२०८१ चैत्र १

दुवाकोटमा मनाए ११५ औं अन्तराष्ट्रिय नारी दिवस

धनबहादुर मगर
भक्तपुर, दुवाकोट, फागुन २४, ८ मार्च २०२५ समान काम, समान ज्यालाको माग रोखेर १९१०बाट शुरु गरेको अन्तर्राष्ट्रिय महिला आन्दोलन आज ८ मार्चको २०२५का दिन विश्व भर श्रमिक महिला दिवस मनाउने क्रममा नेपालमा पनि विभिन्न कार्यक्रम गरि नारी दिवस मनाएको छ ।
८ अण्टा काम, आठघण्टा विश्राम, ८ घण्टा मनोरञ्जनको माग राखेर महिलाहरुले अमेरिका लगायत विभिन्न देशहरुमा शुरु गरेको आन्दोलन आज स्थापिन आन्दोलनको रुपमा आएको छ ।
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला संघर्ष दिवस सफल पारौं, सम्पूर्ण श्रमिक महिला एकजुट हौं, खाद्य सम्प्रभुत्ताको लागि ग्रामीण र लोकप्रिय महिलावादी एकजुट हौं, साम्र्राज्यवाद र नवउदारवाद विरुद्ध सम्पूर्ण महिला एकजुट हौं । श्रमिक महिलाको योगदानलाई राष्ट्रिय अर्थतन्त्रमा मापन गर, महिला लक्षित सम्पूर्ण कानुन तत्काल कार्यन्वयन गर लगायत नाराका सहित महिलाहरुले व्यानर प्लेकार्ड बोकेर नगरपरिक्रम गरि ११५ औं अन्तर्राष्ट्रिय महिला संघर्ष दिवस भक्तपुरको दुवाकोटमा मनाएको छ ।
कैलाशनगर महिला कृषि आयआर्जन समूह, सृष्टि सेवा समाज, महिला आधारशिला, महिला जागृति वचत समूहको संयुक्त आयोजनामा भक्तपुर जिल्लाको चाँगुनाराण नगरपालिका–२, स्थित दुवाकोटमा श्रमिक महिला दिवस मनाएको हो ।
उक्त अवसरमा अखिल नेपाल किसानमहासंघका कोषाध्यक्ष, मार्क एशिया प्यासिफिक संयोजक दयालक्ष्मी श्रेष्ठले १९१० बाट शुरु भएको महिला आन्दोलन सन् १९११ बाट अन्तर्राष्ट्रिय दिवसको स्थापित भई उक्त दिनलाई श्रमिक महिलाहरुले आन्दोलनको रुपमा मनाउदै आएको बताइन् ।
कार्यक्रममा कैलाशनगर महिला कृषक आयआर्जन समूहकी अध्यक्ष शान्ति खड्का पौडेलेले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस आफ्नै ठाउँमा मनाउने निर्णय गरेको बताइन् । पौडेलले भनिन् महिला र पुरुष बिच एउटै काममा समेत पारिश्रमिक लगायत विभिन्न विषयमा विभेद भएको बताईन् । पुरुषले ३५०० सय ज्याला पाउँदा महिलाले १५ सय रुपैयाँ पनि ज्याला नपाउने बताइन् । पौडेलले अधिकार मागेर पाइदैन खोस्नु पर्छ । महिलाको शिक्षा, स्वास्थ्य र रोगजारमा समान अवसर पाउनु पर्छ ।
त्यसैगरी आधारशिला संस्थाकी कार्यक्रम संयोजक कल्पना सिटौलाले अधारशिलाले महिला र बालबालिकाको हक र अधिकारका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम चलाउँदै आएको बताइन् ।
सिटौलाले संयुक्त राष्ट्र संघले १९७५ मा मान्यता दिएपछि ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउदै आएको बताइन् ।
२६ वर्ष अघि १२ वर्षीय बालिकालाई वेपत्ता पारेको अवस्था आधारशिला संस्थाको स्थापना भएको बताउँदै त्यसपछि संस्था निरन्तर आफ्नो लक्ष्यमा अघि बढीरहेको बताईन् । आज पनि ६० जना बालबच्चाहरु रहेको र उच्च शिक्षा समेत हासिल गरिरहेको बताउँदै कतिपयको आमा–बुबाको समेत अत्तोपत्तो नभएको पनि बताईन । बाउले जुवा खेलेर छोरीलाई दाउमा राख्दाको अवस्था छुटाएर ल्याएको बताउँदै बिवाहको लागि तयार गरेको अवस्थामा संस्थाले उद्धार गरेको पनि बताईन् । अहिले ति बच्चाहरु उच्च शिक्षा हासिल गरिरहेका छन् । भक्तपुरमा त्यस प्रकारको अवस्था अझै पनि न्यूनिकरण हुन नसकेको बताउँदै न्यायको संस्थामा आउने बताइन् । घरायसी झगडा हँदा मिल्ने अवस्थासम्म कानुनी सहायता दिएर मिलाउने गरेको बताईन । अन्याय परेका छन् भने नपुर्न होला । नगरपालिकासँग समन्वय गरेर काम गरिरहेका छौं ।
त्यसैगरि महिला जागृति बचत समूहकी अध्यक्षमा कृष्ण कुमारी श्रेष्ठले ‘दिदी बहिनी एकजुट भइ बढौं, अब हामी अन्यौलमा नपरौं, स्वतन्त्रमा बाच्नु सबैले सिकौं र सबैलाई सिकाऔं भन्ने सन्देशमूलक सुन्दर गीतहरु प्रस्तुत गरेकी थिइन् ।
उक्त अवसरमा अखिल नेपाल किसान महासंघका कोषाध्यक्ष, मार्कका एशिया प्यासीफिक संयोजक दयालक्ष्मी श्रेष्ठले कार्यक्रमको संयोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain