कृषि विशेषसमाचार

युवा तथा महिला र सुदृढी– करणका लागि राणनीतिक विषयक छलफल कार्यक्रम सम्पन्न

धनबहादुर मगर
काठमाडौं मंसीर ६, राष्ट्रिय किसान समितिहरु, समितिहरुमा युवा तथा महिला र सुदृढीकरणका लागि राणनीतिक विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

-Strategic meeting for youth committee strengthtening NF and SNFO Levelअखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)की उपाध्यक्ष मीना तामाङले आफू किसानको प्रतिनिधि भएकाले वास्तविक किसानहरुको समस्या पहिल्याउन पछि नहट्ने बताइन् । हामी कुनै न कुनै राजनैतिक संगठनमा भएपनि सञ्जाल मार्फत किसानको मुद्दा र योजनाहरु ल्याउन सकिन्छ । सरकारले लागु गरेका कृषि कार्यक्रमहरु पारदर्शीता भन्दा अपारदर्शीता बढी छन् । पारिणाममुखी योजनाहरु पूरा गर्न सकेको छैन । प्लेट फर्महरुमा युवा सहभागीता कम छ । किसान को हो भनेर वर्गीकरण गरेर परिचय पत्र वितरण गर्न सकिरहेको छैन । नाम एकातिर कामको वर्गीकरण अर्कोतिर गरेर अलमलिरहेको छ । विकसित देशहरु हरेक हिसाबले समृद्ध भएका छन् । जे जति भएका छन् कृषिबाटै भएका छन् । साझा नीति, किसानका मुद्दा, बजारीकरण, राज्यले जिम्मेवारी लिनु पर्छ । सहकारी प्रणालीमा गयो भने परिणाम देखिन सक्छ । फाइदा व्यक्तिमा गएको छ । साना किसान कार्यक्रम छ । सामुदायिक रुपमा आम किसान हो भनेर जान सकेको छैन ।
सहकारी, साना किसान बैंक, कृषि विकास बैंक, ऋण तथा वचत सहकारीबाट खासै ठोस् रुपमा कृषिमा योगदान दिएको छैन । सहकारी प्रणाली ऋण प्रवाह उत्पादन सहकारीमार्फत गरौं । मानव र वन्यजन्तु बिचको द्धन्द्ध बढेको छ । म किसानको छोरी संघर्ष गरेर आएको प्रतिनिधि हुँ ।

अखिल नेपाल किसान महासंघका महासचिव तथा राष्ट्रिय किसान सञ्जालका संयोजक नहेन्द्र खड्काले महिला र युवाहरुमा लक्षित गरेर महिला युवा किसानको कार्यक्रम गरेको हौं । अगार्निक कृषि २००७ सालदेखि चलिरहेको छ । संयुक्त राष्ट्र संघ मार्फत सहयोग आएको हो । यही सन् २०२५ को मार्च बाट परियोजनाको अवधि सकिन्छ ।
अब संघीय सरकारका सूचनाहरु मार्फत परियोजना हाल्ने हो ।
स्थानीय तहमा ज्ञानकेन्द्रहरुमा अनुदान माग्न जाने प्रणाली छ । निवेदन हालेर काम गर्नु पर्छ । प्रम कृषि आधुनिकीकरण परियोजना छ । वडा अध्यक्षहरु पालिका प्रमुखहरु मेयर व्यापारी होइन सेवक हुन् । सरकार र प्रतिपक्षमा कृषि ज्ञान केन्द्रहरु घुस केन्द्रको रुपमा रहेको छ । किसानको उत्पादनलाई ३० रुपैयाँ भन्यो भने १५ दिन्छु भन्ने चलन छ । जनताको तहमा जनचेतना बढाउनु पर्छ । प्रत्येक किसानले आफ्नो लागत उठाउनु पर्छ भन्ने छ । सहकारी आर्थिक कारोवारसँग जोडिने भएकाले हुनसक्छ ।

संयोजक नहेन्द्र खड्काले छलफल कार्यक्रम गर्नुको औचित्य र उद्देश्य प्रष्ट गर्दै कार्यक्रमको महत्वको बारेमा जानकारी दिएका थिए ।
उक्त क्रममा महिलाहरूलाई जिम्मेवारीको भार छ । स्वामित्व कम छ । किसान संघ संगठनमा सहभागीता कम छ । युवाहरूको सहभागीता कम छ । संघहरुमा क्रियाशिलता गराउने र सहभागीता बढाउने कायक्रमको उद्देश्य रहेको छ ।
मूल रुपमा युवा र महिला किसानका विषयमा युवाको भूमिका, महिला किसानको भूमिका के हुन्छ, महिला किसान संघलाई कसरी क्रियाशील बनाउन सकिन्छ ? महिला किसान फोरम गठन गरेर कार्यक्रम गर्नु पर्छ ।
२०२४ भित्रै युवा र महिला फोरमहरु गठन गर्ने कार्यक्रम रहेको छ । डिसेम्वर २० र २५ भित्र फोरम तयार गर्नें छ ।
अन्तराष्ट्रिय संगठनको रुपमा परिचित संस्था लाभिया क्याम्पासिना, आइफाड, इयू यूरोपियन यूनियनको सहयोग जोडिएको छ । यो कार्यक्रम एपीएफ परियोजना संयुक्त राष्ट्र संघ मार्फत आएका हुन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का युवा नेता रामचन्द्र नेपालले नेपालमा उत्पादन र उत्पादकत्व घट्ने क्रम छ । वातावरणसँग जोडिएर काम गर्नसके, वातावरण सुरक्षित हुन्छ ।
नेपालले कृषिमा सदियौं देखि लाभ पाउने सकेको छैन । किसानहरु कृषि पेशामा मात्र नभए सामाजिक रुपमा, आर्थिक र प्राविधिक रुपमा हेपिनु परेको छ । जमिन बाँझो राख्ने अवस्था छ । विचौलियाको लागि सरकारले नीति बनाउँछ । किसानको लागि बनाउँदैनन् । बनाए पनि द्धैद्य प्रकारको नीति बनाउँछ । प्राविधिक रुपमा प्रयोगको कुरा गर्नु परेको छ । आफनो पालिकामा युवाको नीति बनाउ भनेको वास्ता गरेको छैन ।

अखिल नेपाल किसान महासंघका कोषाध्यक्ष दयालक्ष्मी श्रेष्ठले आफू सिन्धुपाल्चोको सामुदायिक बीउ उत्पादन किसान भएको बताइन् । नेपालको कृषिमा महिलाको भूमिका ठूलो छ । १८ घण्टा काम गरेर किसानले ‘गोठदेखि ओठसम्म, आलीदेखि थालीसम्म’, उत्पादनमा महिलाहरु सरिक छ । त्यति गर्दा पनि महिलाको भूमिका के छ ?
बजारीकरण गर्ने र पोषणमा योगदान दिने, आदीवासी जनजाति, सीमान्तकृत समुदायसँज जोडेर बीउको संरक्षण गर्ने, जैविक विविधतामा आधारित रैथाने खेती प्रवद्र्धन, दिगो कृषि संरक्षण महिलाको भूमिका मूल्याङ्कन गर्न जरुरी छ । महिलामा जलवायू अनुकूलन खेती प्रणालीमा आदिवासी ज्ञान रहेको छ ।
कृषि प्रणालीको परिवर्तन गर्ने ज्ञान महिलाहरुसँग छ । दिगो खेतीका अभ्यासमा कम्पोष्ट मल प्रयोग गरेर सबभन्दा बढी फलाउने ज्ञान छ । धरायसी आयको लागि ग्रामीण अर्थतन्त्रमा सबभन्दा बढी योगदान दिएको छ । ३२ प्रतिशत जमिन महिलाको नाममा पुगेको छ ।
कृषिजन्य भूमिमा महिलाको पहुँचमा कम छन् । स्रोत माथिको पहुँचमा अभाव छ । सिँचाई प्रणाली एकदमै कमजोर छ । कृषि नीति महिला मैत्री छैन । प्रविधि मैत्री छैन । हाते टेक्टर महिला मैत्री छैन । सामाजिक, पारिवारिक, बाल बच्चालाई दुध चुसाउने कामदेखि पानी ल्याउनेसम्म पनि सहयोग पाउँदैन सबै महिला नै अघि सरेर काम गर्नु पर्छ ।
सांस्कृतिक उल्झन छ । पितृसत्ता अवशेष रहेको देशहरु नेपालमा मात्र होइन, विश्वभरिनै यस्ता समस्याहरु छन् । जसले महिलालाई अगाडि बढेर निर्णय गर्न समेत बाधा पारेको छन् । सिटामोल किन्न समेत पुरुषलाई सोध्नु पर्छ । पुरुषको दोष होइन संरचनाको दोष हो ।

अबको बाटो :
भुमि माथिको स्वामित्व नभएको कारण स्वामित्व ग्रहण गर्न सकेको छैन । आर्थिक रुपमा पहिचान सहितको किसान मूल्य तोक्ने नीतिको व्यवस्था हुनुपर्छ । जागिर, तलब र पछि पेन्सन लगायत किसानको सामाजिक आर्थिक विकास भएको हुनु पर्छ ।
प्राकृतिक स्रोत वन, जंगल, जडिबुटी, जनवार महिलाका बराबरी हुनुपर्छ । महिलामा परम्परागत रुपमा महिलामा ज्ञानको भण्डार छ ।
कृषि क्षेत्रको योजना, नीति, कार्यक्रम महिलाको सहभागीता हुन जरुरी छ । संविधान र कानूनमा व्यवस्था भएका कुरालाई मात्र कार्यन्वयन हुन सके कार्यक्रमहरु प्रभावकारी हुन्छ ।

फिलिपिन्समा गएका युवाहरुको अनुभव :
किसान सञ्जालकी अनुगमन अधिकृत ऋतु रुपाखेतीले फिलिपिन्समा युवा किसानहरु सहभागीताबाट सिकेका कुराहरु प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य युवा किसानहरुको संगठन र सहकारीमा संलग्नता, विभिन्न क्षेत्रको युवाहरुको साझा मुद्दा, किसानहरुले उठाइएका विषयवस्तुबाट महत्वपूर्ण कुराहरु सिक्न पाएको उल्लेख गरेका छिन् ।
उनले डिजिटल कृषि, सामुदायिक सहकार्य, कृषि ज्ञान, कृषि बजार, कृषि मेला, अवलोकनबाट प्राप्त ज्ञान नै महत्वपूर्ण भएको बताइन् ।

विभिन्न विद्यामा कथा लेखन, डिजिटल बजारको व्यवस्थापन, कृषि वन सत्र, सांस्कृतिक सोलिड्यारिटी, भिडियो प्रतियोगिता र प्रस्तुत भिडियो क्लिपहरु प्रस्तुती धेरै कुरा थाहा पाएको बताइन् । कार्यक्रम युवा किसानको महत्व र युवाहरुलाई दिगो कृषिमा लाग्ने रहेको र प्रेरित गर्नेखालेका थियो । अर्गानिक फार्मिङ्ग आदि विषयमा महत्वपूर्ण रहेका थिए ।

अन्तर्राष्ट्रिय समस्याको रुपमा जलवायू परिवर्तन (ग्लोवल वार्मिङ्गको विषय)को बढ्नसक्ने सम्भाव्यताको बारेमो संस्थागत पैरवी र सचेत हुन जरुरी भएको र जैविक कृषि पर्यावरणीय कृषिमा जोडदिएका अनुभव सुनाइन् ।

जसमा युवाको सहभागीता, कृषिमा लगानी, शिक्षा, स्वास्थ्य बारेमा चर्चा भएका थिए ।

केन्द्रीय सहकारी संघका सदस्य सोमप्रसाद आचार्यले २ वर्ष पछि प्राविधिक रुपमा सहयोगको प्रतिवद्धता गरेको छ । अबको कृषि कस्तो हुनुपर्छ ? जलवायू अनुकुलनता खेती प्रणालीमा जानु पर्छ । परिमार्जन हुन लागेको कृषि रणनीतिमा जलवायू अनुकुलन खेती अटाउनु पर्छ । किसानहरुको उत्पादन प्रणालीमा पहुँच हुने पर्छ । भारतीय चिया बजारमा पहुँच बढाउनु पर्छ ।
नीति, योजना, बनेका छन् तर प्रभावकारी बन्न सकेन । कार्यन्वयन पक्षलाई जोड दिनु पर्छ ।

एनएफसीसी नेपालका युवा किसान नेता सुन्दर नेपालले आफ्नो बुबाले तरवुजा खेती गरिरहेको छ ।
इजरायलमा ३ प्रतिशत किसानले खाना पुयाइरहेको छ । नेपालमा ६२ प्रतिशत किसानले मिहिनेत गर्दा पनि नपुग्ने अवस्था छ । धेरै किसान हुनुमा गर्व गर्नुपर्ने अवस्था छैन । पूर्ण कृषिमा निर्भर र आफ्नो जीविका चलाउने किसानमा छनौंट हुनुपर्छ । व्यवहारिक कृषिले मात्र देशलाई माथि उठाउन सक्छ ।
अकबरे खुर्सानी निकालेका छौं । बजारीकरण गर्न गाह्रो भइरहेको छ । नेता नै हुनुका लागि धेरै संगठन छ । किसानले नै नेतत्व लिने गरि नीतिनिर्माण तहमा सहभागी हुनुपर्छ ।

राष्ट्रिय भूमि अधिकार मञ्च सिन्धुपाल्चोक युवा नेता विश्वराम गुरागाइले । महिलाको हकमा १२ हजार जग्गा धनीपुर्जाको स्वामित्व हस्तान्तरण गरिसकेको बताए । उनले महिलाहरुलाई जग्गाधनी प्रमाण पत्र दिन सफल भएका छन् । महिलाहरू बिहानदेखि बेलुकीसम्म व्यस्त हुन्छिन् । नीतिगत रुपमै २०४२ सालमा एक खाले सामान्तले जग्गा हडप्ने गरेको थियो । अहिले परिवर्तन भएको छ । ९ हजार भन्दा बढी पुर्जा वितरण गर्न सफल भएका छौं । सिपाका महिलाहरुमा खुशी छाएका छन । भूमि अधिकार मञ्चले स्थानीय तहदेखि केन्द्रसम्म जग्गाधनी प्रमाणपुर्जा मोही अधिकार दिने सवालमा कानूनी अधिकारको र पमाणीकरण गर्न सहजीकरण गरेको छौं ।

किसान नेतृ प्रशंशा पन्तले प्रश्न गर्न मन गरिन् ।
विज्ञान र प्रविधिसँग जोडेर कसरी काम गरिरहनु भएको छ ?
नागार्जुन नगरपालिकाका नवराज मगरांतीले राज्यले किसानका लागि सफ्ट लोन छ भनिन्छ । तर बैंकमा गयो सकियो भनिन्छ । किसानले कुनै पनि ऋणहरु उपयोग गर्न पाउँदैन ।

राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय सदस्य उर्मिला केसीले बीउविजन पाउन प्यानमा दर्ता र अडिट भएको हुनु पर्छ । नगरपालिकामा गएर ५ सयको बीउविजनका लागि अडिट रिपोृर्ट किन पेश गर्ने ?

१. अबको खेती प्रणाली कस्तो हुनु पर्छ ?
२. खेती गर्ने प्रणाली पूरानो भएको बताइन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)की केन्द्रीय सदस्य शान्ता कार्कीले विषादी प्रयोग गर्दा ड्रेस लगाउदा सुरक्षित हुन सक्ने बताइन् । थप कुरा भनिन् खेती गर्नेले बीउ पाइदैनन्, नगर्नेले घरमा लगेर राखिदिन्छ ।

सुदुपश्चिम बझाङ्गका किसानलाई नेतृ निर्मला भण्डारीले कृषि कसरी उत्पादन गर्ने भन्ने कुरा थाहा हुँदैन ।
धान नफल्ने ठाउँमा धान रोपिन्छ । धान जुन ठाउँमा फल्छ त्यस्तो ठाउँमा व्यस्थापन गर्न सकेका छैनौं ।
धानको बिउ विभाजन गर्दा कुटेर खाएको पाइन्छ । संगठन र सरकारले कसरी व्यवस्थापन गर्न सकिन्छ ।

किसान नेतृ मिना खड्काले बीउ विजन नेपाल सरकारले दिन्छ । नगरकोटमा लगाएको धानबालीमा दाना नै लागेन ।

विद्यार्थी नेता हुकुम विसिले म विद्यार्थी हुँ पढीरहेको छु । कृषि फार्म बुबाले चलाई रहनु भएको छ । म किसान त होइन तर पुर्खौदेखि कृषिभन्दा टाढा छुइन । नीतिगत हिसावले पहल कसरी लिन सक्निछ भन्ने कुरामा जोडदिनु पर्ने बताए । नेपाल सरकारको कृषि अनुसन्धान परिषद्ले धान वितरण गरिरहेको हुन्छ ।

बोयर बाख्र्राका लागि आएको अनुदान बेकारमा लिएँ । कृषि अनुदान बन्दै गर्नु पर्छ ।
बैंकमा गएर सस्तो व्याजमा ऋण दियो भने उत्पादन बढ्छ । वैज्ञानिक महाबीर पुनले बिरगञ्ज कृषि औजार सञ्चालन गर्न शुरु गर्नु भएको छ । आफ्नै देशमा उत्पादन गर्नसके राम्रो हुन्थ्यो ।

किसान नेता रामकृष्ण तामाङले कृषि पेशालाई हलुका ढंगले हेरेको छ । २० रुपैयाँ अरुले भनिरहेको छ भने १५ रुपैयाँ दिन्छु भनेर निरुत्साहित बनाई रहेको छ । किसानले बढी उत्पादन गर्दा भारतले लखेटिएको छ । कि त सरकारले ।

किसान नेता मचा भाईले कार्यक्रम पछिसम्म जाने होकि यतिकैमा सीमित हुने हो ? कार्यक्रमको औचित्य देखिदैन भने ।

नागार्जुन नगरपालिकाका वडा अध्यक्ष मीना श्रेष्ठले उत्पादन गर्छौंं, बेच्न सकिदैन । मकै लगाएका छौं । किसान त हँु धनियाँ भएपनि किन्नु पर्छ ।

राष्ट्रिय किसान सञ्जालका संयोजक नहेन्द्र खड्ले उठ्का टिप्पणीहरुमाथि समीक्षा गर्दै भने । हामी निर्वाहमुखी कृषि प्रणालीको विरोधी होइनौं तर पनि सँधै निर्वाहमूखी कृषि गरिरहनु पर्छ भन्ने पक्षमा छैनौं । प्रविधिको प्रयोग गरेर खान गरेर उत्पादनमा जानुका विकल्प छैन ।
कृषि क्रान्ति भनेको उत्पादन बढाउने, हाइव्रिड बीउ भन्दा पनि बढी उत्पादन दिने बीउको विकास गर्ने र रासायनिक मल र रासायनिक विषादि विस्थापित गर्दै जैविक विविधता आधारित पर्यावरणीय खेती तर्फ जोडदिने हो । परनिर्भर बनाउने प्रणालीको विरोधी हौं । साना किसानले गरेको अभ्यासलाई मजबुद बनाउने हो । कृषिको रुपान्तरण गर्न कृषि अनुदान नलिने कुरा गलत हो । सफ्ट लोन बढाउनु पर्छ भन्ने अनि स्रोतहरु कब्जा गर्ने कुरा गलत हो । यस्तो अभ्यास पहिले देखिनै भइराखेको छ ।
रासायनिक मलमा अनुदान हटायो भने किन्न सक्दैनौं । रासायनिक मल बढाउनु पर्छ भन्ने पक्षमा छैनौं । रासायनिक मल विना कृषि कसरी गर्ने भनेर सिकाउने हो ।
इजरायलमा आँप टिप्न रेल लिएर जानु पर्छ । हामीकहाँ ३ रोपनी भएको किसान छ । १ हजार रोपनीको एउटा पनि फर्म छैन । किसानको लगत लिन किसान कार्ड बनाउने त्यो दिन पनि आउन सक्छ । त्यसपछि मात्र विचौलियाको आवश्यकता पर्दैन ।
कर्मचारीहरुको जस्तै खातामा पेन्सन जान्छ त्यसरी नै जाने बनाउनु हो ।

१.उत्पादन गरे पछि पाउने अनुदान ।
२ उत्पादन पहिले पाउने अनुदान ।
३ प्रविधि बीउविजनमा पाउने अनुदान ।

४.उखु, मल लगायतमा पाउने अनुदान लिन सकिन्छ । तर बिहान उब्जाउ गरि बुेलुकी खाने किसानले कसरी पाउँछन् अनुदान । मुसाले विष मागे जस्तै हुन्छ ।
यो प्रणाली हेपाह होइन, हेपित हो । कृषि प्रणाली समग्र बिगार्ने राज्य हो ।
सबैको छोराछोरी किसान होस, मेरो छोराछोरी डाक्टर, पाइलट बनुन् । क्यूवामा डाक्टरहरु किसानकै छोराछोरी छन् ।

गोर्खाको राजेन्द्र पन्तलाई हेप्ने कोही छ ? अमेरिकाको पिआर छोडेर कृषि गरिगरिरहनु भएको छ । हिजोको अर्गानिक पूरानो थियो । आजको अर्गानिक आधुनिक छ । किसानहरुको सुनिश्चितता भयो भने संसदमा पनि सहभागीता बढाउनु पर्छ ।
कृषि समितिमा किसान संगठनको हुनुपर्छ । कृषि भनेर गरेको खण्डमा कृषि प्रति आकर्षित हुन्छ ।

डोको बोकेर गयो भनेर हेप्ने काम हुन्नथ्यो । हाम्रा कृषि अनुसन्धान संस्थाहरु स्थापना हुनु पहिल्यै विकास भएका किसानहरुले पहिल्यै प्रयोगमा ल्याएका ३ सय जातका बालीहरु इरिमा लगेका राखेका छन् । हाम्रा किसानहरुसँग परम्परागत ज्ञान छ । ती जातका बालीहरु बनाउने किसानहरु वैज्ञानिक हुन् । तर राज्यको स्रोत साधान प्रयोग गर्ने कृषिको वज्ञानिक संस्था नार्कले १ हजार बीउ पनि बनाउन सकेका छैनन् ।
परम्परागत कृषि ज्ञानलाई आधुनिक कृषिमा जोडेर जाने हो ।

युवा किसान नेता प्रज्ज्वल थापाले रणनीतिक बैठक भनेको महत्वपूर्ण छ । नीतिगत भुमिका निर्वाह गर्नु, सशक्तिकरणलाई जोड दिनु, डिजिटलाइजेशन प्रविधिसँग इच्छुक देखिनु माटोका गुणस्तर कस्तो छ वेव साइट हरेर भन्न सक्नु सूचना र प्रविधिको युगको योगदान हो ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रीय सदस्य शान्ता कार्कीले कृषि क्षेत्रमा महिलाको सहभागीता, झन् कठीन छ । हामीले गर्ने पेशामा र बाउ बाजेले गर्ने कृषि पेशामा धेरै फरक छ । विदेशिने युवाहरुलाई रोक्ने क्षेत्र पशुपालन पनि हो । कार्यविधि बनाउँदै गर्दा समेतेको छैन । अनुदानको पनि अर्थ रहेछ ।

अखिल नेपाल किसान महासंघ (अप्फा)का किसान नेता रामप्रसाद भुसालले खाना, साना दखि करोडपति सम्मले खाने कुरा हुन् । चाहे भूइ मान्छ वा राष्ट्रपति, जोसुकै हुन् बाँच्नको लागि खानु पर्छ । किसानहरु संगठित हुन सकेका छेनौं । हामी–हामीमा पनि किसान होइन कि भन्ने छ । यो पक्ष र उपक्ष भनेर होइन । वेदुराम भुषाल जिरो वजेट व्यवस्था गरेको थियो ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का उपमहासचिव तथा युवा किसान नेता निर्दोष तिमल्सिनाले निर्वाहमूखी कृषि प्रणालीका कारण कृषि माथि उठ्न सकेको छैन । कृषि भूमिको बाँझो हुने क्रम बढ्दै गएको छ । उत्पादन र उत्पादकत्व घटेको छ । कृषि अर्थतन्त्रमा ठूलो घाटा भएको छ । गाउँमा सामाजिक जनजीवन थप जर्जर बनेको छ । दिन प्रतिदिन गैर कृषिको वृद्धिले विकराल समस्याको रुप लिएको छ । कोरोनाको बेलामा पनि भोकमरी परेको थिएन । अब कृषि पेशालाई मर्यादित बनाउन पर्छ ।

कार्यक्रमको अन्तमा निष्कर्ष सहित राष्ट्रिय किसान सञ्जालका संयोजक नहेन्द्र खड्काले छलफलमा १४ जनाले भाग लिएको र छलफलमा भए गरेका विषयमा सहमत रहेको विचार प्रस्तुत गरे ।

१ देशको कृषि प्रणाली निर्वाहमुखी छ । वैज्ञानिकीकरण, आधुनिकीकरण, र समृद्ध बनाउनु पर्छ ।
२. नेपाली कृषिमा युवाहरुको आकर्षण छैनन् । सम्मानित रुपमा युवाहरुलाई सहभागीता गराउनु पर्छ ।
३. नेपाली कृषि महिलाहरुको काँधमा आएको छ ।
४. महिलाहरू भूमिहिन सीमान्तकृत किसानहरु लैंगिक र आर्थिक दोहोरो रुपमा पीडित छन् । भुमि, सिँचाई, यान्त्रीकरण प्रविधिलाई महिलामैत्री र युवामैत्री बनाउन जोडदिनिु पर्छ ।
५. युवा पुस्तालाई स्वरोजगार बनाउनु पर्छ, महिला किसानहरु प्रति लक्षित कार्यक्रम गर्नु पर्छ ।
६. राजनैतिक तहमा केन्द्रदेखि तल्ला तहसम्म, नीति निर्माण गर्ने तहमा प्रतिनिधित्व र सहभागीता बढाउने सांगठनिक प्रशिक्षण हुनु पर्छ ।
७. किसान संघहरु संगठित र सु–सूचित हुनु पर्छ ।

योजना, स्टेरिङ्ग कमिटी गठन
१ महिला किसानको मञ्च गठन
२. युवा किसानको राष्ट्रिय किसान फोरम, युथ ओलम्पिक असार भित्रै सम्पन्न गरिन्छ ।
३. संयन्त्र निर्माण गर्न सबैको सहमती रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close