कृषि विशेषसमाचारसम्पादकीय

काठमाडौंको भृकुटीमण्डपमा ‘दोश्रो तिहार फ्लोरा एक्स्पो २०८१’

काठमाडौं कार्तिक १३, तिहारको महोत्सव, फूलको उत्सव ’ भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ, नेपालले तिहार लक्षित ५ दिने फूल मेला सम्पन्न भएको छ । संघले ९ देखि १३ गतेसम्म ‘दोश्रो तिहार फ्लोरा एक्स्पो–२०८१’ आयोजना गरेको हो । पुष्पप्रेमी, जडिबुटीप्रेमी, फलफूलप्रेमी र वनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको आयोजकले बताए । उक्त एक्स्पोमा ६५ वटा व्यावसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ३ वटा स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टल समेत गरी ७० वटा स्टल रहेका थिए ।
एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएका थिए । साथै मलखाद, अर्गानिक एवम् रासायनिक विषादी, बीउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल समेत रहेका छन् ।
एक्स्पोको प्रवद्र्धन संस्थाहरूमा पुष्प विकास केन्द्र, वनस्पति विभाग रहेको छ, भने विशेष सहयोगी संस्थाहरुमा शलोम एग्रिकल्चर प्रा.लि., अर्गानिक बायो फर्टिलाइजर प्रा.लि., सेवा म्यानुफयाक्चरिङ र ग्रिस्मा नर्सरी रहेका छन् । संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले आयात्लाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न एक्स्पो आयोजना गरिएको बताए ।
संघले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिष्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड नगद तथा प्रमाण–पत्रद्वारा पुरस्कृत गरिएको छ । उक्त एक्स्पोले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संग्लन उद्यमी व्यवसायीहरू तथा यस व्यवसायप्रति रुचि राख्ने समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने व्यवसायीहरुलाई उत्साहित बनाउने संघले जनाएको छ । संघका अनुसार एक्स्पोमा अवलोकन गर्न सर्वसाधारणहरुको लागि प्रवेश शुल्क प्रति व्यक्ति १ सय रुपैयाँ र विद्यार्थीहरु तथा ज्येष्ठ नागरिकहरुका लागि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close