कृषि प्रविधि

अंगुर खेती प्रविधि

परिचय ः
अङ्गुर खेतीको उत्पत्ती मध्यएशिया हो भन्ने वैज्ञानिकहरुको भनाई छ । अङ्ुगुर खेती गर्न पहिले त्यति चाहदैनथे किनभने अङ्गुर लगायो भने सर्प आउँछ भन्ने धारणा थियो । लगाएपनि कुनै व्यक्तिले एकदुईवटा लगाउँथे । आव २०४४÷४५ मा केन्द्रीय बागवानी कीर्तिपुरमा जापानी सहयोगमा जापानिज अङ्गुर जात अनुसन्धानका लागि रोपेपछि कुन जात कुन हावापानीमा उपयुक्त छ भन्ने सम्बन्धमा उक्त केन्द्रबाट सिफारिस गरिएको जात मात्र जिल्ला जिल्लामा बिरुवा वितरण भएपछि अङ्गुरको प्रचारप्रसार भएकाले नै आज भोली अङ्गुरको बिरुवा लगाउने व्यक्तिहरुमा बढी चाहना भएको देखिन्छ । अङ्गुर बिरुवालाई दुई किसिमबाट उत्पादन गर्न सकिन्छ । कटिङ्ग र कलमी । जापानिज जातहरू निकै माग भएको देखिन्छ । यो बिरुवालाई पकेटको रुपमा विकास गर्न सकेको खण्डमा स्वदेशमा नै अङ्गुर उत्पादन भै आर्थिक लाभ केही मात्रामा लिन सकिने थियो ।
हावापानी ः
अङगुरको जात अनुसार समुद्र सतहदेखि १५०० मिटरसम्म खेती भएको तापक्रम २०–४५ डिग्री सेल्सियस् यो तुषारो र सु्क्खा सहन नसक्ने बिरुवा हो । फल लाग्ने र फल पाक्ने बखतमा सुक्खा, आद्रता नभएको हावापानी हुनु साह्रै जरुरी हुन्छ । यदि यस समयमा वर्षात भएमा फल जम्मै फुटी नोक्सान हुन्छ ।
माटो अङ्गुरको लागि मलिलोपन भएको माटो राम्रो हुन्छ । पानीको निकासको व्यवस्था गर्नुपर्छ माटोको पिएच पानीको निकासको व्यवस्था गर्नु पर्छ । माटोको पिएच ५.५.६.५ सम्म हुनुपर्छ ।
जात ः
जात क्योहो, ओलम्पिया, मस्काटबेली, हिमरड , स्टुबिन, थमसन सिडलेस र व्यूटी सिडलेस यसको जात हुने ।
लगाउने समय र रोप्ने तरिका ः
अङ्गुरलाई विभिन्न तरिकाबाट लगाउन सकिन्छ । १६५–१८० सेमि माथि तार राखी तारलाई ३०–३५ सेमी फरकमा बाँधी त्यसमा अङ्गुरका हाँगाहरू पठाएर खेती गरिन्छ भने अर्को तरिका पोल गाडी एक पोलबाट अर्को पोल १२०–२१० सेमी फरक गरी उचाई १५० सेमी पोलमा ३–४ लाइन गरी तार तन्काई खेती गर्न सकिन्छ । पुस माघमा लगाउने भएकाले लगाउनु अगाडि खाल्डो खनिराख्न जरुरी हुन्छ । पोली व्यागमा उत्पादन भएको बिरुवा पुसमाघ बाहेक अरु समयमा पनि लागाउन सकिन्छ ।
फलेको बोटमा मल हाल्ने तरिका ः
प्रत्येक वर्ष माघमा प्रतिबोट पोकेको कम्पोष्ट मल २०–३० केजी, नाइट्रोजन २५० ग्राम, फस्फोरस ३५० ग्राम, पोटास २५० ग्राम दायाँबाँया वा रिङ्ग बनाई मल हाली, गोडमेल गरी १० लिटर पानी राखी बोटको फेदमा झ्याउ, परालले धुस्नो या पत्कर राखिदिनाले चिस्यान भइराख्ने र बोटको फेदमा घाँस चाँडै नआउने तथा फेद रसिलो भै बोट स्वास्थ देखिन्छ । प्रति हेक्टर अङ्गुर १५–२० टन उत्पादन हुन्छ र फललाई सोझै खाने मात्र नभई जुस र मदिरा बनाउन पनि उपयुक्त हुन्छ ।
काँटछाँट गर्ने तरिका ः
