अन्तर्वार्ता

अनुदानको पछि लागिन ः लम्साल

कृषि क्षेत्रमा सक्रिय युवा दामोदर लम्साल हाल उहाँ शुभतारा गौशाला फार्मका प्रबन्धक हुनुहुन्छ उहाँसँग कृषि जर्नल अनलाई पत्रिकाको लागि धनबहादुर मगरले गरेको प्रस्तुत ः कुराकानीको अंश
यहाँको परिचय दिनुहोस् न ?
दामोदर लम्साल जन्म धादिङ, हाल कलंकी, काठमाडौं ।
यहाँले कहिले देखि गाईपालन गर्दै आउनु भएको हो ?
२०७० सालमा नै गाई फार्म दर्ता गरेर २०७१ असार १५ बाट शुरु गरेको थिएँ ।
त्यो भन्दा अगाडि के गर्नु हुन्थ्यो ?
म नेपाली काँग्रेस निकट तरुण दलको केन्द्रीय सदस्य थिएँ । त्यतिबेला हामी युवाहरू बाहिर नजाऔं भन्थेँ, के गर्ने भन्ने कुनै निकास थिएन । त्यो निकास खोज्ने क्रममा म गाईपालन व्यवसायमा लाग्नु पुगँे ।
गाईपालन गरेपछि कस्तो–कस्तो समस्या आयो तपाईलाई ?
१५ वटा गाईबाट शुरु गरेको थियो पछि २५ वटा पुग्यो गाईपालन शुरु गरेको हप्ता दिन पछि नै २०७२ माघ १० गते विनाशकारी भुकम्प आयो । भकम्पले विभिन्न कारण दुध पु¥याउन नसक्ने अवस्था आयो । ग्राहक घट्दै गयो त्यतिबेला व्यवस्थापन गर्न गाह्रो प¥यो । जतिबेला साँढे २ सय लिटर दुध उत्पादन गर्थेँं । त्यतिबेलासम्म राम्रै थियो । फेरी भारतले नाकावन्दी लगायो । नाकावन्दीमा दाना–भुसा ल्याउन हामीलाई गाह्रो प¥यो । दुध उत्पादन स्वाट्टै घट्यो । दुध घटेपछि ग्राहकहरू पनि घटे । तर जे जति भएपनि दुध उत्पादन निरन्तरता दिदै थिएँ फेरी गाइमा खोरेट रोग लाग्यो । खोरेट रोग लागेपछि मलाई झन् ठूलो समस्या आयो ।
तपाईले आधुनिक तारिकाले गाई गोठ बनाउनु भएको छ, लगानी कसरी जुटाउनु भयो ?
म केही गर्नु पर्छ भन्ने मान्छे, मसँग पैसा पनि थिएन । पहिले एउटा सहकारीसँग सहकार्य गर्ने कि भन्ने साँेच आयो । तर पछि सहकारी सँगको सहकार्य गर्नु भन्दा एकल नै गरौं भन्ने सोच आयो । मैले दुइपटक गरी कृषि विकास बैकबाट १० प्रतिशत व्याजमा ३० लाख रुपैयाँ र प्राइम बैंकबाट ६ प्रतिशत व्याजमा ४५ लाख रुपैया ऋण लिएर गाईपालन व्यवसाय शुरु गरेँ । त्यही हो मेरो अनुदान भने पनि ।
कृषि ऋण लिएर दुरुपयोग गर्नेहरू धेरै छन् भन्ने सुनिन्छ नि ?
कृषिका लागि लिएका ऋणहरू दुरुपयोग नहोस् भन्ने हो, तर अहिले दुरुपयोग भएको छ भन्ने सुनिन्छ । कृषिको लागि ल्याएको ऋण कृषिमै लगाउनु पर्छ भन्ने मेरो मान्यता छ । तर यहाँ त कृषि ऋण लिने जग्गा किनबेच र ठेक्का पत्तामा लगाउने यस्ता बदमासीहरू पनि देखिएको छु ।
कहिले काहीँ तपाईको कृषि फार्म राखेर कृषि ऋण लिनु पु¥यो भन्नेहरू आउँछन् । मैले भन्ने गरेको छु नमस्कार हजुर पहिले कृषि गर्नुहोस् अनि कृषि ऋण पाउन हुन्छ भन्छु । त्यस्तो साथीहरूलाई त्यस्तै जवाफ दिने गरेको छु ।
तपाई जस्तो युवा यतिबेला पनि भरखरकै हुनुहुन्छ । त्यतिबेला कति वर्षको हुनुहुन्थ्यो गाईपालन शुरुगर्दा ?
