
काठमाडौं माघ २५, अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले प्रेस विज्ञप्ति प्रकाशित गरि स्वर्गद्वारीको गुठी पीडित मोही किसान मागलाई सम्वोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
दंगालले विज्ञाप्तिमा भनिएको छ । स्वर्गद्धारी गुठी पीडित संघर्ष समितिले हाल काठमाडौं केन्द्रीत धर्ना कार्यक्रम आयोजना गरी आफ्ना मागहरुप्रति सरकार तथा सर्वसाधारणको ध्यानाकर्षण गराइरहेको छ । गुठी पीडित किसानका मागरुप्रति अखिल नेपाल किसान महासंघ ऐक्यबद्धता जनाउँदै उक्त मागहरु अविलम्ब पूरा गर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछ ।
पुस्तौँपुस्तादेखि स्वर्गद्वारी गुठीका मोही किसानहरुले जोतभोग गर्दै आएको जमिनमा उनीहरुले जग्गाधनी पूर्जा नपाई स्वामित्व कायम नभएका कारण एकातिर घरव्यवहार चलाउन कठिन बनेको छ भने अर्कातिर कृषि पेशाको उत्थानको लागि बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्राप्त गर्न नसक्ने अवस्था छ । नेपालको संविधान २०७२ ले गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा संघीय संसदले आवश्यक कानून बनाउनेछ भन्ने व्यवस्था हुँदाहुँदै पनि आवश्यक ऐन कानून बनाएर मोही किसानका समस्या समाधान गर्न जिम्मेवार निकाय हालसम्म पनि अग्रसर नहुनु दुःखको विषय हो । त्यसैले अहिले मूलतः दाङ जिल्लाबाट काठमाडौँ आएर आफ्नो अधिकारका लागि आन्दोलनरत किसानसँग नेपाल सरकारले वार्ता गरी समस्याको समाधान गर्न अखिल नेपाल किसान महासंघ जोडदार माग गर्दछ ।
प्रतिक्रिया दिनुहोस्