२०८१ पुष ११

खाद्य तथा गुण नियन्त्रण विभागको तीव्र अनुगमन

काठमाडौं कार्तिक १२, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज २३ देखि कार्तिक १२ गतेसम्म विभागबाट मोवाइल फुड ल्याव भ्यान संचालन गरी तथा मातहतका कार्यालयहरुबाट निरीक्षण अनुगमनका टोलीहरु बनाई दैनिक रुपमा खटाई देशैभर निरीक्षण अनुगमन जारी राखेको छ ।
यसै सन्दर्भमा विभाग तथा मातहतका कार्यालयबाट चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि टोलीहरु खटाई जम्मा ३१२ वटा खाद्य उद्योग एवम् व्यवसायहरुको निरीक्षण अनुगमन गरी कारबाही गरिएको छ । जसमध्ये १०५ वटा खाद्य बजार, १०५ वटा खाद्य उद्योग र १०२ वटा होटल तथा रेस्टुरेन्टहरु निरीक्षण अनुगमन गरिएको छ ।
विभागले देशैभरिबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम ३९ वटा नमूना र खाद्य स्वच्छता सर्भिलेन्सका लागि ६१ वटा नमूना गरी १०० वटा खाद्य पदार्थका नमूनाहरु संकलन गरिएको जनाएको छ । निरीक्षण अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका करीव रु. ४ लाख ४४ हजार ६ सय ३ मूल्य बराबरको खाद्य पदार्थ जफत गरि नष्ट गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनबाट प्रेस विज्ञाप्ति प्रकाशित गरि जानकारी दिएको छ
सोही अवधिमा मोवाइल खाद्य प्रयोगशाला भ्यानहरु सञ्चालन गरि जम्मा ३२ पटक खाद्य उद्योग एवम् व्यवसायहरुको निरीक्षण अनुगमन गरी कारबाही गरिएको छ । जसमध्ये ८ पटक खाद्य उद्योगहरु र २४ पटक खाद्य व्यवसाय एवं होटल रेस्टुरेन्ट निरीक्षण अनुगमन गरिएको छ । मोवाइल खाद्य प्रयोगशाला भ्यानमा मिठाईका ३८ वटा, प्रशोधित दूधका १२ वटा खाने तेलका १२ वटा, प्रशोधित पिउने पानीका १२ वटा, घ्यूका ९ वटा, पेय पदार्थका २ वटा, महका २ वटा र नुनको १ वटा लगायत विभिन्न खाद्य पदार्थ गरी ८८ वटा नमूनाहरुको स्थलगत प्रारम्भिक चेकजाँच गरिएकोमा कैफियत पाइएका ८ वटा खाद्य व्यवसायहरु माथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति २०८१ असोज १६ देखि २ वटा मोवाइल फुड ल्याव भ्यान संचालनमा ल्याएकोमा मिति २०८१ कार्तिक ११ देखि बाँकी २ वटा मोवाइल फुड ल्याव भ्यान पनि मर्मत संभार भई ४ वटै मोवाइल फुड ल्याव भ्यानहरु सञ्चालन अवस्थामा रहेको छ ।
कार्तिक ९ गते पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नं. ३, शिवालय टोलस्थित सोनीका जेनेरल स्टोर्समा संयुक्त अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएको पर्ल ब्राण्डको २० के जीको ८३ बोरा चामल बिक्री वितरण रोक्का राखिएकोमा मिति कार्तिक १० गते अनुगमन टोलीका सदस्यहरुको रोहवरमा नष्ट गरिएको छ ।
नेपालगञ्ज एकीकृत जाँच चौकी स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जले चाडवाडको समयमा नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका लागि २०८१ असोज ३० गते भारतबाट पैठारी गरी भन्सार नाकामा ल्याइएको ८५,००० के.जी. चामलको नमूना परिक्षण गर्दा तापले क्षतिग्रस्त दानाको मात्रा अत्याधिक बढि पाइएको साथै व्यापारिक प्रयोजनका लागि प्रभुकृपा अर्डर एण्ड सप्लायर्स, कोहलपुर बाँकेले भारतबाट पैठारीको लागि कार्तिक ४ गते नेपालगञ्ज भन्सार नाकामा ल्याएको १२,००० के. जी. मासको दाल परिक्षण गर्दा कोल टार डाई बाह्य रंगको उपस्थिति पाइएको हुँदा उक्त न्यूनस्तर चामल र मासको दालको कन्साइन्मेन्टको प्रवेश अनुमति अस्वीकृत गरी सम्बन्धित भन्सार कार्यालयबाट निर्यातकर्ता मुलुकमा फिर्ता गरेको जनाएको छ
। यसैगरि व्यापारीक प्रयोजनका लागि कि फुड्स इन्टरनेशनल प्रा. लि., काठमाडौंले दुबईबाट पैठारीको लागि कार्तिक ७ गते सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा नाकाहुँदै खाने प्रयोजनका लागि ल्याउन खोजेको १९२ के. जी. रोज वाटरको नमूना बीरगन्ज, पर्सास्थित खाद्य तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बीरगञ्जले परिक्षण गर्दा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति पाइएकोले आयात गर्न नमिल्ने भनि प्रवेश अनुमति अस्वीकृत गरिएको छ ।