अहिले म ४६ वर्षको भएँ । त्यतिबेला ४० वर्ष आजभन्दा ठीक ६ वर्ष अघि हो ।
नेपाल तरुण दलको केन्द्रीय सदस्य पनि भइसक्नु भएको रहेछ ।
नेपालको राजनीति राम्ररी बुझेकाले, राजनीति कसरी अगाडि बढेको छ ?
दुर्भाग्य भनौ या के भनौं, हामीले विद्यार्थी कालमा सामाजिक सेवामा सक्रिय हुनुपर्छ, देशको व्यवस्था फेर्नु पर्छ भनेर एसएलसी नदिदै राजनीतिमा लागियो । २०४६ सालको परिवर्तनले केही गर्नु पर्छ भन्ने उत्साह जगायो । हाई स्कुलमै राजनीति गरेर सामाजिक सेवा गर्नुपर्छ भनेर लागे पनि अहिले राजनीति बुझी नसक्नु भएको छ ।
यहाँ राजनीति गरेको मान्छे, लागि रहनु पनि भएको छ, राजनीतिक र व्यवसाय दुबैलाई सँग–सँगै ल्याउँदा कस्तो कठीनाई भोग्दै आउनु भएको छ ?
म राजनीति र व्यवसाय सँग–सँगै लानुपर्छ भन्ने मान्छे । पेशा, व्यवसाय राजनीति होइनन्, पेशा, व्यवसाय जीवन यापनको लागि गरिन्छ । व्यवसायबाट मानिसलाई जीवन यापन गर्ने र आर्थिक आर्ज गर्ने माध्यम पनि हो ।
र म एउटा माध्यम वर्गीय किसानको छोरो, पहिले पनि किसानै गरेको र अहिले पनि किसानै गरेको छु । म शिक्षित युवा हुँदा–हुँदै पनि कृषिमा लागेर कृषि विकासको लागि सानो इट थप्ने अभिप्रायले कृषि पेशा अंगालेका हुँ ।
तपाईले ३० लाख भन्दा बढी लगानी गरीसक्नु भएको छ । सरकारको तर्फबाट अनुदान पाउनु भएको छ कि छैन ?
अनुदानको चक्करमा म लागिन । तपाईलाई थाहा छ जसले दुःख गरेर पेशा, व्यवसाय गर्छन् दुःखका साथ भन्नु पर्छ जसले पाउनु पर्ने सेवा सुविधा हो पाइरेको हुँदैन । अहिले टाठा– बाठाले जो पेशा, व्यवसाय अंगाल्दैनन् कागजको भरमा तिनले मात्र सुविधा पाएका छन् । किनभने मेरो लगानी नै ४० लाख पुग्यो आजसम्म नेपाल सरकारको अनुदानको रुपमा एकदुई लाख भन्दा बढी लिएको छैन । तर, गाई पालन गरेर होइन । माछा पालनको लागि लिएको थिएँ र भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन । हामीले त्यो त्यो राज्य संयन्त्र सम्म पहुँच पु¥याएन वा राज्य संयन्त्रमा बसेकाहरूसँग मैले अनुदान लिन चाहेन । तपाई त्यो कुरा बुझ्नुहोस् किन चाहेन भन्ने कुरा । किनभने त्यहाँ अप्ठ्यारो छ, कमीशनको खेल हुन्छ । प्रष्ट भनिदिन्छु म एउटा युवा हुँ । म राज्यको सेवा गर्ने भनेर लागेको मान्छे, र कमीशनको विरोध गर्ने मान्छे हुँ । मैले गाईपालन शुरु गरे देखिनै तपाईसँग प्रत्यक्ष अप्रत्य हाम्रो भेट भइरहेको छ । तपाई पनि किसानी गरेको पत्रकार हुनुहुन्छ । तपाईसँग पनि यस्तो तिता–मिठा अनुभव होलान् ।
वास्तविक किसानले अनुदान पाएनन् त्यसकारण अनुदान प्रक्रिया रोक्नुपर्छ भनेर वहस चलिरहेको छ । यस विषयमा के भन्नु हुन्छ ?
