विपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह
काठमाडौं असोज १४ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले प्रेस विज्ञाप्ति प्रकाशित गरी देशमा असोज १० गते देखि परेको अविरल वर्षाको कारण पु¥याएको धनजनको क्षति प्रति दुःख व्यक्त गरेको छ ।
विज्ञाप्तिमा यही असोज १० गतेदेखि देशका अघिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी पहिरो र डुवानका घटनाले पु¥याएको धनजनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ ।
अविरल वर्षाका कारण सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासहरु, संघ, संस्थाका भवन तथा विभिन्न कृषि बजार, कृषि फार्म, कृषि उत्पादन लगायतमा अरबौंको क्षति भएको छ ।
यसै अविरल वर्षा पछि आएको बाढी पहिरोका घटनामा परी कतिपयले ज्यान गुमाउनुभएको छ भने धेरै वेपत्ता हुनुभएको छ । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै बाढी पहिरोमा परी वेपत्ता हुनेहरुको तत्काल खोजी कार्य अगाडि बढाउन सम्बन्धित सरोकारवाला निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
प्रतिकूल मौसमका कारण हताहती भएकाहरुको उद्धार र राहतका कार्यक्रममा संलग्न नेपाल सरकारका सुरक्षा निकाय, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, सामाजिक र सहकारी संघ–संस्थाका प्रतिनिधिहरु लगायत उद्धार तथा राहत कार्यमा जुट्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं ।
साथै आगामी दिनमा आइपर्ने प्राकृतिक विपदमा सबैले आ—आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत अपिल गर्दछौं ।
बाढी पहिरो र प्राकृतिक विपदका कारणबाट भएको क्षति संकलन भइरहेको सन्दर्भमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र यसको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के कति क्षति पुगेको छ त्यसको विवरण सम्वन्धित संघ, संस्था र संस्थाका अध्यक्ष, प्रबन्धकहरुले यस संस्थामा जानकारी गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछौँ ।
विपदमा परेका सम्पूर्ण महानुभावहरुलाई सरकारको तर्फबाट भएको साथ सहयोगका साथै सहकारी अभियानले पनि साथ सहयोग गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै सम्पूर्ण संस्थाहरुलाई आवश्यक राहत तथा पूनस्र्थापनाको लागि जुट्न हार्दिक अनुरोध गर्दछौं ।