मिति २०८१ कार्तिक ५ गते वर्ल्ड वेब इन्टरप्राइजेज भक्तपुरले नयाँ दिल्ली, भारतबाट भन्सार कार्यालय, बेलहिया, भैरहवा नाका हुँदै खाने प्रयोजनका लागि पैठारी गरेको ४.८ के. जी. सुगर बलको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बेलहिया, भैरहवाले परिक्षण गर्दा खाद्य लेबल सम्वन्धि विवरण खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रतिकूल रहेकोले आयात गर्न नमिल्ने भनि प्रवेश अनुमति अस्वीकृत गरिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले सम्पूर्ण खाद्य व्यवसायीहरुलाई लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री वितरण नगर्न, सरसफाईमा विशेष ध्यान दिन, खाद्य पदार्थ खरिद बिक्री गर्दा लेवल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसिले लेखिएको, छापिएको वा रंगाईएको कागजमा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिइ खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निषेधित कार्यहरु नगर्न नगराउन सम्पूर्ण खाद्य उद्योग एवं व्यावसायीलाई अनुरोध छ । साथै ऐनले निर्देशित गरे बमोजिमका कर्तव्यहरु सबै खाद्य व्यवसायीले बाँकी ……… १९ पृष्ठमा
खाद्या गुन …..
पालना गरी दिनु हुन समेत अनुरोध छ । अन्यथा ऐन नियम बमोजिम कारबाही हुने विज्ञाप्ति मार्फत जानकारी गराइएको छ ।
विभागको प्रेस नोटमा भनिएको छ,
व्यापारीक प्रयोजनका लागि प्रभुकृपा अर्डर एण्ड सप्लायर्स, कोहलपुर बाँकेले भारतबाट पैठारीको लागि मिति द्दण्डज्ञ÷ण्ठ÷ण्द्ध गते नेपालगन्ज भन्सार नाकामा ल्याएको १२,००० के. जी. मासको दाल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले परिक्षण गर्दा कोल टार डाई बाह्य रंगको उपस्थिति पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोले उक्त न्यूनस्तर मासको दालको कन्साइन्मेन्ट भन्सार कार्यालयले निर्यात गर्ने देशमै फिर्ताको प्रकृयामा रहेको व्यहोरा सबैमा जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ । कुनै पनि किसिमका दालमा बाह्य रंगको प्रयोग गर्न प्रतिबन्द गरिएकोछ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८९ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुले अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुहुन जानकारी गराइन्छ। सो बमोजिम नगरेको पाइएमा ऐन बमोजिम कारवाही हुने व्यहोरा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराईन्छ ।
काठमाडौं असोज ३०, गते खाद्य तथा गुण नियन्त्रण विभागको प्रवक्ता मोहनकृष्ण महर्जनले एक विज्ञाप्ति प्रकाशित गरिएको छ ।
महर्जनले चाँडवाडको समयमा नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका लागि भारतबाट पैठारी गरी भन्सार नाकामा ल्याइएको ८५,००० के. जी. चामल नेपालगञ्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जले परिक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्याधिक बढि भई नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोले उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको प्रेस नोटमार्फत जानकारी गरिएको छ ।
साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुः काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, बीरगञ्ज, बेलहिया भैरवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्टिूय विमानस्थल काठमाडौंका प्रयोगशालाहरुबाट भन्सार विन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रुपमा गर्दै आईरहेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८९ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सो बमोजिम नगरेमा ऐन बमोजिम कारवाही हुने व्यहोरा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराईन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain