सम्पादकीय

खाद्य संकट टार्न कृषि कर्म गरौं

नेपाल कृषि प्रधान देश हो । यहाँको सम्पूर्ण भू–भागको १५ प्रतिशत हिमाल, ६८ पतिशत पहाड, १७ पतिशत तराई क्षत्रले ओगटेको छ । देशका करिव ६५ प्रतिशत जनता कृषिमा आश्रित रहेका छन् । देशको सम्पूर्ण जनसंख्या नपुग ३ करोडका हाराहारीमा रहेकोछ । ति जनसंख्या मध्ये ३५–४० लाख भारतीय भूमिमा रोजगारीका लागि भौतारि रहेका छन् । ४० लाख युवाहरू खाडी लगायतका देशमा रोजगारीका लागि विदेशिएका छन् । यसरी देशभित्र रोजगारीको रुपमा हेर्दा ८० प्रतिशत रोजगार नेपालमा कृषि क्षेत्रले दिएको छ । हामीसँग भएको भौगोलिक बनावटले कृषि, पयटन, जलविद्यत, लगायतका क्षेत्र मात्र व्यवसायका लागि उपुयुक्त देखिन्छ । हामीले हाम्रो परम्परागत ज्ञान, शिपको उपयोग गर्दै कृषि क्षेत्रको भरपुर सदुपयोग गर्नमात्र सक्यौं भने पनि देश आर्थिक उन्नतिको बाटोमा जानेछ । तर, दुर्भाग्य हामीले देशभित्र ६५ प्रतिशत जनातले आर्जेको पेशा कृषि व्यवसायबाट खानपनि पुग्दैन र हामीले वार्षिक रुपमा अनुमानित ५४ अर्ब रुपैयाँको कृषिवस्तु विदेशबाट आयत गरी खानु परेको छ । यो विडम्वनाको विषय हो ।
राज्यले आफ्नो पहुँच गाउँपालिकासम्म सेवा केन्द, उपकेन्द्र मार्फत, पु¥याई रहँदा समेत राज्यकोतर्फबाट कुल बजेटको ३ प्रतिशत मात्र बजेट कृषि क्षेत्रमा लगानी गरेको छ । देशको बढ्दो जनसख्या अनि घट्दो कृषि उत्पादनले देशलाई कमजोर अर्थतन्त्रमा दरिन सहयोग पु¥याएको छ । देश विकासको लागि कर्म गर्ने युवा जो ४५ प्रतिशत कुल जनसंख्या करिव एकतिहाई युवा जनशक्ति विदेशी भूमिमा रोजगारीका लागि भौतारिरहेका छन् । आज कतार, दुवही, साउदी, मलशिया, यूरोप, अमेरिकामा रहेका छन् । मित्र राष्ट्र भारतको कुरा त धेरै नजिकको कुरा हो । पानी पँधेरो जस्तै भईसकेको छ । यस्तो अवस्थामा देशमै बसेर केही गर्ने वातावरण सरकारबाट गर्न सकेको छैन । त्यसका लागि वृहत युवा लक्षित कार्यक्रमहरू ल्याएर अनुभूति हुने गरी विभिन्न क्षेत्रको व्यवसायमा आत्मस्वाभिमानका साथ काम गरेर खाने वातावरण बन्नु पर्छ ।
राज्यले युवाहरूका लागि वैदेशिक रोजगारको विकल्प दिन सकेन भने देशको अवस्था पहिलो त युवा विहिन हुन पुग्छ भने अर्कोतिर देशको अर्थतन्त्र झनै कमजोर बन्दै जान्छ ।
सबैभन्दा सम्भावना बोकेको क्षेत्र भनेको नेपालको लागि कृषि नै हो । अझै पनि हामीसँग कृषि गर्ने भू(भाग बाँकी नै छ । भएको भू–भागहरूमा राम्ररी कृषि गर्न सक्यौं भने खाद्यमा हामीलाई सकस पर्दैन तर समय आज ठीक उल्टो भईदिएको छ । त्यहाँ भएको भूमिलाई उपयोग गर्न सकेका छैनौं । भएका जमिनहरू लगभग ३० देखि ३५ प्रतिशतको हाराहारीमा बाँझो भयो भनेर तथ्याङ्क बाहिर आएको छ । हामीले प्रशस्त मात्रामा कृषि उपज उत्पादन गर्न सकेकोका खण्डमा देशको उत्पादन भण्डारण गरेर दिगो खाद्य संकटलाई सहयोग पु¥याउन सक्छ ।
कृषिजन्यवस्तु आफ्नै देशमा खपत हुने र बढी भएको विदेशमा पैठारी गर्न सकिन्छ । यसले नेपालको अर्थतन्त्र पनि बलियो हुन्छ । हिजो गाउँमा छँदा अन्न बेसाएको जाति मान्दैनथ्यो । उ फलानाको घरमा अन्न सकेछ । बेसाएर ल्याएको छ भनेर कुरा काट्नेहरूको कमी हुन्नथ्यो । तर आज नबेसाईकन त सुखै छैन । बाहिर गई कमाएर हुन्छ वा बजारबाट खरीद गरेर खानु परेको अवस्था छ ।
समय परिवर्तन भएको छ । रोजगारको लागि जानु ठूलो कुरो होइन । तर नेपालको अन्नबालीनै उत्पादन नहुने गरी श्रमशक्ति बाहिर जाँदा नेपालको कृषि खाद्य प्रणालीमा ठूलो हानी पुगेको सबैलाई थाहा छ । बढ्दो शहरी क्षेत्रको विस्तार, बढ्दै गरेको शहर केन्द्रीत जनसंख्याको चाप हेर्दा नेपाल मात्र होइन विश्वलाई चिन्तित पार्ने तस्वीर अगाडि आएको पाइन्छ । हाम्रो जस्तो देशमा कृषिको विकल्पमा अरु हुन सक्दैन । खानु त प¥यो सबैलाई भोको बस्न सकिदैन । त्यसैले कृषि हिजो पनि, आज पनि र भोली पनि कृषिको महत्व रही रहन्छ । अवसरको क्षेत्र भनेको कृषि नै हो । चाहे जलवायूसँग जुझ्न किन नपरोस्, चाहे देश देश बिचमा हुने द्वन्द्व, चाहे चर्को महामारी, भोकमरी, मानिसलाई जोगाउने भनेको कृषि नै प्रमुख साधान हो ।
विश्व अहिले खाद्यन्न सञ्चयतर्फ अघि बढेको छ । प्राय ः कतिपय देशहरू दश वर्षसम्म पुग्ने खाद्यन्न मौज्दात रहेको हौवा पिटीरहेको अवस्था छ । हामी चाहीँ न सरकारलाई चिन्ता छ न युवाहरूलाई आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भएर लागि रहेको पाइन्छ । आफ्नो देशलाई खाद्यान्नबाट खान पुग्ने समेत उत्पादन गर्न नसकेर खाद्यान्न आयत गर्नु परेको अवस्था छ । यो अवस्थाको अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्छ । हामीसँग अथाह प्राकृतिक स्रोत प्रचुर मात्रामा छन् । त्यसको उपयोग गर्न हामीले अघि बढ्नु पर्छ । नेपालमा बढ्दै गएको खाद्य संकट टार्ने भनेको हामीले नै हो । कथंकदाचित विदेशबाट आउने खाद्यान्न नेपालमा किनेर ल्याउन सक्ने बातावरण भएन भने हामीले आफ्नो ज्यान गुमाउने भन्दा अर्को विकल्प रहँदैन । हामीले थोरै मात्रामा कल्पना गर्दा पनि थाहा हुन्छ कि अफ्रिकी देशहरूमा भोकमरीको समस्य हुँदा लाखौं मानिसले ज्यान गुमाउनु परेको भुल्नु हुँदैन । हाम्रो लागि त्यो एउटा सिक्नु पनि इतिहास हो । तयो इतिहास सिकेर अवसरमा बदल्नु पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close