वित्त बजार

भारतमा भने १० प्रतिशत प्याजकोे मूल्य घट्दा पनि नेपालमो घटेन

भारतको केन्द्र सरकारले प्याजको मूल्य नियन्त्रण गर्न दिल्ली र मुम्बईमा आफ्नो बफर स्टकबाट प्याज बेच्न थालेपछि प्याजको मूल्यमा केही सुधार आएको छ । किसानहरूलाई थप मूल्य घट्ने चासो छ, । तर सरकारले मूल्य स्थिर गर्न क्रमिक रूपमा प्याजको बिक्री गर्ने योजना बनाएको छ ।

मंगलबार १०% घटेपछि, प्याजको मूल्य शुक्रबार नासिकको लेसलगाउँ बजारमा केही सुधार भएको छ । केन्द्र सरकारले दिल्ली र मुम्बईमा प्याजको खुद्रा मूल्य नियन्त्रण गर्न आफ्नो बफर स्टकबाट प्याज बेच्न शुरू गरेको छ । जसले प्याजको मूल्य ६०–७० रुपैयाँ÷किलोमा पुगेको छ ।

केन्द्र सरकारले मंगलबार घोषणा ग¥यो कि (नेशनल एग्रीकल्चरल कोअपरेटिव मार्केटिङ फेडेरेशन अफ इण्डिया) नेफ्ड र (नेशनल कन्ज्युमर को–अपरेटिव फेडेरेशन अफ इण्डिया) एनसीसीएफले दिल्ली र मुम्बईमा ३५ रुपैयाँ÷किलोमा प्याज बेच्नेछ । यसले लेसलगाउँ बजारमा प्याजको मूल्य बिहानको व्यापारमा ४७ रुपैयाँ÷किलोमा पुगेपछि ५ रुपैयाँ÷किलोले घटाएको छ ।

अगस्त ३१ मा, मूल्य ४७ रुपैयाँ÷किलोमा पुगेको थियो । तर, ३ सेप्टेम्बरमा बजार खुल्नासाथ मूल्य ५ रुपैयाँ÷किलो घटेको थियो । किसानहरूलाई थप मूल्य घट्ने चाँसो भए पनि, सरकारले बफर स्टकबाट प्याजको क्रमिक रूपमा बिक्री गर्ने योजना खुलाएपछि मूल्य केही सुधार भएको छ र स्थिरता आएको छ । सरकारले यो रणनीति मूल्य स्थिर गर्न प्रयोग गर्ने उद्देश्य राखेको छ ।

“शुक्रबार मूल्य सुधार भएको छ किनकि नेफ्डको प्याज क्रमिक रूपमा बजारमा आउनेछ । किसान र स्टकिस्टहरूले मौसम स्थिति अवलोकन गरिरहेका छन्, र सेप्टेम्बरमा भारी वर्षा हुने सम्भावना छ जसले प्याजको मूल्य थप बढाउने अनुमान गरिएको छ,’’ नासिकको प्रमुख प्याज व्यापारीले भने, जसले पहिचान खुलाउन चाहेन ।

सरकार प्याजको खुद्रा बिक्री एनसीसीएफ र नेफ्डको आउटलेट र मोवाइल भ्यानमार्फत, ई–कमर्स प्लेटफर्महरू, र प्रमुख उपभोग केन्द्रहरूमा केन्द्रीय भण्डार र सफलका आउटलेटहरू मार्फत गर्दैछ । “प्याजको मात्र र निस्तारण च्यानलहरू प्याजको मूल्य प्रवृत्तिका आधारमा वृद्धि, गहिरो, तीव्र र विविध बनाइनेछ,’’ उपभोक्ता मामिला मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

दिल्ली एनसीआर र मुम्बईमा प्याजको खुद्रा बिक्री बिहीबार शुरू गरिएको छ, र यसलाई कोलकाता, गुवाहाटी, हैदरावाद, चेन्नई, बैंगलोर, अहमदाबाद, रायपुर र भुवनेश्वरमा अर्को हप्ता शुरू गरिने योजना छ । मन्त्रालयले सेप्टेम्बरको तेस्रो हप्तासम्म सम्पूर्ण भारतमा वितरणको योजना बनाएको छ ।

महाराष्ट्रका प्याज किसानहरूले सरकारले मूल्य नियन्त्रणको उपायमा निराशा व्यक्त गरेका छन् । “एकातिर सरकारले यो वर्ष खरीफ खेतीको क्षेत्रफल दुईगुणा भएको भन्छ, र अर्कोतिर प्याजको मूल्य घटाउन प्रयास गरिरहेको छ । यदि बजारमा प्याजको वास्तविक अभाव भएको भए मात्र केन्द्र सरकारले बफर स्टकबाट प्याजको बिक्री शुरु गर्नु पथ्र्यो,’’ महाराष्ट्र प्याज उत्पादक संघका अध्यक्ष भरत डिघोले भने ।
साभार ः इकोनोमिटक टाइम्स, भारत

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close