काठमाडौं असोज १५ गते फलफूल व्यवसायी संघका अध्यक्ष भरत प्रसाद खतिवडाले एक विज्ञाप्ति प्रकाशित गरी असोज १० गते देखि आएको अविरल वर्षाका कारण भएको धनजनको क्षेतिप्रति दुःख व्यक्त गरेका छन् ।
देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी पहिरो र डुवानका घटनाले पु¥याएको धनजनको क्षतिले स्तब्ध बनाएको छ । अविरल वर्षाका कारण सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासहरु, संघ संस्थाका भवन तथा विभिन्न कृषि बजार, कृषि फार्म, कृषि उत्पादन लगायतमा अरबौको क्षति भएको छ ।
यसै अविरल वर्षापछि आएको बाढी पहिरोका घटनामा परी ज्यान गुमाउनु परेको छ भने धेरै वेपत्ता भएको छ । मृतकहरु प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै बाढी पहिरोमा परी वेपत्ता हुनेहरूको तत्काल खोजी कार्य अगाडि बढाउन सम्बन्धित सरोकारवाला निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
प्रतिकूल मौसमका कारण हताहती भएकाहरुको उद्धार र राहतका कार्यक्रममा संलग्न नेपाल सरकारका सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक र सहकारी संघ संस्थाका प्रतिनिधिहरु लगायत उद्धार तथा राहत कार्यमा जुट्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।
साथै आगामी दिनमा आइपर्ने प्राकृतिक विपदमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत अपिल गर्दछौं ।
बाढी पहिरो र प्राकृतिक विपदका कारणबाट भएको क्षति संकलन भइरहेको सन्दर्भमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र यसको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के कति क्षति पुगेको छ त्यसको विवरण सम्बन्धित संघ–संस्था र संस्थाका अध्यक्ष, प्रबन्धकहरुले यस संस्थामा जानकारी गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।
विपदमा परेका सम्पूर्ण महानुभावहरुलाई सरकारको तर्फबाट भएको साथ सहयोगका साथै सहकारी अभियानले पनि साथ सहयोग गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै सम्पूर्ण संस्थाहरुलाई आवश्यक राहत तथा पुनस्र्थापनाको लागि जुट्न हार्दिक अनुरोध गर्दछौं ।
मिति २०८१ असोज १० गते देखी १२ गतेसम्म परेको अविरल वर्षाको कारण देशैभरी बाढीपहिरो र डुबानको घटना घटी सयौं मानिसको ज्यान गएको र सयौं वेपत्ता भईरहेको साथै निजी तथा सार्वजनिक सम्पतिको अरबौको क्षती भएको तथा उपत्यकाको कुलेश्वरमा रहेको केन्द्रीय फलफूल धोक बजार बल्खु, टुकुचा, बालाजु, चावहिल, धुम्बाराही, जडीबुटीमा रहेका तरकारीहरु बजार लगायत विभिन्न स्थानमा रहेका फलफूल तथा तरकारी बजारहरु डुवानमा परि व्यवसायीहरुको व्यवसायमा अकल्पनीय क्षती भएकोमा नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दछ ।
प्राकृतिक विपत्तीका कारण अकालमै ज्यान गुमाउनु परेको दुःखद् घडीमा महासंघको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं । साथै घाईतेजनहरुमा शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौं ।
यस प्राकृतिक विपद्का कारण भएको अकल्पनीय क्षतीलाई सबै मिली सामाना गरी पिडालाई शक्तीमा बदली बजारहरुको सर–सफाईमा लाग्न र विषम परिस्थीतीमा सबै बजारहरुमा सहज, सरल र यथोचित मुल्यमा फलफूल तथा तरकारी बिक्री गरी पूर्ववत् व्यवसाय सुचारु गर्न सबै व्यवसायीहरुमा महासंघ हार्दिक अपिल गर्दछ ।
प्रतिक्रिया दिनुहोस्