अनुदान केही समयसम्मको लागि हो । उ किसान सशक्त नभएसम्म, उसको व्यवसाय नफस्टाएसम्म दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । जब उ त्यस व्यवसायमा सशक्त बन्दैन । अनुदानको प्रक्रियालाई रोक्नु भन्दा बदल्नु पर्छ भन्ने मेरो विचार छ । उदाहरणको लागि १०० वटा गाईपालन गर्ने किसान ५ वटा गाईपालन किसानले पनि लगानी र योगदानको आधारमा अनुदान पाउनु पर्छ । उदाहरणको लागि भारतबाट दाना ल्याउनु पर्छ । त्यो भन्सार शुल्क कम गरिदियो भने त्यो ५ वटा गाई पाल्ने किसान र १०० वटा गाईपालन गर्ने किसानले पनि त्यही मूल्यमा दाना पाउँन सक्छ । तर अनुदान ५ वटा गाई पाल्ने किसानलाई नहुन पनि सक्छ । अहिलेको प्रकया यस्तो छ । तपाई झन् यस क्षेत्रमा भिजेर पत्रकारिता गरिरहुन भएको छ । अनुभवी पत्रकार हुनुहुन्छ । हरेक किसानकहाँ पुग्नु हुन्छ । र कृषि क्षेत्रमा नै पत्रकारिता पनि गरिरहनु भएको छ, यो त धेरै दुर्लभको कुरा हो । अन्याथ नलिनुहोस् तपाईको वर्गले तेरो समाचार पत्रिकामा छापीदिउँ कि मलाई सहयोग गर्छ भन्ने पत्रकारहरू पनि छन् । यस्तो विकृति सबै क्षेत्रमा छन् । त्यस्तो विकृतिलाई तपाई हामीले हटाउनु पर्छ । हामी जस्तो व्यक्तिहरू कमीशन र भ्रष्टाचारमा मुछियो भने हाम्रो अर्थ हुँदैन ।
यहाँले अनुदान दिने विषय असाध्य महत्वपूर्ण विषय उठान गर्नु भएको छ । ‘जो सशक्त’ नभएसम्म दिनुपर्छ भन्नु भएको छ । यहाँको अनुभवमा नेपालमा किसानहरू सशक्त भएर अगाडि बढेको पाउनु भएको छ कि छैन ?
किसानहरूलाई सशक्त बनाउन स–शक्तीकरण अभियान चलाएको मैले देखेको छैन । फेरी जब हामी यस पेशा व्यवसायमा लागि सकेपछि यसमै भुलिदो रहेछ । बाहिरी संसारमा जान फुर्सद नै हुँदो रहेनछ । म अहिले राजनीतिक रुपमा पनि धेरै पछि हटेको छु । व्यवसाय गरेपछि लाग्नै नपाइने रहेछ ।
यो पेशामा जनशक्ति पाउन छोडेको छ । भन्दा ३० औं लाख युवा शक्ति विदेश गएको छ भनिन्छ । तर नेपालमा कृषिमा काम गर्ने जनशक्तिको अभाव छ । त्यसो भएपछि आफै लाग्नु पर्ने पनि हुन्छ । कृषि क्षेत्रलाई सशक्त बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना छ । किसानसम्म पगेको छ कि छैन मलाई थाहा छैन । तपाईलाई थाहा भएको भनिदिनु होला ।
२०७१ सालदेखि निरन्तर कृषि क्षेत्रमा लागेर गाईपालन गर्नु भएको छ । यहाँले रोजगार पनि दिनु भएको छ । कतिपय कृषि गर्ने किसानहरू ऋणमा डुबी राखेको छ भन्छन् । यहाँ चाहीँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ ?
धनबहादु जी आर्थिक रुपमा यो व्यवसाय आफैमा नराम्रो होइन । नेपालको सन्दर्भमा कृषि व्यवसाय एकदमै राम्रो छ । तर जो उत्पादन गर्नु गाह्रो छ । नेपालको सन्दर्भमा जसले उत्पादन गर्छ विचमा विचौलियाले बढी फाइदा लिन्छ । मैले उत्पादन गरेको दुध, घर–घरमै लगिदिन्छु र पो मलाई त्यस्तो समस्या छैन । आर्थिक रुपमा मनग्ने उत्साहजनक छैन । तर यसो भन्दाभन्दै साथीभाईहरूलाई निरुत्साहित बनाउन चाहान्न व्यवसाय राम्रो छ । हामीले व्यवस्थापन गर्न सक्यो भने फाइदा छ ।
उदाहरणको लागि १० वटा दुहुनो गाईबाट १ दिनमा एउटा गाईबाट १५ लिटर दुध दिन्छ भने २ पटक गरी ३०० लिटर हुन्छ । यदि एउटा किसानले व्यवसायिक रुपमा ३०० लिटर दुध ८० रुपैयाँमा प्रति लिटर बित्री गर्न सक्यो भने मासिक रुपमा १ देखि २ लाख रुपैया आम्दानी गर्नलाई कुनै समस्या छैन । सबै खर्च कटाएर ३० देखि ३५ लाख ऋण लिएपनि व्याज तिर्न पुग्छ ।
यहाँले दुध उत्पादन गर्नु हुन्छ, बजारको समस्या छ कि छैन ?
काठमाडौंमा समस्या छैन । आफूले शुद्ध दुग्ध दिनुपर्छ । उपभोक्ताले खुशीसाथ बजारको दुग्धलाई भन्दा एकदुइपैसा बढी नै तिरेर उपभोग गर्नुहुन्छ ।
तर धेरै दुध उत्पादन गर्ने किसानलाई भने ठूलो मर्का छ । जो डेरी उद्योगहरूले दुग्ध संकलन गर्ने भएकाले कोभिड–१९ का कारण किसानलाई धेरै ठूलो समस्या छ ।
गाईपालनमा लामो अनुभव गर्नु भएको छ । काठमाडौं उपत्यकामा गाईवस्तुमा कस्ता–कस्ता रोगव्याथी आएको देख्नु भएको छ ?
गाईवस्तुहरुमा थुनेलो रोग प्रायः देखिन्छ, अर्को रोग खोरेट हो । त्यो रोगले गाइवस्तुहरू सखाप नै बनाउँछ । त्यो एक प्रकारको कोभिड–१९ जस्तै गाईवस्तुमा लाग्ने भाइरस रोग हो । एउटा गोठबाट अर्को गोठमा सर्न सक्छ । वस्तुबाट वस्तुमा र वस्तुबाट मान्छेमा पनि सर्न सक्छ । रोग लागेको गोठमा विना निर्मलीकरण पस्यौं भने हामीलाई पनि सर्न सक्छ । हावाबाट सर्ने भाइरस हो र त्यसलाई ६÷६ महिनमा खोप लगाउनु पर्छ त्यसपछि धेरै असर गर्दैन । सामान्यतया नाम्ले, जुका त लाग्छ नै । त्यसलाई पनि ६÷६ महिनामा औषधी खुवाउनु पर्छ ।
विमा गर्नु भएको छ कि छैन ?
गरेको छु, तर विमा हामी किसानहरूका लागि सजिलो छैन । त्यसकारण म विमा कम्पनीहरूलाई के अनुरोध गर्दछु भने एउटा क्राइट एरिया बनाउनुहोस् हामी किसानलाई पनि हुने, विमा कम्पनीलाई पनि असर नपर्ने । किसानले २ लाखको गाई ल्याइएको हुन्छ । विमा कम्पनीहरूले जम्मा ५०÷६० हजारको विमा गरिदिन्छ । हामीले भनेको अधिकत्म ८० देखि ९० हजारसम्मको विमा गरिदिनु होस् भन्ने आग्रह गरेको छु ।
कहिले काहीँ हिजो ल्याइएको गाई आजै मरिदिन्छ । मेरो १÷२ वटा केशमा त्यस्तै भयो बिहान गाई दुहेँ । दिउँसो घाममा लगेर राखे । बेलुकी मान्छेलाई हर्ट अट्याक भए जस्तै गरी मरेको पाएँ । त्यस्तो कसरी भयो पहिचान नै हुँदैन । उपचार गर्न नपाइने अवस्था पनि आउन सक्छ । त्यस्तो बेला विमा कम्पनीलाई उचित रुपमा विमा गरिदिनु भयो भने किसानलाई राम्रो हुन्छ ।
नेपालको कृषि दिन प्रतिदिन खस्किदै गइरहेको छ । पशुपन्छी पालन बाहेक अन्य क्षेत्र खस्किदै गइरहेको छ । नेपालको कृषि कसरी अगाडि बढ्ला जस्तो लाग्छ ?
