हो ।
कृषि क्षेत्रको अधिकतम् विकास गर्न मात्र होइन । राज्यको हरेह तहमा किसानको नेतृत्व सुनिश्चितता जरुरी छ । यही कुराहरुको पहल अब मोर्चाको माध्यमबाट जनतालाई जागरुक बनाउने काम थाल्नु जरुरी छ ।
कृषि क्षेत्रलाई नबुझ्ने र गर्न नचाहने मोर्चाको नेता र कार्यकर्ता हुनै सक्दैन । किनकि अहिले कृषि क्षेत्र पराजित भएको अवस्था छ । हरेक वर्ष कृषि वस्तु आयतमा मात्र नेपालले खर्बौंको खाद्यान्न खानको लागि भित्र्याउनु परेको अवस्था छ । जो कि हिजो हामी अन्न निर्यात समेत गरेको इतिहास साक्षी छ ।
राजनितिक, सामाजिक, आर्थिक सांस्कृतिक र बाहिरी प्रतिक्रियावादी हस्तक्षेपको संकटबाट देशलाई मुक्त गर्न यो मोर्चाको निर्माण गरिएको छ । समाजवाद चाहने कम्युनिष्टहरु, प्रगतिशिल, देशभक्त र राष्ट्रवादी शक्तिहरु, बुद्धिजीवि र देशलाई मायाँ गर्ने सबै जनताहरुलाई एक बनाएर, सकिदैन मोर्चामा सहभागी गराएर या कार्यगत एकता गरेर संघर्ष गर्ने र देशमा वैज्ञानिक सामाजवाद ल्याउन हरपल प्रयत्न गर्ने सामाजवादी मोर्चाको योजना हो । सामाजवादी मोर्चामा विप्लवको जस्तो क्रान्तिकारी पार्टी समाहित हुनु गर्वको कुरा हो । जुन कुरा माओवादी केन्द्रका अध्यक्षले पनि बताई सक्नु भएको छ ।
मानव जातिको उत्पति देखि हालसम्म प्रयोगमा आएका वा ल्याइएका व्यवस्था मध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था भनेको सामाजवादी व्यवस्था नै हो, यो निर्विवाद कुरा हो । तर अब हामीले नेपाल र विश्वमा ल्याउन थालेको समाजवाद लेनिनले सोभियत संघमा प्रयोग गरेको समाजवाद भन्दा पनि परिस्कृत हुनेछ । समय गतिशिल छ भन्ने माक्र्सको भनाईलाई अनुशरण गर्नुपर्दछ र आफ्नो माटो सुहाउँदो गतिशिल समयको समाजवादको निर्माण हामीले गर्नुपर्दछ । अबको समाजवाद मानव श्रम भन्दा पनि विज्ञान प्रविधिको प्रचुर उपयोग गरिएको हुनु पर्दछ, तब मात्र पुँजीवादसँग प्रतिस्पर्धा गर्न सक्दछौं । कोही कसैले एक्ला एक्लै लडेर दलाल पुँजीवादलाई परास्त गर्न नसक्ने बरु क्रमिक रुपमा अबको केहि वर्षमै कम्युनिष्ट भन्ने वित्तिकै जनताले तिरस्कृत गर्ने अवस्था सिर्जना हुने वस्तुगत र आत्मगत अवस्थाले गर्दा समाजवादी मोर्चामा गोलवन्द हुने र नवउदारवाद एवम् संसदवादको विकल्प खोज्ने सबै भन्दा उन्नत र सकारात्मक सोँच हो । तसर्थ सामाजवादी मोर्चा आजको अपरिहार्य आवश्यकताको रुपमा बुझौँ र बुझाउने कोशिस गरौं । यसैमा सामाजिक न्याय सुशासन र समृद्धि अन्तरनिहित रहेको छ ।
कृषि क्षेत्रलाई उठाउन सक्ने हाम्रो भौगौलिक अवस्था हामीसँग अनुकूल प्राकृतिक साधान र स्रोत हुन् । यसको उपयोग भूमि वितरण, र लगानीको माध्यमबाट कसरी व्यवस्थापन गर्ने र कार्यन्वयनमा कसरी जाने भन्ने मात्र समस्या हो । मोर्चाको पनि यही धारणा र विचार हुनु पर्छ । अन्यथा मोर्चा बन्दैमा नेपाली जनताको समस्या समाधान हुने सक्दैन भन्ने विचार अघि सार्नु पर्छ ।
हामी आपंmैंले निकै ठूलो सङ्घर्ष, त्याग र वलिदानबाट निर्माण गरेको संविधानले समाजवादोन्मुख राज्यमा जाने सङ्कल्प गर्दछ । तर, समाजवादका हिमायति शक्तिहरु बिच एकता र सहकार्यको बलियो आधार तयार नहुँदा त्यसको प्रत्यक्ष लाभ व्यवस्था विरोधीहरुले लिन थालेका छन् । यो कम्युनिष्ट एवम् वामपन्थी शक्तिहरुका लागि मात्र चुनौंतीको विषय नभएर लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने सबै शक्तिका निम्ति साझा सरोकारको विषय हो । तसर्थ, उल्लेखित चुनौंतिहरुलाई सकारात्मक रुपमा स्वीकार गरि नेपाली समाजको अग्रगामी रुपान्तरण एवम् जनअपेक्षा अनुरुप जनताको जीवनमा परिवर्तन ल्याउन समाजादी मोर्चाको निर्माण गरिएको हो । वास्तवमा समाजवादी मोर्चा नेपाली विशेषता र मौलिकता सहितको समाजवादी क्रान्तिको कार्यभारमा सहमत शक्तिहरुको संयुक्त मोर्चा हो । नेपालमा अब समाजवादी मोर्चाको निर्माण भईसकेको छ । राष्ट्रिय सभागृहको भव्य कार्यक्रम मार्पmत् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव विप्लव सी ,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष क.माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा समाजवादी मोर्चा, नेपालको उद्घोष गर्नु भएको छ र साझा सहमति पत्रमा हस्ताक्षर पनि गरिसक्नु भएको छ । अब हामी सम्पूर्ण नेकपा (माओवादी केन्द्र)का नेता, कार्यकर्ताहरु र समाजवादी मोर्चामा आवद्ध पार्टीका नेता कार्यकर्ताहरु, सम्पूर्ण देशभक्त, क्रान्तिकारीहरु एवम् समाजवादमा विश्वास गर्ने शक्तिहरु तथा सम्पूर्ण नेपाली जनता मिलेर नेपालमा समाजवाद ल्याउने समाजवादी मोर्चामा गोलवन्द हुँदैे समाजवादी मोर्चालाई साथ दिनु पर्दछ, नेपालमा समाजवादको बिहानीको सुनौंलो किरण ल्याउने जिम्मा हाम्रो काँधमा आएको छ । अब सम्पूर्ण नेपालीलाई समाजवादी मोर्चा, नेपालमा आवद्ध हुनुको साथै सामाजवाद नेपालाको निर्माण गर्नको निमित्त एकजुट हुनु विशेष आग्रह गर्दछु । अबको युगमा समाजवादी मोर्चाको जोड र कार्यदिशा कृषि क्षेत्रलाई ध्यानदिनु र देशलाई समृद्ध बनाउने जस लिन सक्नु पर्छ । यो सबैभन्दा प्राथमिकताको माध्यम कृषि क्षेत्र नै हुन सक्छ । अरुदेशमा अनिकाल पर्दा हाम्रो देशमा सहकाल बनाउनु सक्नु नै समाजवादको उच्चतम् विन्दु पनि कृषि क्षेत्रलाई नै दिन सकिन्छ ।
समाजवादी आन्दोलनमा किसान :
जसरी महिलालाई आधा आकाश ढाकेका नारीहरु भनेर सम्वोधन गरिन्छ । त्यसरी नै किसानहरु पनि धर्तीका सबै मनुष्यलाई भोजन खुवाउने, पेट भरिदिने शक्तिहरु हुन भनेर चिनिन्छ । किसानको उत्पादन विना कोही पनि जीवीत् रहन सक्दैनौं । तर पनि अहिले नेपालको किसानहरु माथि दिन प्रतिदिन ठूला चुनौंतीहरु थपिदै गएका छन् । वर्गका हिसाबले ठूला किसान भन्दा साना किसानहरु धेरै छन् । आजको परिवेशमा सबैभन्दा बढी चुनौंती साना किसानहरुले भोग्नु परेका छन् । दलाल नोकरशाही पुँजीपति वर्गको वर्चश्व भएका कारण देशको सम्पूर्ण स्रोत साधनहरु उनीहरुकै पक्षमा गएका छन् जुन जमीन देखि सबै स्रोतहरु पर्दछन् । समाजवादी व्यवस्था र यसको मुनाफामुखि चरित्र नै यस्को मुल कारण हो । हामी किसानहरु उत्पादन त गर्दछौं, तर उत्पादनले उचित मूल्य पाइरहेको छैन । विचौलियाको हालीमुहाली छ । तसर्थ किसानको उन्नति र प्रगतिको लागि समाजवादी व्यवस्थाको आवश्यक छ भन्न खोजिएको हो । समाजवादमा धनी किसान र गरिब किसान भन्ने विभेद हुँदैन । सम्पूर्ण किसान, मजदुर उत्पीडित जनताहरुको जिम्मा सरकारले लिन्छ । सबै वर्ग र समुदायहरु समानरुपमा फल्ने र फुल्ने अवसर पाउँदछन् ।
कृषि विकासको लागि यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण साधन स्रोत तथा नीतिहरुको सुधार गरिनु पर्छ । कृषि नीति र कार्यक्रमको समीक्षा गरिनु पर्दछ । वैज्ञानिक भूमिसुधार मार्फत कुषि र भुमिको सुधार मात्र होइन, उत्पादनका साधन र स्रोतहरुको व्यवस्थापन, कृषि भूमिको चक्लावन्दी, भूमिको उत्पादनशिलता, प्रकुति तथा वातावरणीय सन्तुलनलाई समेत ध्यानमा राखि त्यसको समुचित उपयोग गर्न सकिने योजना र नीति आवश्यक छ । नेपालमा परम्परागत रुपमा रहेको कृषि क्षेत्रलाई आत्मनिर्भर र म¥र्यादित बनाउँदै कृषि विकासको माध्यमबाट देश र जनतालाई आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्यकासाथ संविधानको मर्म तथा खाद्य सम्प्रभुताको कार्यन्वायन हुने गरि कुषि विकासको मार्गचित्र कोरिनु पर्दछ । कृषि क्षेत्रको सम्पूर्ण अधिकार वास्तविक किसानलाई दिनु पर्दछ तब मात्र किसानको स्थिति बलियो हुन्छ ।
लेखक : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रिय सदस्य हुनुहुन्छ
प्रतिक्रिया दिनुहोस्