नेपालमा चिनी दैनिक रुपमा प्रयोग हुने उपभोग्य वस्तुको कच्चा पदार्थ उखु नै भएकोले औद्योगिक तथा नगदे बाली मानिन्छ । यसको खेती औद्योगिक दृष्टिकोणले तराईमा गरिन्छ । नेपालमा उँखुको उत्पादकत्व वर्षौंदेखि ३६ देखि ४६ मेट्रिक टन प्रति हेक्टर मात्र रहेको छ । जुन छिमेकी राष्ट्र भारत महाराष्ट्रको तुलनामा एक तिहाई मात्र हो । हाम्रै देशका केही अनुभवी कृषकहरूले ९० देखी १०० टन प्रति हेक्टर उत्पादन गरेको रेकर्ड पनि पाईन्छ । नेपालमा कूल चिनीको आवश्यकता, माग भन्दा थौरे चिनीको उत्पादन भई बाूकी ५० हजारदेखि १ लाख क्विन्टलसम्म (लगभग ५५ प्रतिशत) चिनीको माग बाहिरी मुलुकबाट आयात् गर्नु परेको अवस्थाले धेरै मुद्रा विदेशीने गरेको छ । जबकी हाम्रो देशमा जम्मा १२ वटा चिनी मिलहरू मध्ये हाल ८ वटा मात्र सूचारु रुपले चलिरहेको छ । उँखु उत्पादनको सम्भावना हेर्ने हो भने प्रकृतिले तराईका लागि वरदान भनेर दिएको छ । हाम्रो माटो, मौसम, भू–वनौंट, सामाजिक, आर्थिक अवस्था आदि सबै उँखुको लागी उत्तम रहेको छ । हाम्रो देशको तराईको जिल्लाहरू मध्ये उँखु खेती गरिने जिल्लाहरूमा रौतहट, सर्लाही, सिराहा, महोत्तरी, वारा, पर्सा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, धनगढी आदि हुन् । उक्त जिल्लाहरू मध्ये मध्यमाञ्चलका सर्लाही, रौतहट, महोत्तरी, वारा र धनुषा तथा पश्चिमाञ्चलका नवलपरासी, कपिलवस्तु जिल्लाहरू क्षेत्रफलको हिसाबले बढी नै स्थान ओगटेको छ । नेपालको कुल उँखु उत्पादन २००७ मा हालसम्मको बढी २५९९७९० मे.ट. तत्पश्चात २००८ मा २४८५४४० र २००९ मा २३५४४१० मे.ट. रहेको छ । यसबाट यो प्रष्ट हुन्छ कि वर्षेनी उँखु उत्पादनमा खस्किदो अवस्था छ ।
–उँखु उत्पादन गर्ने प्रमुख जिल्लाहरुको विवरण (कृषि, भूमि तथा सहकारी मन्त्रालय, २००९–१०को तथ्याङ्क अनुसार)
–क्रमिकसँग सिजनमा श्रीराम सुगर मिल्स, गरुडा रौतहटले लगभग २० लाख क्विन्टल, ईन्दु शंकर चिनी मिल, हरिऔनले २५ लाख क्विन्टल तथा एभरेष्ट सुगर मिल्स, रामनगरले २२ लाख क्विन्टल उँखु पेलेको थियो । उँखुको भाउ पनि सरकार, उँखु उत्पादक, संघ तथा चिनीमिल मालिकको निर्णयले वृद्धि गरी रु.४११.५ प्रति क्वीन्टल मूल्य निर्धारण गरेको थियो । उँखु उत्पादनबाट कृषक, मिल व्यवस्थापक, कर्मचारी तथा उपभोक्ता सम्पूर्णको हकमा धेरै नै महत्वपूर्ण रहेको छ । तथापि कृषक, कर्मचारी, मिल व्यवस्थापन तथा उपभोक्ता सबै वर्गमा समस्या नै समस्या रहेको छ । जुन सरकार, मिल व्यवस्थापक, उँखु कृषक सबै संवेदनसील हुनु आवश्यक देखिन्छ ।
उँखु खेती तथा फाईदाहरू :
– ठूलो तथा मध्यम किसानले धान, गँहु खेतीमा पटक पटकको श्रमिक एवम् खर्च लगाउने झन्झटिलो हुनबाट बच्न सकिन्छ ।
– उँखुबाट सोझै एकमुष्ठ ठुलो रकम आउन सकिने नगदे बाली हो, जसबाट कुनै ठुलो नयाँ काम गर्न सहयोग मिल्दछ ।
– उँखु रोपाई तथा कटाईको बेला कृषकहरूलाई फुर्सद रहने भएको हुनाले श्रमिक तथा कृषि औजारहरूको प्रयोगमा कुनै प्रतिस्पर्धा हुँदैन ।
– एक वर्ष लगाएपछि २÷३ वर्षसम्म काट्न सकिने भएको एक रोपाई ३ कटाई गरीने बाली भनिन्छ । जसले गर्दा लागत कम आम्दानी बढी हुन्छ ।
– उँखु खेतीबाट कटाईको बेला सुकेका पातहरूले गरीबहरूको दाउराको समस्या हल भई वन जङ्गल कटानीको नियन्त्रणमा पनि सहयोग पु¥याउँछ ।
–उँखुको हरियो माथिल्लो टुप्पा तथा पात गाई, बस्तुको लागि पोषिलो घाूस मानिएको हुनाले दूध उत्पादन समेतमा सहयोग पुयाउँछ ।
–यसबाट छाडा पशु पालन नियन्त्रण हुनुका साथै खाली जमीनको सदुपयोग हुन्छ ।
–उँखुको सुकेका पात तथा पतिङ्गरबाट घर छाउनुका साथै राम्रो कम्पोष्ट मल बनाउन सकिने भएको हुनाले यसको खेती गर्न बाह्य रासायनिक मल नभए पनि हुने बाली हो ।
–उँखु चिनी मिलमा पठाउन नचाहे भेली बनाएर पनि ३०–३५ रु. प्रति के.जी को दरले बेचेर राम्रो आम्दानी गर्न सकिन्छ वा खाद्यसारीमा पनि पठाएर आम्दानी गर्न सकिन्छ ।
–उँखु खेती अरु बाली गर्न नसकिने जग्गा जस्तै पानी जम्ने, कम मलिलो, अम्लिए, क्षारीय माटो असिञ्चित समेतमा गर्न सकिन्छ ।
–उँखु खेतीलाई उम्रेको केही दिन पछि असिना, धेरै चिसो, छाडा गाईवस्तुले धेरै नोक्सान पु¥याउन सक्दैन ।
–उँखु खेतीमा ढुवानी, कटानी, रोपाई माटो चलाउन तथा मिलमा कर्मचारी श्रमिकहरूको धेरै आवश्यकता भएको हुनाले वेरोजगारी समस्या समेत समाधान गर्न सकिन्छ ।
–उँखु बालीको उम्रने अवधि लामो तथा वृद्धि विस्तारै हुने भएकोले दुईवटा पंक्तिको बीचमा अर्को नगदे बालीहरू जस्तै ः तोरी, मसुरो, धनिया, खुर्सानी, हरियो मल बाली जस्तै ः मुंग, बोडी उत्पादन गरी अतिरिक्त फाईदा लिन सकिने बाली हो ।
–धेरै रोग किरा नलाग्ने, लागे पनि एकदमै धेरै नोक्सान नहुने बाली हो ।
–सिँचाईको सुविधा मै भर नपर्ने बाली हो ।
–उँखुबाट भेली बनाउँदा लाग्ने सम्पूर्ण दाउरा उँखु पेल्ने मेशीनबाट निस्किने सिटीबाट प्राप्त गर्ने गरिन्छ ।
–चिनी मिलले यसको उप–उत्पादनहरू जस्तैः स्पिरिट, अलकोहल, मोलासीयस, प्रेसमड तथा मल पनि बनाएर थप आम्दानी गर्ने गरिन्छ ।
उ“खु खेती न फस्टाउनुका कारणहरू :
(क) कृषकस्तरका :
–कृषकले एकदमै हेलचक्र्याई गरी उँखु खेती गरेको ।
–गरीब कृषकहरूले रोप्ने बेलाको बढी लागत धान्न नसकेको ।
–सिफारिस अनुसारको उन्नत खेती प्रविधि अपनाउन नसक्नु ।
–ऋण तथा वितिय सुविधा प्राप्त नगर्नु ।
–सिँचाई, मल चाहिएको बेलामा उपलब्ध नहुनु ।
–उँखु ढुवानी गर्न चिनी मिलबाट दिईने पुर्जी (चलान) समयमा नपाउनु एकको चलान अर्कोलाई दिनु वा बेच्नु ।
–उँखु ढुवानीका साधन नपाउनुका साथै ढुवानी साधन तौल हुने (संकलन केन्द्र) काँटा÷मिलबाट छिट्टै खाली नहुनु ।
–उँखुको रकम पाउन धेरै समय लाग्नु ।
–चिनी मिलको प्राविधिकबाट प्राविधिक सहयोग सरसल्लाह नपाउनु ।
–उँखु ढुवानी फाल्गुन भित्र गर्न सकियो भने निःशुल्क कटानी हुने, पछि गर्मीको कारण घाँस कम प्राप्त तथा मसुरो गहुँ कटानीमा व्यस्त हुने भएकोले पछि ढुवानी गर्न उचित नमान्ने ।
–चिनी बढी पर्ने उद्देश्यले मिलले समयमा मिल चालु नगर्नाले कृषकलाई अनावश्यक दुःख हुनु ।
(ख) चिनीमिल स्तरका ः
–मिल सुचारु रुपले नचली मेशिनरी समस्या हुनु ।
–मिलमा दैनिक क्रसिङ्गको क्षमता बढी उँखु मिल÷काँटामा भीड लाग्नु ।
–मिलमा कर्मचारीहरूद्धारा हडताल बन्द गर्नु ।
–नियमित तरिकाले उँखु ढुवानी नहुनु ।
–उखु प्राविधिकहरूले छिटो, मुख्य सिजन तथा ढिलो जातका उँखुहरूको खेती नगराई जथाभावी गराउनु ।
–नगदी किन्न सक्ने पूँजी नहुनु, चिनी तुरुन्तै बिक्री गर्न नसक्नु ।
–धेरै चिनी पर्ने उँखु÷खुंटी जात व्यवस्थित भएर मिलमा नपुग्नु ।
–कहिले काहीँ ट्रक, टैक्टर, बिग्रेर जाममा पर्नुले मिल निरन्तर रुपमा नचल्नु ।
–मिलमा क्षेत्रफल उत्पादन तथा मिलको क्रसिङ्गको क्षमताको तालमेल नमिल्नु ।
–कर्मचारीहरूले कृषकबाट पैसा लिई चलान दिनु ।
–कर्मचारीहरूले घरमा बसेर सबै गर्नु ।
–काँटामा एकको उँखु अर्कोमा थपेर बेच्नु ।
–उँखु सालै भरि प्राप्त नहुनुका साथै भण्डारण गर्ने व्यवस्था नहुनु ।
–मिलले आफ्नो एरियाको उँखु हुँदा–हुँदै अर्को मिलका कृषकको उँखु नगदी खरीद गर्नाले समस्या उत्पन्न हुन्छ ।
–नियमित कृषकको रकम नदिई अनियमित कृषकको रकम अनियमित तरिकाले भुक्ततानी दिनु ।
–संगठित र व्यवस्थित तरिकाको कमी तथा मिलबाट समयमा अनुगमन नहुनु ।
–मोरहन र खुँटी उँखु उत्पादनका प्रविधि राम्रो किसिमले कृषकलाई नदिनु ।
(ग) नेपाल सरकार स्तरको ः
–सरकारको नितीमा उँखुलाई प्राथमिकतामा नपार्नु तर यसपालि देखि उँखुलाई राष्ट्रिय बालीको रुपमा घोषणा भएको ।
–सिँचाईं, उन्नत जातको बिउ तथा मलको उपलब्धता समयमा नगराउनु ।
–उखुमा अध्ययन अनुसन्धान गराउन नठान्नुका साथै उक्त विषयमा उद्योगपतिलाई जिम्मेवारी हुने धारणा हुनु ।
–वितिय व्यवस्था तथा ऋण उपलब्ध गराउन नसक्नु ।
–कम उत्पादन लागत लाग्नका लागि उन्नत कृषि औजार मेशिनरीको व्यवस्था नगराउनु ।
–चिनी आपूर्ति तथा आयात निर्यातको नीतिगत व्यवस्था मिलाउनु ।
–कृषक, कर्मचारी तथा मिल बीचको द्वन्द्वको अनुगमन तथा सही सहजीकरण नगर्नु ।
उँखु उत्पादक र चनी मिल बिच हुने झन्झट वादविवाद सुल्झाउन केही उपायहरू ः
–उँखु उत्पादक कृषक समूह गाउँ गाउँमा गठन ।
–प्राविधिकको सहजीकरणमा उँखु जातको छनौंट तथा खेती प्रविधिको बारे तालिम ।
–समूहद्धारा छिटो, मुख्य सिजन तथा ढिलो जातका उँखु रोप्ने तालमेल आफै मिलाउने ।
–क्षेत्रफल तथा तथा उँखु जातको तथ्याङ्क कृषक समूह आफैले मिलमा जानकारी गराउने ।
–नेपाल सरकारले अथवा चिनी मिलले उँखुको रकमवाट पछि काट्ने गरी बिउ, मल, सिँचाईं, विषादिको व्यवस्था न्युनतम् व्याजमा समूहको आवश्यक मागको आधारमा दिने ।
–कृषक समूहद्वारा चिनी मिलसँग उँखु कटानी भन्दा अगाडी कति टन उँखु कहिले आपूर्ति गराउने कुराको सम्झौता गर्ने ।
–कृषकहरूको उँखुको सप्लाई गरेको रेकर्ड समूहले राख्ने तथा सो तौल बराबरको रकम भुक्तानीको लागि समूहको बैंक खाता वा कृषकको बैंक खातामा कहिले पठाउने सोको एउटा पत्र पठाई जानकारी गराई खातामा समय समयमा रकम पठाईदिने गर्नु पर्दछ ।
–यस तरिकाले गर्दा चलान लिन, स–साना ढुवानी साधनको भीड नलाग्ने, रकम लिन सम्पूर्ण कृषक जानु नपर्ने, थोरै कर्मचारीमा काम हुने, रकम चोरीको सम्भावना नहुने, निरन्तर उखु उत्पादक तथा चिनी मिल मालिक बीच गरमा गरम नहुने जस्ता फाइदा हुन्छ ।
निष्कर्ष :
हाम्रो देशको तराईको भू–भागलाई प्रकृतिको वरदानको रुपमा भएकोले यसबाट अरु देशको तुलनामा उँखु खेतीको सम्भावनालाई दृष्टिगत गरी अति नै उत्पादन योग्य बनाउन तथा धेरै जस्तो जग्गा खाली हुन नदिनु नगदे उँखु बालीमा नेपाल सरकार (राजनीतिज्ञहरू समेत), चिनी उद्योगपति र कृषक समेत एकदमै जोड दिनुपर्ने अवस्थालाई नबिर्सेर कुल ग्राहस्थ उत्पादनमा कृषिको भूमिका हराउँदै गईरहेको अवस्थामा हामी सबैले तुरुन्तै पहल गर्नु पर्ने देखिन्छ । अन्यथा कपास, कार्पेट, गार्मेन्ट, अदि जस्तै चिनी मिल पनि बन्द हुन केही बेर नहोला साथ–साथै हाम्रो निर्भरता अरु देशमा समेत बढ्ने देखिन्छ ।