प्रत्येक वर्ष अङ्ग्रलाई काँटछाँट गर्नुपर्छ । पहिलो वर्ष जमीनबाट माथि ५० सेमी मूल हाँगा काटिदिनु पर्छ । दोस्रो वर्ष आएको हाँगालाई आधा काट्ने, त्यसपछि आएको हाँगालाई ४–६ आँख्ला राखी प्रत्येक वर्ष काट्नु पर्छ । अङ्गुरको नयाँ हाँगाहरुमा मात्र फल लाग्ने भएकाले काँटछाँट गर्न जरुरी हुन्छ । काँटछाँट पुसमाघमा नगरेको बोटमा फल कम लाग्छ । र बोट पनि झ्याम्म परी चाँडै मर्न सक्छ । काँटछाँट गरी मल हाली विषादी स्प्रे भएको छ भने । ५०–६० वर्ष पनि फल लिन सकिन्छ ।
१ पहिले रुखको आकार, बनावटलाई विचार गरी राम्ररी हेर्नु पर्दछ ।
२. ट्रेलिस पद्धतिमा काँटछाँट गर्ने तरिका ः
३. हरेक हाँगामा २ वटा आँख्ला कोपिल राखेर बाँकी भागलाई काट्नु पर्छ ।
४. मुख्य हाँगाको दुबै तिर ४–५ वटा आँख्ला राखी बाँकी भागलाई काट्नु पर्छ ।
५. यसरी काँटछाँट गर्दा एक हाँगादेखि अर्को हाँगाको दूरी १०–१५ सेमीको फरकमा राखी अन्य हागाहरु हटाउनु पर्दछ ।
बिरुवा उतपादन गर्ने तरिका ः
पुसमाघमा काँटछाँट गरी आएको हाँगाहरूलाई कटिङ्ग गरी बिरुवा उत्पादन गर्न सकिन्छ । भने स्थानीय रुटस्टक तयार गरी माघमा साइड ग्राफ्टिङ्ग गरी बिरुवा उत्पादन गर्न सकिन्छ । रुटस्टक बिरुवा पेन्सिल साइजभन्दा अलि मोटोमा जमीनबाट १४–१६ सेमी उचाईमा साइड ग्राफ्टिङ्ग गर्न सकिन्छ ।
अङगुरको कटिङ्गलाई प्लाष्टिकको पोलि व्याग १० सेमी चौडाई लम्वाई १८–२० सेमी भएको व्यागमा माटो बालुवा र कम्पोष्ट मिलाई राखेमा माघमा कटिङ्ग राख्न सकिन्छ ।
रोग र किरा ः
पाउडर मिल्ड्यू ९म्यधलभथ ःष्मिभध० यो रोग लागेमा पात सेतो फोकाजस्तो टीका लागी पात सुक्तछ र मुना समेत मर्दछ । बोर्डोमिक्स्चर या पोलिराम ४ ग्राम १ लिटर पानीमा राखी स्प्रे गरेमा रोग नियन्त्रण हुन्छ ।
एन्थ्राक्नोज ९ब्लतचबअलयकभ० वर्षात भइरहेको खण्डमा यो रोग फैलन मद्दत गर्छ । वर्षात कम भएमा यो रोगबाट आक्रमण कम हुन्छ । पातमा नयाँ टुसा मुनाहरुमा लागि फलमा फुस्रो रङको टीका लागि फल काम नलाग्ने हुन्छ । रोग लाग्नुभन्दाा पहिले चैत्र–बैशाखमा बोर्डोमिक्स्चर छर्ने या वेभिस्टिन २ ग्राम, १ लिटर पानीमा राखी छर्ने वा डाइथेन एम ४५ ग्राम, विषादी १ लिटर पानीमा २–३ ग्राम राखी स्प्रे गरेमा रोग नियन्त्रण हुन्छ ।
कीरा ः
एफिड ९ब्एजष्म० यो कीराले पनि अङ्गुरलाई आक्रमण गर्ने भएकाले धनवान, व्लुम, डोम र नुभान यी मध्ये कुनै एक विषादी १ लिटर पानीमा २ मिलि राखी स्प्रे गर्नु पर्छ । केही मात्रामा हाँगहरु प्वालपारी हाँगा नोक्सान गर्ने भएकाले प्वाल पारेको स्थानमा कपासमा मट्टीतेलमा डुवाई तारले घोची नियन्त्रण गर्ने । माथि उल्लेख भएको विषादी प्रयोग नगरेमा पानी नमिसाएको गाइको ३ महिनासम्म शुद्ध गहुँतलाई जर्किनमा राखी बिर्को बन्द गरी ३ महिनापछि १ भाग गाईका गहुँत २ भाग पानी राखी छर्नाले कीरा नियन्त्रण हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close