नेपालीे भान्सामा ९० प्रतिशत विदेशी सामानको प्रयोग
धनबहादुर मगर
काठमाडौं फागुन ५, फरवरी १७ साप नेपालको आयोजनामा ‘‘पुर्णीमा सम्वाद’’ अन्तर्गत
कृषि विज्ञ, उद्यमी, अध्यापन, विद्यार्थी, अभियानकर्मी किसान संघ–संगठन बिच, ‘‘कृषि तथा कृषिमा
आधारित उद्योगको विकासमा विद्यमान चूनौंती र विभिन्न निकायहरुको भूमिका’’ विषयक अन्तरक्रिया
कार्यक्रम साप नेपालका अध्यक्ष गीता भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ ।
पुर्णीमा सम्वाद कार्यक्रममा राष्ट्रिय किसान समूह महासंघका अध्यक्ष नवराज बस्नेतले आफ्नो संगठन साना कृषकहरुको भएको बताउँदै उद्योग भनेको बाहिरबाट कच्चा पदार्थ ल्याएर सामान उत्पादन गर्ने भनेर बुझिन्छ । उत्पादन नभएको होइन दूध डेरी उद्योगले किसानहरुलाई चिन्नुपर्छ । १ लाख २० हजार लिटर दूध प्रतिदिन उत्पादन हुन्छ । यहाँको दूध चलायो भन्ने र धेरै किसान घर परिवारलाई पाल्न सक्थ्यौं । छरिएर रहेका उत्पादनलाई मेन स्ट्रीममा ल्याउन चाहने हो भने कृषि अगाडि बढ्न सक्थ्यो निराश हुन पर्दैनथ्यो । अहिले किसानहरुलाई हातमा लाग्यो शुन्या नबनाउन आग्रह गर्दछु ।
गैह्र–सरकारी संस्था महासंघका काठमाडौ जिल्ला अध्यक्ष रत्न उप्रेतीले कृषि प्रधान मुलुकमा कृषिमा आधारित भएर बाँच्ने र बचाउनको निम्ति सम्बन्धित निकाय खुलस्त हुन नसकेको बताउनु भयो । बिउमा आत्मनिर्भर हुन नसकेको र हरेक एग्रोभेट सेन्टरहरुले बिउहरु भारतबाट ल्याएर काम चलाएको छ । समस्या पर्दा आन्दोलन गर्छ । क्षतिपूर्तिको अभाव छ ।
कृषि वन विश्वविद्यालयका सह–प्राध्यापक हुमा न्यौपानेले चिया बाहेक अर्गानिक फार्मिङ्गमा जान सक्छौ. या सक्दैनौं । अत्यधिक मात्रा विषादीको प्रयोग गरिन्छ । केराउको कोशा वा घाँस गाईवस्तुलाई समेत खुवाउनु हुन्न । कृषिको लागि स्थानीय जनप्रतिनिधीले खर्च गर्ने मेसो समेत छैन । नेपालको सिड टेड्रस डिस्प्लेस हुने अवस्था छ । सयपत्रीको फुल यही नै निकाल्न सक्छौं । सहकारी मार्फत विस्तार गर्ने हो भने एग्रो वेस उद्योग बन्न सक्छ । सहकारी मार्फत संकलन भएर ल्याउन सजिलो पनि हुन्छ ।
बागमती प्रदेशका पूर्व सचिव अच्युत प्रसाद ढकालले कृषिलाई उद्योगको रुपमा अगाडि बढाउने भनेर बिभिन्न कार्यक्रमहरु आएको छ । चुनौंती छ, कृषिको समस्या के हो ? उद्योगको समस्या के हुन् ? कृषि ऋण प्रवद्र्धनमा ठूलो समस्या छ । इन्पुट सप्लाई गर्न बजार छैन । उच्च अस्थिरता छ । जमीन वितरण वैज्ञानिक छैन । अनुसन्धान असाध्य कम छ । आउटडेटेड प्रशोधनको समस्या छ । औद्योगिक क्षेत्रको रुपमा सहयोग पुग्ने किसिमको कार्यक्रम अझै हुन सकेको छैन । कृषिमा आधारित उद्योगलाई कृषि मन्त्रालय भित्रै रहने वा अहिले उद्योग मन्त्रालय अन्तर्गत नै यसको छिनोफानो हुन पर्छ ।
सानै रुपमा भएपनि जैविक विषादी उत्पादन गर्न कार्यक्रम ल्याएकोमा भने अनुसार स्थापना हुन सकेन । नेपालको सेना र प्रहरीहरुका लागि हामीले कपडा बनाउने सके हाम्रो उद्योग दिगो हुनसक्छ ।
कृषि विज्ञ बालकृष्ण देउजाले उत्पादनको भोलम बढाउनु सक्नुपर्छ बजारमा लगेर मात्र हुँदैन । उद्योग जानु पहिले बजारको ग्यारेन्टी भएपछि मात्र उत्पादन बढाउनु पर्छ । चेन भत्किएको छ । कम्तिमा किसानको सामान एक महिनासम्म जोगाएर राख्ने व्यवस्था भयो भने बजार मूल्य पनि राम्रो पाइन्छ । केही वर्ष पहिले विदेशमा गएको युवाहरुले कृषिमा लगानी गरेको थियो । अहिले उनीहरु निराश भएर फेरि विदेशतिरै फर्केको अवस्था छ । उत्पादनको साधान भूमि, जनशक्ति, लगानी, ऋणको जरुरी हुन्छ । बैंकले ऋण दिन चाहँदैन, हुँदेन पनि भन्दैन । जसको कारण प्रेमप्रसाद आचार्य मात्र नभई धेरै किसानहरु जलेको अवस्था छ ।
कर्मचारीतन्त्रबाट किसानलाई सहयोग पु¥यायो जस्तो लाग्दैन । कृषिमा विमा प्रभावकारी भएको छैन । सहकारी मार्फत नै संकलन गरेर नेपाली किसानको उत्पादन दिगो बनाउन सकिन्छ । बजार नेपालमै छ । खाली प्रतिस्थापन गरे मात्र पनि पुग्छ ।
कृषि विज्ञ, किरणराज जोशीले कृषिमा कृषि, पशुपन्छी र माछा पालनमा जस्ता ३ वटा कल्चरमा ध्यानदिनुपर्छ । एग्रीकल्चर राम्रो गर्नु प¥यो । फिसरी व्रिडर राम्रो हुनु प¥यो । निर्यात गरेर पैसा पनि कमाउनु पर्छ । स्थानीय सरकारले यस्तो कुरा बुझ्दैन । सीमानामा बजार खुला भएपछि नियन्त्रण गर्न सक्दैन । प्रधानमन्त्री कृषि पढेको व्यक्ति हुन् । उनले कृषि बुझेको छ । कृषिलाई स्थानीय तहबाटै बझ्ने बनाउनु पर्छ ।
कृषि उद्यमी दीपक मिश्रले नेपालीको भान्सामा ९० प्रतिशत विदेशी सामान हुन्छ । चामल ग्राफमा चढेको छ । हाम्रो माटो बिगे्रको छ । मैले अर्गानिक उत्पादनको लागि १०५ रोपनी जमीनमा सिन्धुपाल्चोकको डडुवा र १६ रोपनी गोकर्णमा कृषि गरिरहेको छु । अर्गानिक गर्दैमा उत्पादन घट्ने होइन । एकजनाले गोलभेडा लगायो अर्कोेले पनि त्यही गर्छन् । फाल्नु परेको अवस्था त्यो पनि हो । २१ वर्ष भयो अहिलेसम्म कृषि ऋण खाएको छैन । गाउँगाउँमा समेत बाहिरको उत्पादन पुगिरहेको छ ।
हेल्भेटासमा कार्यक्रम प्रमुख हरि गुरुङले केरामा काम गर्दा केही उत्पादनमा सवसिडाइज गरेका थियौं । उद्योगको रुपमा लैजान लगानी र ऋणको पोलिसी बनाउन खोज्यौं । ऋण पाउने नीतिलाई अभ्यासको रुपमा जानु पर्छ भन्ने लागेको छ । भारतको कृषिको हब नजिकै उद्योगहरु पनि सँगसँगै स्थापना भएका छन् । र चिन भारतको जस्तै सेवा सुविधा र ऋणमा पहुँच बढाउनु पर्छ ।
जडिबुटी उद्यमी गम गुरुङले किसानका परिभाषा हुनुपर्छ । पढ्ेकोले कुटो कोदालो गर्दैन । जसले पढेको छैन कृषिमा काम गर्छ । म जडिबुटी उत्पादन र इण्डिजिनियस शिपमा आधारित औषधी बनाउँछु । अर्गानिक सर्टिफाई गर्नुपर्छ रे । विज्ञान प्रविधिलाई जोड्नु पर्छ । परम्परागत दिगो हुन्छ । मेरो छोरो इन्जिनियरि पढ्छन् । मैले उनलाई कृषिमा किन नजोड्ने ? मैले एरोमेटिक र मेडिसिनल प्लान्टको काम गर्छु । यो विषय विज्ञहरु धेरै ठाउँमा पुग्दा पनि पाउन सकेन । अनुभव, शिक्षा र प्रविधिलाई जोड्नु पर्छ ।
अभियानकर्मी निर्मल प्रसाद रेग्गीले सहकारी मार्फत न्यूनतम् समर्थन मूल्य छलफलमा ल्याएर स्थानीय सरकारले ग्यारेन्टी गरियो भने कृषि उत्पादन बढ्नसक्छ ।
