लम्पी स्कीन डिजिज बारे जानकारी हाल पहिलो पटक केही स्थानहरू विशेषगरी झापा, मोरङ्ग, चितवन, रौतहतका जिल्लाहरूमा गाईहरूमा नयाँ प्रकारको रोग देखा परेको छ । यो रोग अन्य स्थानहरूमा पनि फैलिने क्रम जारी छ । यस रोगलाई ९ीगmउथ क्पष्ल म्ष्कभबकभ० भनिन्छ भने र एकीन गरिसकेको छैन । यो रेग पशुहरूबाट मानिसहरूमा सरेको भेटिएको छैन ।
यो रोग एक विषाणुजन्य ९ख्ष्चगक०जन्य रोग हो । लामखुट्टे, कीर्ना र भुसुनाहरू जस्तो कीराहरूले यो रोगको विषाणु रोगी पशुबाट स्वास्थ्य पशुमा रहेको छ । स्वास्थ्य पशुमा सार्ने गर्छन । यसको अलावा रोगी पशुहरू सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ ।
यो रोगका लक्षणहरू साधारण र हल्का रुपका देखि निकै कडा खाल्को पनि देखिन सक्छ । साना पशुहरूमा यो रोग कडा रुपमा लाग्दछ भने वयस्क पशुहरूमा साधारण लक्षणहरू देखिन सक्छन् । रोगी पशुहरूमा ज्वरो (१०४ देखि १०५ डिग्री फरेनहाइट) आउने, अरुची हुने र झोक्राउने लक्षण देखिन्छ । त्यो २–३ दिनमा पशुको शरीर भरिनै छालामा गिर्खा र गाँठाहरू देखिन शुरु गर्छ । यस्ता गिर्खा र गाँठाहरूमा पीप जम्माभई यो घाउमा परिणत हुन्छ । र यसमा जिगाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जान्छ । विस्तारै शरीरका भित्री अंगहरू जस्तै पेट, फोक्सो, स्वास नलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया हुन्छ । खुट्टा र शरीरको तल्लो भागमा भएका यस्तो संक्रमणले पशुहरू हिड्न नसक्ने भई बसीरहने ९म्यधलभच० हनुसक्छ । जसले गर्दा समस्या झनै विकराल बन्दै जान्छ । थुन र कल्चौडामा भएका यस्ता गिर्खा र गाँठाहरूमा यस्तो जिवाणुजन्य संक्रमण हुन गएमा थुनेलो हुने देखि थुन नै झर्ने सम्भावना हुन्छ । कुनै पशुहरूमा गर्भ तुहिने, पाठेघरमा समस्या देखिने र गर्भ नअडिने समस्या देखिनुको साथै बाँझोपन पनि हुन्छ ।
यो रोगको हाल कुनै उपचार नभएकाले आफ्नो पशुहरूलाई नियमित रुपमा विशेषगरी छालामा हुने गिर्खा र गाँठाहरूको निगरानी गर्नुहोस् । किनेर ल्याइएका नयाँ पशुहरूलाई तीन हप्तासम्म छुट्टै क्वारेन्टाइनमा राखेर मात्र आफ्नो गोठमा हाल्नुहोस् । पशुहरूलाई टोक्ने किराहरू जस्ता लामखुट्टे, किर्ना र भुसुनाहरूबाट सुरक्षित राख्नको लागि सम्भव हुनेसम्मका उपायहरू अपनाउनु होस् । रोगी पशुहरूलाई आवत् जावत् नगराउनुहोस् । यसले रोग फैलिन क्रम अझ बढ्छ ।
यदि पशुहरूमा रोग देखा परेमा पशु चिकित्सक वा प्राविधिहरूलाई सम्पर्क गरी लक्षण अनुसारको उपचार गरी जिम्मेवार निकायहरूलाई यो रोग जानकारी गराउनुहोस् । रोगी पशुहरूलाई राम्रो हेर विचार गरी सन्तुलित पौष्टिक आहार खुवाई सेकेण्डरी व्याक्टेरियल इन्फेक्शनहरूबाट जोगाउन ३–४ दिनसम्म एन्टिवायोटिकले उपचार गरेमा पशु निको हुने सम्भावना बढी हुन्छ ।
यो रोग नेपालमा पहिलो पटक देखिएको र यसको उपचार पनि नभएकाले जैविक सुरक्षा सावधानी अपनाउनु नै यसबाट पशुहरूलाई जोगाउने प्रमुख उपाय हो । अन्य देशहरूमा यसको खोप उपलब्ध भएता पनि नेपालमा हालसम्म खोप ल्याइएको छैन ।
प्रतिक्रिया दिनुहोस्