हामी विगतमा अन्नबालीमा आत्मनिर्भर थियौं । अहिले आत्मनिर्भर हुन छोड्यो २÷४ वर्षदेखि भने दुध र मासुमा आत्मनिर्भर भएका छौं । मलाई थाहा छ, पाउडर दुध निर्यात हुन्छ । कोभिड–१९ पछि विदेश गएका युवाहरू नेपाल आएका छन् । एउटा विद्धानले टेलिभिजनमा भन्नु भएको थियो । जो सँग जमीन छ उसले काम गर्दैन । जमीन ओगटेर राखेको छ । जसले काम गर्न चाहेको छ जमीन नभएर काम गर्ने वातवरण पाएको छैन । यो वातावरण बनाईदिने दायित्व राज्यको हो ।
कसैसँग ५०औं विगाह जमीन छ । त्यसै खेर गइरहेको छ । उसले कहिले भाउ पाउँला भनेर उसले किन होल्ड गरिरहेका छ ।
त्यसलाई राज्यले उसलाई मुआव्जा दिएर हुन्छ कि के गरेर कृषि उत्पादनको लागि बाँझो नरहने गरी जमीनहरू प्रयोगमा ल्याउनु पर्छ ।
अहिले विश्वमा कोभिड–१९को प्रकोपले गर्दा ठूलो जनधनको क्षति भएको छ । तपाई सशक्त कृषि उद्यमी भएको नाताले तपाईलाई असर पारेको छ कि छैन ?
वास्तवमा आफ्नो क्षेत्रभित्र बजार भएकाहरूलाई त्यति धेरै असर गरेन । तर आफ्नो क्षेत्रमा बजार नहुने बाहिर बजारीकरण गर्नुपर्ने किसानहरू प्रायः सबैलाई असर पारेको छ । तरकारी र फलफूलहरू बारीमै कुहिएर फाल्नु परेको छ । जस्तैः धादिङरू र वारा, पर्सा जिल्लाको बजार भनेको काठमाडौं हो । तर मैले गरेको उत्पादनमा चाहीँ कोभिड –१९ कै कारण काठमाडौ उपत्यकामा बजार पाइएन भनेर भन्नु परेको छैन । अर्को फलफूल तथा तरकारी खपत हुने क्षेत्र भनेको होटल रेष्टुरेन्ट हुन् । अहिले पूरै बन्द भएको छ । परिवारिक हिसाबले कतिनै तरकारी खपत हुन्छ र ? सबै नेपालीको २÷४ आन र १ रोपनी जमीन नभएकाहरू कमै छन् । ती जमीनहरूमा खेती गरेर पनि तरकारीहरू खान्छन् । किसानले त झन् आफै उत्पादन गर्ने भएकाले आफ्नै बारीको फलाउँछन् । होटल तथा रेष्टुरेन्टहरूमा लाने किसानहरूलाई ठूलो मर्का परेको छ ।
तपाई राजनीतिक, शैक्षिक रुपमा पनि सशक्त युवा हुनुहुन्छ, नेपालको कृषिलाई सशक्त रुपमा अगाडि बढाउन के गर्नु पर्ला ?
मैले सोचे अुनसार सबै युवाहरूले आफनै भूमिमा केही गरौं भन्ने कुरा विश्वास गर्ने र आफै सशक्त हुनुप¥यो भन्ने हो । कसैको पनि मुख नहेरी पहिले आफैले शुरु गर्नुप¥यो । आफै गरे सकेपछि मलाई लाग्छ कसैको सहायता पनि चाहिँदैन । तपाई पनि पेपिनो मेलोन किसान हुनुहुन्छ । राम्रो सँग खपत भयो भने त्यही हो हाम्रो सशक्तता, अब धनबहादुरको पेपिनो मेलोन बिक्री भएको छैन मैले मुला लगाउने ठाउँ पाइएन भनेर बस्यो भने हाम्रो देशको कृषि क्षेत्र अगाडि बढ्दैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close