हिकास्टा सह–प्राध्यापक सुस्मिता श्रेष्ठले कृषिमा आधारित उद्योगको लागि धेरै चुनौती छ । अनुसन्धान मार्फत प्रविधिलाई पनि जोडेर कृषि प्रवद्र्धन गर्नुपर्छ । ति विषयहरु किसानसम्म पुग्न सकेको छैन । उपभोक्तामा आधारित माग भएकोले विचौलियाले मात्र फायदा लिएको छ । कृषिका विद्यार्थीहरु बेरोजगार हुने समस्या छ ।
मानवअधिकारकर्मी लगन चौधरीले कृषिको समस्या विगत देखिनै समाधान गर्न नसक्नुमा खुला बजार र सरकारको फितलो नीतिका कारण किसानहरुले त्यसको मार भोग्नु परिरहेको बताउनु भयो ।
अखिल नेपाल किसान महासंघका सचिव सरिता भुसालले कृषिलाई कसरी उठाउने भन्ने विषयमा हुटहुटी हुन्छ । उद्योगमा जोड्न मूल्य श्रँृखलामा जानु पर्छ । उद्योगमा जान भुमिको व्यवस्थापन नगरिकन हुन्न । भुमि व्यवस्थापन प्रमुख विषय हो । स्वेच्छिक उत्पादनको भोलममा उत्पादन गर्न सक्ने उद्योगमा जान सक्छौं भने अनि मात्र उद्योगको आधारहरु तयार हुनसक्छ । देश संघीय संरचनामा गईसक्यो । के गर्ने भन्ने कुरामा अन्यौल छ । ३ वटा सरकार छ तिनवटैबाट एउटै काम गरिरहेको छ । हामीले लौन गर भनेर भनिरहनु परेको छ ।
महिलाहरुको कृषिमा ७२ प्रतिशत योगदान छ । कर्मचारी महिलालाई सुत्केरी विदा हुन्छ । किसान महिलालाई कुनै सुविधा हुन्न । स्वैच्छिक चक्लावन्दीमा गयौं भने बजार र किसानको दूरीलाई कम गर्न सक्छौं । पालिकाले स्पष्ट योजना बनाएर उत्पादनमूखी अथर्ततन्त्रमा जानु पर्छ । राज्य र हामै्र तालमेल हुन सक्दैन । उच्चमूल्य वस्तुमा जोड दिनु पर्छ । उत्पादन गर्छ एउटाले, मुल्य निर्धारण गर्छ अर्कोले । यस्ता समस्याको समाधान खोजिनु पर्छ ।
उद्योग व्यवसायी नरहरी थापाले नार्क संयोजनको अभाव छ । कृषि क्षेत्र जागिर खाने भाँडो मात्र भएको छ । नेपाल अहिले कृषि प्रधान देश होइन । अहिले कुल्ली उत्पादनगर्ने देश बनेको छ ।
संसारमा बढी रोजगार दिने क्षेत्र भनेको कृषि क्षेत्र नै हो । कृषिको उत्पादन जति छ बजारको समस्या छैन । व्यवस्थापन मात्र भएको छैन । उच्च क्षेत्रमा उत्पादन गरिएका ग्रीन टिको संसारमा माग छ ।
बिएस्सी एजी पढेपछि घुम्ने कर्चीमा बस्छ । पढ्दै कमाउदै गर्नु वातावरण बनाउनु पर्छ । ६ वर्षमा पढाईपनि पूरा हुन्छ पैसा पनि कमाउँछन् ? त्यसतर्फ ध्यान देउन् ।
अखिल नेपालको किसान महासंघका कोषाध्यक्ष प्रेम नारायण अधिकारीले कृषिलाई औद्योगिकीकरण गर्न वातानुकुलिन बनाउनु पर्छ । कतिले करौंडौं लगानी गर्नु भएको छ, कृषि मन्त्रालयबाट ह्यारेसमेन्ट भयो भनेको सुन्दा दुःख लाग्छ ।
म च्याउ व्यवसायी, च्याउ ३ बजे बजारमा ल्याउँनु पर्छ । पुलिस चेकिङ्ग हुन्छ ३ बजे पछि प्रत्येक १० मिनेटको बिचमा मूल्यमा ह्रास आउँछ । कृषिमा कसैले दोहो¥याएर अुनदान लिएको छ । अनुदान सरकारले दिने हो भने उत्पादनमा आधारित गरेर दिनुपर्छ ।
प्रा.डा आनन्द आदित्यले कार्यक्रमको संक्षिप्त समीक्षा गर्दै अति उच्च र न्युनतम् मूल्यको कृषि उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । यसमा साप नेपालले गरेको कार्यक्रम महत्वपूर्ण भएकाले यस्तै कार्यक्रमहरु निरन्तर गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रमको संयोजन साफ नेपालका निर्देशक नरेन्द्र जोशी तथा कार्यक्रम सहजता सन्तोष भण्डारीले गर्नु भएको थियो ।