२०८१ पुष १९

सम्झातौ अनुसार कार्यन्वयन गर्न आग्रह

काठमाडौं २७ असार, नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले प्रेस विज्ञाप्ति प्रकाशित गरि
यस संघका साधारण सदस्य, श्री देवेन्द्र प्रसाद अधिकारी, नेपाल कृषि विकास फार्म प्रा.लि. कोहलपुर, बाँके र गुराँस गाउँपालिका, दैलेख विच मिति २०७५ चैत्र २६ गते सरकारी निजी साझेदारी नीति अनुसार ५१÷४९ प्रतिशत साझेदारीमा आलु तथा फलफुलको विउ, विरुवा उत्पादन, ल्याब तथा हाईटेक नर्सरी स्थापनाको लागि सम्झौता भई सोहि वमोजिम कृषि फार्म संचालनमा रहेको थियो । मिति २०७९ माघ २७ गते उक्त व्यवसाय गुराँस गाउँपालिका, दैलेखले एकलौटी सञ्चालन गर्ने र नेपाल कृषि विकास फार्म प्रा.लि.को लगानी फिर्ता गर्ने भनि अर्को सम्झौता गरियो ।
विज्ञाप्तिमा जनाएको छ । उक्त सम्झौताको शर्त अनुसार पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत हालसम्म नेपाल कृषि विकास फार्म प्रा.लि.को लगानी फिर्ता नगरेको जानकारी नेपाल कृषि विकास फार्म प्रा.लि.का सञ्चालक श्री देवेन्द्र प्रसाद अधिकारीले मिति २०८१÷०३÷२० गते पत्रकार सम्मेलन गरि बताउनु भएको थियो ।
अतः गुराँस गाउँँपालिकाको कार्यालयबाट सम्झौता अनुरुप पाउनु पर्ने रकम भुक्तानी नभएको कारण उत्पन्न आर्थिक र व्यवसायीक समस्या परेको र अन्य विकल्प नभएकोले बाच्नुको अर्थ छैन भनि मिति २०८१÷०३÷२० गते गाउँपालिका अध्यक्षको कार्यकक्षमा विष सेवन गरि आत्महत्याको प्रयास गर्न वाध्य बनाउने गाउँपालिकाको यस कार्यको नेपाल कृषि मेशिनरी व्यवसायी संघ घोर भत्र्सना प्रकट गर्दछौं ।
साथै नेपाल कृषि विकास फार्मले गुराँस गाउँपालिकाको सम्झौता अनुसारको रकम पाउनुपर्ने भए यथासिघ्र भुक्तानी गरिदिन र देवेन्द्र प्रसाद अधिकारीको जिवन रक्षाको लागि समेत आवश्यक पहल गरिदिन नेपाल कृषि मेशिनरी व्यवसायी संघ जोडदार माग राख्दछौं र देवेन्द्र प्रसाद अधिकारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । पे्रसित विज्ञाप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain